अज्ञात व्यक्तिद्वारा सशस्त्र प्रहरी बलका सहायक हवल्दारको हत्या
राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी बलका ३३ वर्षीय सहायक हवल्दार नरेन्द्र कुँवरको भदौ ८ गते बिहान भीमदत्त नगरपालिका-६ नहरमा टाउकोमा ढुङगाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-३ का कुँवर भदौ ७ गते राति ड्यूटी सकेर घर गइरहेको अवस्थामा मध्यरातमा…
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवनाथ गाँउपालिका-२ अम्सैनीका २२ वर्षीय मिनबहादुर चन्दविरुद्ध पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीठित बालिकालाई आरोपितले भदौ २ गते यौन दुर्व्यवहार गर्दा प्रतिकार गरेपछि खुकुरी प्रहार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको टाउको, घाँटी र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका-४ गोठलापानीका ४० वर्षीय केशव बोगटीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १७ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण…
स्वास्थ्य चौकीमा जनशक्ति नहुँदा विरामी उपचार पाउनबाट वञ्चित
स्थानीय तह पुर्नसंरचना पछि अपि हिमाल गाउँपालिकामा खटाइएका स्वास्थ्यकर्मी एक महिना हुँदासम्म गाउँपालिकामा पुगेका छैनन् । गत साउन १ गतेबाट कार्यालयमा हाजिर हुने गरी खटाइएका स्वास्थ्यकर्मी गाउँपालिका नपुगेका हुन् । अपि हिमाल गाउँपालिकाको लागि संयोजक बनाएर पठाइएका गोकुलेश्वर अस्पतालका जनस्वास्थ्य निरीक्षक भानदेव जोशी सम्पर्कमा नै नभएको आरोप छ । जिल्ला…
विद्यालय आउजाउ गर्न तथा सामाजिक सुरक्षा भत्ता बुझ्नका जोखिमपूर्ण यात्रा
परशुराम नगरपालिकाका ज्येष्ठ नागरिकहरू ज्यान जोखिममा राखेर सामाजिक सुरक्षा भत्ता बुझ्न बाध्य भएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागी ट्युवमा खोला तर्नु बाहेक उनीहरूसँग अन्य विकल्प नभएको स्थानीयले बताए । 'न त तुईन छ । न त पुल नै छ । ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता छ ।'-परशुराम…
बाजुरामा अत्यावश्यक औषधिको अभाव
बाजुरा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको अभाव भएको छ । स्थानीय तहहरू मिलानसँगै औषधिको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निशुल्क दिनु पर्ने ७० प्रकारका औषधि भित्र चाहिने डिस्पोजेबल सिरिञ्ज, आइरन चक्की, सिटामोल पनि हो । यस अघिका वर्षहरूमा…
बेचबिखन घटनाका आरोपित गिरफ्तार
२० वर्षीया, २४ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर कैलालीको सीमा नाका त्रीनगरबाट भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले टिकापुर नपा-१३ का शिवराज सञ्जेल र सोही ठाउँका कमल चौधरीलाई साउन २५ गते गिरफ्तार गरेको छ । तीन जना महिलासहित आरोपितहरू भारतीय बजारतर्फ गइरहेको अवस्थामा शङ्का लागेर सोधपुछ…
सदरमुकामको बत्ति हेरेर रात बिताउँछन् उखाडीका दलित हलिया
भिरालो जमिन माथि पुरै चट्टान । तल बाहुली गाड । बिचमा सदरमुकाम मार्तडी । नजिकैको एक दलित हलिया बस्ती । हेर्दा सुविधा सम्पन्न ठाउँ जस्तै देखिन्छ । तर, यो समुदायको पीडा सही नसक्नु छ । बडिमालिका नपा-९, उखाडीको यो बस्तीमा जम्मा १० परिवार बस्छन् । कसैसँग पनि एक महिना खान…
हरिराम दम्पतीको सहयोगको याचना, सहयोगका लागि जुटे युवा
जन्मजात नै अपाङ्गता भएका दशरथचन्द नपा-८ त्रिपुरा र्यासीका ५८ वर्षीय हरिराम दमाईं र उनकी ५६ वर्षीया पत्नी भानादेवी दमाईं दम्पतीले सहयोगको याचना गरेको छ । पतिपत्नी दुवै जना जन्मजात नै अपाङ्गता भएका कारण उनीहरूको जीवन कष्टकर रूपमा चलिरहेको र्यासीका स्थानीयहरू बताउँछन् । 'विवाह भएको केही वर्षपछि एउटा छोरा जन्मिएको थियो…
बैतडीमा सिटामोललगायत अत्यावश्यक औषधि अभाव
बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यक सहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा बिरामीहरूलाई समस्या भएको छ । अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । आइरन चक्की नपाउँदा गर्भवती भएको ६ महिना हुँदासम्म पनि आइरन चक्की सेवन नगरेको पाटन नगरपालिका सिद्घेश्वरकी ईश्वरी…