यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २५ गते भीमदत्त नपा-४ का २४ वर्षीय राजबहादुर धामीलार्इ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा जेठ २५ गते उजुरी परेपछि प्रहरीले गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…
विद्यालय शान्ति क्षेत्र बनाउन गरेको प्रतिबद्धता राजीनितिक दलबाटै उल्लङ्घन
विद्यालय शान्ति क्षेत्र राख्ने तथा विद्यालयहरूमा चुनावी आमसभा गतिविधि नगर्ने प्रतिबद्धता जनाएका राजनीतिक दलकै तर्फबाट आफ्नो प्रतिबद्धताको ठाडो उल्लङ्घन गरेका छन् । दार्चुलाको नौगाड गाउँपालिकाका अधिकांश विद्यालयहरूको प्राङ्गण प्रयोग गर्दै चुनावी आमसभा गरेर प्रतिबद्धता उल्लङ्घन गरेका हुन् । अहिले उक्त क्षेत्रमा दैनिक रूपमा विद्यालयहरूमा राजनीतिक दलहरूले चुनावी आमसभा गरिरहेका छन्…
राजनीतिक दलहरूद्वारा बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्धता
वालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने विषयमा कञ्चनपुरका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति, कञ्चनपुरले जेठ २५ गते जिल्लाको सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको बालअधिकार र आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् । जिल्लामा बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्ने, राजनीतिक गतिविधिहरू विद्यालयमा…
भोट हाल्न नसिकाएको मतदाताको गुनासो
करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा जिल्लाको ग्रामीण क्षेत्रका नागरिक खुसी भए पनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा रहेका छन् । 'यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ । त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ ।'-डिलाशैनी-१ का जानकी रानाले…
आचारसंहिता विपरीत सडकको शिलन्यास गरेको भन्दै उजुरी
नेपाली काङ्ग्रेसका महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार हंशराज भट्टसहितको टोलीले नगरपालिकाको श्रीवगड कोट कौतली सडक खण्डको जेठ २३ गते शिलान्यास गरेको भन्दै नेकपा एमाले दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको छ । निर्वाचनको क्रममा कुनैपनि योजनाहरूको शिलान्यास उद्घाटन गर्न नपाइने भएपनि उम्मेदवारसहितको टोलीले सडक शिलान्यास गरेपछि जेठ २४…
ग्रामीण भेगमा मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड
आसन्न स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम ग्रामीण भेगमा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा ग्रामीण भेगमा मतदाता शिक्षा प्रभाकारी हुन नसकेको भन्दै कार्यक्रमका सहभागिहरूले यस्तो कुरामा जोड दिएका हुन् । जेठ २२ गते जिल्ला निर्वाचन कार्यालय दार्चुलाले आयोजना…
स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्णः अध्यक्ष प्याकुरेल
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ २१ गते धनगढीमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले निर्वाचन स्वच्छ बनाउन ५० प्रतिशत दायित्व आम मतदाताको भए पनि बाँकी काम…
जिल्ला शिक्षा अधिकारीमाथि मोसो दलेर दुर्व्यवहार
नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टमाथि जेठ १९ गते कालोमोसो दलेर दुर्व्यवहार गरेको छ । शैक्षिक सुधारमा ध्यान नदिएको र यसअघि विद्यार्थी सङ्गठनहरू तथा जिल्ला शिक्षा कार्यालयबिच शैक्षिक सुधारका विषयमा भएको सहमति कार्यान्वयन नगरिएकोले मोसो दलेको सो सङ्गठनले जनाएको छ…
स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन
बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको राससले जनाएको छ । दैनिक झाडापखालाका दशदेखि बाह्रजनासम्म बिरामी आउने भए पनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इञ्चार्ज कमल आचार्यले बताए । छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात…
अपाङ्गमैत्री मतदानस्थल निर्माण गर्न माग
जिल्ला अपाङ्ग सङ्घ बैतडीले तोकिएका मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन माग गरेको छ । ०७४ असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन माग गरिएको हो । जिल्लामा १ सय २० मतदानस्थलहरू छन् । जसमम्ये एउटा मतदानस्थल मात्रै अपाङ्गमैत्री रहेको जिल्ला निर्वाचन कार्यालयले…