नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सिलगढीमा कात्तिक २९ गते सम्पन्न गरिएको छ । पूर्व समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बासुदेव जोशीले सन २०१८ मा सङ्कलन गरेका १० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए । प्रस्तुत घटनाहरूमा बलात्कारका पाँच, बलात्कार…

November 16, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पुर्व समीक्षा कार्यक्रम कात्तिक २८ गते जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश केसीले सन् २०१८ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २१ ओटा घटना प्रस्तुत गरेका थिए । जसमा महिला हिंसा, बलात्कार, बलात्कारको…

November 15, 2018  
जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय काठमाडौँ, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र इन्सेक जिल्ला प्रतिनधि सहितको टोलीले कात्तिक २८ गते कञ्चनपुर जिल्लाका मानव अधिकारसँग सरोकार राख्ने कार्यालयहरूमा गएर जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको छ । इन्सेक केन्द्रीय कार्यालयका प्रशासन प्रमुख प्रेमप्रसाद पराजुलीको नेतृत्वमा गएको टोलीले जिल्ला…

November 15, 2018  
आर्थिक अभावका कारण विद्यालय जान नसकेकी बालिकालाई इन्सेकको सहयोग

इन्सेक डोटीले केआईसिंह गाउँपालिका–४ वायल चन्केसैनका आठ वर्षीया बालिका तारा बिकलाई कात्तिक २७ गते आर्थिक सहयोग गरेको छ । कापीकलम र पोशाक किन्ने पैसा नभएका कारण ०७५ भदौदेखि विद्यालय जानबाट वञ्चित बालिकालाई विद्यालय जान सहयोग पुगोस भन्ने उद्देश्यले इन्सेक जिल्ला प्रतिनिधि बासुदेब जोशीले बालकको घरमै पुगेर आर्थिक सहयोग गरेका हुन्…

November 15, 2018  
सीमा क्षेत्रका नागरिकको मानव अधिकार बुझ्दै आयोग

राष्ट्रिय मानव अधिकार आयोगले देशको सीमासँग जोडिएको सबै जिल्ला पुगेर यहाँका क्षेत्रका नागरिकको मानव अधिकार हनन्को विषयमा छलफल एवम् अध्ययन थालेको छ । पूर्वको झापादेखि पश्चिमको दार्चुला पुगेर गरिएको अध्ययनपछि सीमा क्षेत्रको समस्या र मानव अधिकार हनन्को अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको हो । सीमा क्षेत्रका नागरिकको मानव…

November 14, 2018  
अपरिचित व्यक्तिहरूको कुटपिटबाट बालिका घाइते, उपचार जारी

गोदावरी नपा-१ बाँसघरी की १७ वर्षीया ईश्वरी चौधरीलाई सात जनाको समूहमा आएका युवाहरूले कुटपिट गरेका कारण घाइते भएकी छन् । कात्तिक २६ गते बिहान १० बजे आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएपछि विद्यालयबाट विदा मागेर घर जाने क्रममा अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरी सडकको नालीमा फालेको पीडित चौधरीले बताइन् । अपरिचित…

November 13, 2018  
हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्ना

भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै कात्तिक २५ गतेदेखि उनका बुबा र आमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । छोरीको बलात्कारपछि हत्या भएको तीन महीनाभन्दा बढी समय बितिसक्दा पनि स्थानीय प्रशासनले हत्यारालाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै निर्मलाका बुबा यज्ञराज र…

November 11, 2018  
अपहरणमा परेकी असहाय बालिकालाई इन्सेकको सहयोग

इन्सेक दार्चुलाले महाकाली नगरपालिका–७ धापका १२ वर्षीया ममता खत्रीलाई आर्थिक सहयोग गरेको छ । बुवाको मृत्युभएपछि अर्काको घरमा धर्मपुत्री बसेकी बालिका खत्रीलाई इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् । असहाय ती बालिका गत कात्तिक २१ गते अपहरणमासमेत परेकी थिइन् । उनलाई प्रहरीले उद्धार गरेको थियो…

November 10, 2018  
कथित बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी

घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीलाई  कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले स्थानीय २८ वर्षीय कालीचरण चौधरीले कात्तिक २१ गते साँझ गिरफ्पतार गरेको छ । राधाले दिएको किटानी उजुरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर वलीले जानकारी दिए । कुटपिट गरेको आरोपमा चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा…

November 9, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका १९ वर्षीय जगत बिकलाइ कात्तिक २० गते गिरफ्तार गरेको छ । कात्तिक १८ गते जनज्योति युवा क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रमबाट राति घर फर्कने क्रममा बान्ने भन्ने स्थानमा आरोपितले पीडितको मुख थुनी स्थानीय मालिका आधारभुत विद्यालयको कोठामा लगेर बलात्कार गरेको…

November 8, 2018