काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमालेका कार्यकर्ता घाइते
गौमुल गाउँपालिका-५ नख्राडामा नेपाली काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ जना एमाले कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा दुई जना महिला र चार जना पुरूष छन् । जेठ २९ गते भएको उक्त घटनामा एमाले कार्यकर्ता पारस रोकाया, टङ्क रोकाया, सन्तोष रोकाया, सुभाष रोकायालगायत घाइते भएका छन् । तीमध्ये सन्तोष रोकायाको…
निर्वाचनमा बालबालिका प्रयोग नगर्न दलहरू प्रतिबद्ध
डडेल्धुरा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले स्थानिय तहको निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गरेका छन् । जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा राजनीतिक दलका जिल्लास्तरका नेताहरूबाट यस्तो प्रतिबद्धता आएको हो । डडेल्धुरा जिल्लाका प्रमुख राजनीतिक दलहरूले विद्यालय र बालबालिकालाई शान्ति क्षेत्रका रूपमा स्वीकार गरी…
द्वन्द्वकालमा क्षति भएका संरचनाहरू तत्काल पुनर्निर्माण हुनु पर्ने माग
द्वन्द्वकालीन समयमा डडेल्धुरा जिल्लामा क्षति पुर्याइएका सरकारी संरचनाहरूको तत्काल पुनर्निर्माण गरिनु पर्ने जिल्लास्थित सेवाग्रहीहरूले माग गर्दै आएको भए पनि हालसम्म ती संरचनाहरू पुनर्निर्माण हुन सकेका छैनन् । कार्यालय सञ्चालनका लागि भाडामा भवन लिँदा व्यायभार बढ्ने र अर्कोतर्फसेवा प्रवाहमा समस्या हुने अजयमेरु गाउँपालिका-३ का सचिव करनबहादुर कामीले बताए । डडेल्धुरा जिल्लास्थित…
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान जिल्ला समन्वय समिति गठन
मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूको सहभागितामा जेठ २८ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ । अगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने र नागरिक स्तरबाट निर्वाचनको अनुगमन गर्ने उद्धेश्यले इन्सेकका जिल्ला…
जिल्लास्तरीय बाल अधिकार अनुगमन समिति गठन
आसन्न स्थानीय तह निर्वाचनमा बाल अधिकारको अवस्थाबारे अनुगमन गर्न जिल्लास्तरीय बाल अधिकार अनुगमन समिति गठन भएको छ । निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचन पश्चात बाल अधिकार हनन् हुने अवस्थाको अनुगमन गर्न समिति गठन भएको हो । जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाको अध्यक्षतामा जेठ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २५ गते भीमदत्त नपा-४ का २४ वर्षीय राजबहादुर धामीलार्इ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा जेठ २५ गते उजुरी परेपछि प्रहरीले गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…
विद्यालय शान्ति क्षेत्र बनाउन गरेको प्रतिबद्धता राजीनितिक दलबाटै उल्लङ्घन
विद्यालय शान्ति क्षेत्र राख्ने तथा विद्यालयहरूमा चुनावी आमसभा गतिविधि नगर्ने प्रतिबद्धता जनाएका राजनीतिक दलकै तर्फबाट आफ्नो प्रतिबद्धताको ठाडो उल्लङ्घन गरेका छन् । दार्चुलाको नौगाड गाउँपालिकाका अधिकांश विद्यालयहरूको प्राङ्गण प्रयोग गर्दै चुनावी आमसभा गरेर प्रतिबद्धता उल्लङ्घन गरेका हुन् । अहिले उक्त क्षेत्रमा दैनिक रूपमा विद्यालयहरूमा राजनीतिक दलहरूले चुनावी आमसभा गरिरहेका छन्…
राजनीतिक दलहरूद्वारा बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्धता
वालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने विषयमा कञ्चनपुरका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति, कञ्चनपुरले जेठ २५ गते जिल्लाको सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको बालअधिकार र आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् । जिल्लामा बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्ने, राजनीतिक गतिविधिहरू विद्यालयमा…
भोट हाल्न नसिकाएको मतदाताको गुनासो
करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा जिल्लाको ग्रामीण क्षेत्रका नागरिक खुसी भए पनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा रहेका छन् । 'यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ । त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ ।'-डिलाशैनी-१ का जानकी रानाले…
आचारसंहिता विपरीत सडकको शिलन्यास गरेको भन्दै उजुरी
नेपाली काङ्ग्रेसका महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार हंशराज भट्टसहितको टोलीले नगरपालिकाको श्रीवगड कोट कौतली सडक खण्डको जेठ २३ गते शिलान्यास गरेको भन्दै नेकपा एमाले दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको छ । निर्वाचनको क्रममा कुनैपनि योजनाहरूको शिलान्यास उद्घाटन गर्न नपाइने भएपनि उम्मेदवारसहितको टोलीले सडक शिलान्यास गरेपछि जेठ २४…