बाजुरामा ३१ मतदानस्थल अति सम्वेदनशील

मङ्सिर १० गते हुन गइरहेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाजुराका ७० ओटा मतदान स्थलमध्ये ३१ ओटा मतदानस्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ । बाँकी ३१ मतदानस्थल सम्वेदनशील र आठ ओटा मतदानस्थल समान्य स्थलमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिएका छन् …

२०७४ मंसिर २, शनिबार २२:१९ गते  
नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल भूमिहिन सङ्गठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी र सङ्गठनका कैलाली जिल्ला अध्यक्ष तपेन्द्र रसाइलीलाई कात्तिक ३० गते प्रहरीले कैलालीको टिकापुरबाट गिरफ्तार गरेको छ । मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा सो पार्टीका कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको जिल्ला…

२०७४ मंसिर २, शनिबार २२:१७ गते  
यातना विरूद्धको अधिकारसम्बन्धी अनुशिक्षण सम्पन्न

इन्सेक, कञ्चनपुर र मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको संयुक्त आयोजनामा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा यातना विरूद्धको अधिकार सम्वन्धि अनुशिक्षण कार्यक्रमा मङ्सिर १ गते सम्पन्न भएको छ । नेपाल प्रहरीका कर्मचारीहरू र नागरिक समाजका प्रतिनिधिहरूलाई यातनाविरूद्धको अधिकारका बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका…

२०७४ मंसिर २, शनिबार २१:५७ गते  
कञ्चनपुरमा ८६ मतदान स्थल अति सम्वेदनशील

आगामी मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी कञ्चनपुरमा तोकिएका १ सय ३२ मतदानस्थल मध्ये ८६ मतदानस्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ । कुल १ सय ३२ मतदानस्थल मध्ये ३२ मतदानस्थल सम्वेदनशील र १४ सामान्य मतदानस्थलका रूपमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर…

२०७४ कार्तिक ३०, बिहीबार २०:५६ गते  
बाम गठबन्धन र काङ्ग्रेस कार्यकर्ताबीच झडप

शैल्यशिखर नगरपालिका-३ देथलामा नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच कात्तिक २९ गते राती झडप भएको छ । झडपमा परी काङ्ग्रेस कार्यकर्ता धिरेन्द्र पाल घाइते भएका छन् । घाइते पालको टाउकोमा सात ओटा टाँका लगाइएको छ । उनको उपचार गोकुलेश्वर अस्पतालमा गरिएको छ । झडप भएलगत्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्स्पेक्टर…

२०७४ कार्तिक ३०, बिहीबार १८:३२ गते  
आचारसंहिता विपरीत सवारी साधनको प्रयोग

जिल्लाका मुख्य राजनीतिक दलका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै सवारी साधनको प्रयोग गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले ०७४ कात्तिक २६ गते भित्र सबै उम्मेदवारहरूलाई चुनावमा प्रयोग गरिने सवारी साधनको अनुमति पत्र लिएर मात्र सवारी साधान चलाउन  निर्देशन…

२०७४ कार्तिक ३०, बिहीबार १५:१६ गते  
विद्यार्थीलाई घर पठाएर शिक्षक पार्टीको कार्यक्रममा गएको आरोप

अछामको चौरपाटी गाउँपालिका-४ पायलमा रहेको वैजनाथ माविका विद्यार्थीहरूलाई घर पठाएर शिक्षकहरू दलको प्रचारमा गएको स्थानीयले आरोप लगाएका छन् । उक्त वडामा कात्तिक २८ गते नेपाली काङ्ग्रेसको चुनावी सभा थियो । कात्तिक २८ गते  बिहान परीक्षाको नतिजाका सन्दर्भमा अभिभावकसँग समीक्षा भन्दै करिब ११ बजेतिर विद्यार्थीलाई हाजिर गरेर घर पठाएको जनाइएको छ…

२०७४ कार्तिक २९, बुधबार ०९:५० गते  
कैलालीमा ७७ मतदान केन्द्र अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका ७७ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील केन्द्रको सूचीमा राखेको छ । मङ्सिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि भौगोलिक विकटता, सुरक्षा निकायको पहुँच र अपराधिक गतिविधिको दृष्टिले ७७ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील घोषणा गरेको जिल्ला सुरक्षा समिति कैलालीका अध्यक्ष…

२०७४ कार्तिक २८, मंगलवार ०९:४९ गते  
निर्वाचन पर्यवेक्षकका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमूखीकरण कार्यक्रम कात्तिक २७ गते धनगढीमा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले पर्यवेक्षकले स्वतन्त्र एवम् निष्पक्ष भई पर्यवेक्षक आचारसंहिताको पूर्ण पालना गरेर काम गर्नुपर्ने बताए ।…

२०७४ कार्तिक २८, मंगलवार ०९:२५ गते  
निर्वाचन आचारसंहिता विपरीत हलिया पुनःस्थापना निवेदन सङ्कलन

जिल्ला मालपोत कार्यालय, बैतडीले निर्वाचन आचारसंहिता विपरीत कात्तिक २१ गतेदेखि प्रमाणित हलियाहरूको पुनःस्थापना अघि बढाएपछि बाम गठबन्धनले त्यसको विरोध गर्दै कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रमाणीकरण भएका हलियाहरूलाई चालू आर्थिक वर्ष भित्र गर्नुपर्ने पुनःस्थापनाको काम अघि बढाउन निवेदन सङ्कलनको काम मालपोतले जारी राखेको गठबन्धनको अरोप…

२०७४ कार्तिक २५, शनिबार २१:०२ गते