भत्ता वितरण नहुदा लक्षित समुदाय मर्कामा

पुर्चौडी नगरपालिकाले यो आर्थिक वर्षमा एकपटक पनि समाजिक सुरक्षा भत्ता वितरण नगर्दा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७४/७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्नेमा कर्मचारीहरूको लापारबाहीका कारण समाजिक सुरक्षा भत्ताको बजेट निकासासमेत हुन सकेको छैन । यो आर्थिक वर्षको दोस्रो चौमासिकको दोस्रो…

२०७४ पुष २२, शनिबार २०:५९ गते  
आन्दोलनकारीद्वारा मोटर साइकलमा आगजनी

प्रदेश नम्बर-७ को राजधानी दिपायललाई बनाउनु पर्ने माग राख्दै पुस १९ गते आन्दोलनकारीले दिपायलमा यातायत बन्द गरेका कारण जनजिवन प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको अरोपमा से १ प ८६८ नम्बरको मोटरसाइकलमा आन्दोलनकारीहरूले आगजनी समेत गरेका छन् । आगजनीबाट मोटरसाइकल पूर्णरूपमा नष्ट भएको छ । आन्दोलनकारीले गरेको सवारीसाधन बन्दका…

२०७४ पुष १९, बुधबार १९:२३ गते  
मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको वार्षिक सम्पादन भेला धनगढीमा पुस १९ गते सुरू भएको छ । नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व प्रदेश नम्बर ७ का नौ ओटा जिल्लाका प्रतिवेदनलाई अन्तिम रूप दिन भेलाको आयोजना गरिएको प्रलेख अधिकृत कृष्णबहादुर बिकले बताए…

२०७४ पुष १९, बुधबार १९:२३ गते  
मानव अधिकार राष्ट्रिय कार्ययोजना परामर्श गोष्ठी सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीद्वार आयोजना गरिएको मानव अधिकार राष्ट्रिय कार्ययोजना परामर्श गोष्ठी पुस १४ गते धनगढीमा सम्पन्न भएको छ । परामर्श गोष्ठीमा मानव अधिकार आयोगका प्रतिनिधि यज्ञप्रसाद अधिकारीले मानव अधिकार राष्ट्रिय कार्ययोजनाले समेटेका विषयहरूको बारेमा जानकारी दिएका थिए । कार्ययोजनाको पृष्ठभूमी, कार्ययोजनाका मुख्य उद्धेश्यहरू, विशेषता, रणनीति, सेमटिएका विषयवस्तु, प्रमुख कार्यहरू…

२०७४ पुष १४, शुक्रबार २१:५९ गते  
बैतडीका स्वास्थ्य संस्थामा आइरन चक्कीको चरम अभाव

बैतडीका स्वास्थ्य संस्थाहरूमा गर्भवतीले खाने आइरन चक्कीको चरम अभाव भएको छ । गर्भवती भएको ३ महिनादेखि नै खानुपर्ने आइरन चक्की अभाव हुँदा यहाँका गर्भवती महिलाहरू समस्यामा परेका छन् । सिगास गाउँपालिका-२ की कलावती धामी आइरन चक्की लिन गाँजरी स्वास्थ्यचौकी पुगिन् । तर, स्वास्थ्यचौकीमा आइरन चक्की नहुँदा उनी रित्तै हात फर्किनुपर्‍यो…

२०७४ पुष १३, बिहीबार २०:५४ गते  
तीन दिने मानव अधिकार तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीद्वारा आयोजना गरिएको सरोकारवालाहरूका लागि मानव अधिकार तालिम पुस १३ गते धनगढीमा सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालिममा मानव अधिकारको अवधारणा, अधिकारमूखी अवधारणा, मानव अधिकार बहस तथा पैरवी, सिमान्तकृत समुदायका अधिकार, आधारभुत अधिकार र नेपालको संविधान तथा स्थानीय सरकारका अधिकारहरूलगायतका विषय समावेश गरिएको थियो…

२०७४ पुष १३, बिहीबार २०:५४ गते  
शिक्षक कुटपिटको घटना कान समातेर उठबस पछि मिलापत्र

जिल्लाको पुरचौडी नगरपालिका-८ मल्लादेहीका शिक्षक गणेश साउदलाई कुटपिट गरी घाइते बनाएको आरोपमा स्थानीय विरसिंह साउदलाई गाँउलेहरूको उपस्थितिमा कान समातेर उठबस गराएपछि पुस ११ गते मिलापत्र भएको छ । गत मङ्सिर २७ गते विद्यालयबाट घर फर्कदैँ गरेका शिक्षकमाथि कुटपिट गरेको स्वीकार गरेपछि विरसिंहलाई वडा कार्यालयमा कान समातेर उठबस गराएपछि घटना मिलापत्र…

२०७४ पुष १३, बिहीबार २०:२५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका-८ का २६ वर्षीय इन्द्रसिंह धामीलाई पुस १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पुस १० गते लिखित उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०७४ पुष ११, मंगलवार २१:५७ गते  
सदरमुकाममै किनबेच हुँदैन दलित समुदायले उत्पादन गरेको दुध

तुलनात्मक रूपमा सुधार भएपनि जातीय छुवाछुत विद्यमान रहेको बैतडी जिल्लाको सदरमुकाममै दलितले पालेका गाईभैँसीको दुध किनबेच हुँदैन । पछिल्लो समय दलितहरूलाई होटल प्रवेश गर्न दिइएपनि दलितले उत्पादन गरी बजारमा दुध बेच्न जाँदा कसैलेपनि नराख्ने गरेको दशरथचन्द नगरपालिका-४ की पार्वती भुलले बताइन् । 'धेरै गाईभैँसी त पालेका छैनौँ । तर, घरमा…

२०७४ पुष ११, मंगलवार ११:१७ गते  
नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ को प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कैलाली र डडेल्धुरामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक कैलाली जिल्ला प्रतिनिधि रबिना चौधरीका अनुसार इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि कैलाली जिल्लाका घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम पुस ९ गते…

२०७४ पुष ९, आईतवार २०:३५ गते