राष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रमका साथ सम्पन्न
'बालमैत्री शासनः बाल अधिकारको सम्मान' भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर जिल्ला बाल कल्याण समिति, इन्सेक कञ्चनपुरलगायतका सङ्घ संस्थाहरूले भदौ २९ गते महाकाली अञ्चल बाल अनाथालय महेन्द्रनगरमा स्टेशनरी वितरण गरेका छन् । यसैगरी बाल अधिकार दिवसको पुर्वसन्ध्यामा इन्सेक कञ्चनपुर र जिल्ला बाल कल्याण समितिको संयुक्त आयोजनामा वेदकोट…
सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग कैलालीमा भदौ २८ गते समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा देखा परेका समस्या र त्यसको समाधानको बारेमा छलफल भएको थियो । इन्सेकले जिल्लास्तरमा सञ्चालन गर्दै आएको कार्यक्रमको विवरण, गत वर्षको प्रगति विवरण…
आचारसंहिताले द्वन्द्व पीडितको राहत रोकियो
आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि अछामका विस्थापित परिवारको खातामा पठाउन लागेको राहत रकम बिचैमा रोकिएको छ । निर्वाचन आचारसंहिताका कारण ५ सय ८० परिवारका प्रति सदस्य जनही २५ हजारका दरले पाउने रकम आउँदो पुस महिनापछि मात्र पाउने भएका स्थानीय शान्ति समितिका सचिव…
प्रदेश नं ७ का जिल्लाहरूमा भ्रष्टाचारविरूद्ध हस्ताक्षर अभियान
कैलाली जिल्ला इन्सेक प्रतिनिधि रविना चौधरीका अनुसार अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, एफएमडीसी, पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घको सयुंक्त आयोजनामा भदौ २३ गते धनगढी उमनपाका जनप्रतिनिधिहरूबाट भ्रष्टाचारविरूद्ध शुन्य सहनशीलतासम्बन्धी राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ । "म सबैखाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहने छु ।" भन्ने मूल…
बाल अधिकार तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने बाल अधिकार तालिम सम्पन्न भएको छ । भदौ २० गतेदेखि २२ गतेसम्म सञ्चालन भएको बाल अधिकार तालिममा कैलाली र कञ्चनपुर जिल्लाका आठ ओटा विद्यालयका २४ जना बालबालिकाको सहभागिता रहेको…
नेपाल सरकारलाई ध्यानकर्षण पत्र बुझाएर मनाइयो हलिया दिवस
नेपाल सरकारले कागजमा हलिया मुक्त भएको घोषणा गरेको भदौ २१ गते नौ वर्षपूरा भएको छ । बाजुरामा भने हलिया मुक्तिपछि झनै समस्या भएको बताउँछन हलिया मुक्त अभियानकर्ता गोरख सार्की । बाजुरामा कुल १ हजार ३ सय ५३ जना मुक्त हलिया प्रमाणीकरणमा रहेको तथ्याङ्क सङ्कलन गरिएको छ । जसमा 'क' वर्गमा…
पीडितहरूलाई न्यायलयसम्म पुग्ने वातारण बनाउनु आवश्यकः प्रधानन्यायाधीश
सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अन्यायको महसुस भएका सबै व्यक्तिहरूले न्यायालयमा पुग्न सक्ने वातावरण हुनुपर्ने विचार राखेका छन् । अछाममा भदौ १९ गते आयोजित एक कार्यक्रममा उनले अदालतले न्यायका लागि आएका सबै क्षेत्र, वर्ग, लिङ्ग र समुदायको समान पहुँचलाई जोड दिँदै सबै प्रकारका अन्याय अदालतसम्म नपुगेको भनाई राखेका हुन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ १८ गते दशरथचन्द नगरपालिका-४ बवेतका २१ वर्षीय लक्ष्मण वड र सोही ठाँउका २१ वर्षीय रोसनराम वडलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले भदौ १५ गते सामूहिक बलात्कार गरेको आरोपका पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
चार वर्षदेखि टेलिमेडिसिन सेवा बन्द हुँदा विरामी विशेषज्ञ सेवाबाट वञ्चित
जिल्ला अस्पताल दार्चुलामा विगत चार वर्षदेखि टेलिमेडिसिन सेवा बन्द हुँदा दुर्गम क्षेत्रका बिरामी विशेषज्ञ सेवाबाट वञ्चित भएका छन् । २०७० सालमा आएको महाकाली बाढीले क्षतिग्रस्त जिल्ला अस्पताल दार्चुलाको टेलिमेडिसिन सेवा पुनः सुचारू नहुँदा सेवाग्राही सेवाबाट वञ्चित भएका हुन् । ललितपुरको पाटन अस्पतालका विशेषज्ञ डाक्टरहरूसँग इन्टरनेटमार्फत भिडियो सम्पर्क गरी उपचार गर्ने…
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह कञ्चनपुरको भदौ १२ गते सम्पन्न भेलाले अधिवक्ता पुनम सिंह चन्दको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार निगरानी समूह पुनर्गठन भएको छ । मानव अधिकारकर्मीहरूको भेलाले पुनर्गठन गरेको समूहको सदस्यमा जिल्ला बार एशोसियसनका अध्यक्ष भगीरथ जोशी, कोक्यापकी भुवन कुँवर, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष भारती…