बाल विवाहका आरोपित गिरफ्तार
१५ वर्षीया एक बालिकासँग विवाह गरेको आरोपमा कैलाशमाण्डौ गाविस ८ का २४ वर्षीय टेकबहादुर सार्कीलाई प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ । पीडित पक्षले बालविवाह गरेको आरोपमा भदौ १५ गते जिल्ला प्रहरी कार्यलयमा सार्कीविरुद्ध उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई कृष्ण खड्काले जानकारी दिएका…
द्वन्द्वपीडित भन्छन्-'सरकार पहिला बेपत्ताको सास वा लास देखाउ'
बेपत्ता पारिएका नागरिकका परिवारलाई सरकारले रकम बाँडेर सहानुभूति देखाउनुभन्दा उनीहरूको पछिल्लो अवस्थाको बारेमा परिवारलाई जानकारी दिएमा मात्रै न्याय हुने द्वन्द्वपीडितहरूले बताएका छन् । बलपूर्वक बेपत्ता बनाउने कार्यविरुद्धको दिनको अवसरमा भदौ १४ गते कैलालीको धनगढीमा आयोजित अन्तरसम्वाद कार्यक्रममा बोल्दै कैलालीकी द्वन्द्वपीडित कृष्णा चौधरीले आफ्ना बोपत्ता पतिको अवस्था सार्वजनिक गरिदिन सरकारसमक्ष आग्रह…
मन्दिरमा विभेद गरेको आरोपमा उजुरी दर्ता
धनगढी उपमनपा-४ बस्ने ४० वर्षीय हिक्मत दर्जीलाई धनगढी बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा भजनकिर्तनमा सहभागी हुन जाँदा पुजारी १००८ स्वामी देवराज आचार्यले अभद्र व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । आफूमाथि भदौ ४ गते नै छुवाछुतको व्यवहार गर्दै भजनकिर्तनमा सहभागी हुन नदिएको भएपनि आफूले असुरक्षित महसुस…
अनुगमन नहुँदा अवैध औषधिहरूको विक्री हुने गरेको आरोप
सुदूरपश्चिमका सबै नौ ओटै जिल्लामा खुलेका औषधि पसलहरूको अनुगमन नगरिएका कारण गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सुदूरपश्चिमभर अवैध औषधि विक्री वितरण गरेको अधिकारकर्मीहरूले आरोप लगाएका छन् । मानव स्वास्थ्यका लागि भन्दै खोलिएका १ हजार ३ सय ७१ ओटा औषधी पसलबाट अवैध औषधि विक्री वितरण भइरहेको उनीहरूले आरोप लगाएका हुन् ।…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
पूर्व-पश्चिम लोकमार्गको झलारी-वाणी खण्डमा अवस्थित जङ्गलमा ३५ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा झलारीपिपलाडी नपा-११ का २७ वर्षीय अम्मर विष्टलाई भदौ ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर छेउमै रहेको जङ्गलमा लगेर बलात्कार प्रयास गर्न खोज्दा पीडित महिलाले प्रतिकार गरेर भागेको बताइन् । पीडित…
अछाममा १५ हजार मेट्रिकटन खाद्यन्न अभाव
लामो खडेरीका कारण गएको आर्थिक वर्षको अन्नबाली उत्पादनमा कमी आएपछि अछाम जिल्लामा १५ हजार भन्दा बढी प्रशोधित खाद्यन्न अभाव रहेको र यसवर्षअघिल्लो आर्थिक वर्ष०७२/७३ भन्दा दोब्बर खाद्यन्न अभाव देखिएको जिल्ला कृषि विकास कार्यालय, अछामले जनाएको छ । खाद्यन्नको अभावसँगै अन्य जिल्लाबाट खाद्यन्न ढुवानी हुन नसक्दा आर्थिकस्तर कमजोर र पहुँच नपुग्ने…
दुई सन्तानलाई विष खुवाएर हत्या गरी आमाद्वारा आत्महत्या
बेलौरी नपा - १४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीले चार वर्षीय छोरा दिपेस चौधरी र सात वर्षीया छोरी जस्मिन चौधरीलाई ०७३ भदौ ५ गते विष सेवन गराएर हत्या गरेकी छिन् । आरोपित महिलाले पनि घटनालगत्तै विष सेवन गरेकी थिइन् । उखु बारीमा मानिस चिच्याएको आवाज सुनिएपछि स्थानीयले घटनाबारे थाहा पाएका…
अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित
दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । महाकाली अञ्चल अस्पतालमा रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् । २०२९ सालमा स्थापना भएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पुरा नभएको अञ्चल अस्पताल सुधार समितिका संयोजक डा. गणेश…
पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या
जिल्लाको पटन नपा-९ बसन्तपुर कुलडाका २१ वर्षीया बिन्दु बोहोरालाई २६ वर्षीय पति कमल बोहराले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद भएपछि साउन ३० गते दिउसो करिब ३ बजेतिर बञ्चरो प्रहार गरी पत्नीको हत्या गरी कमलले घरभित्रै झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख इन्स्पेक्टर…
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या
जिल्ला कारागार शाखा, बैतडीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । वर्षयामको समयमा छानो चुहिने कारण क्षमताभन्दा बढी राखिएका कैदीबन्दीले थप कष्ट व्यहोर्नुपरेको हो । २५ जना क्षमता रहेको जिल्ला कारागार, बैतडीमा अहिले तीन जना थुनुवा र ४१ कैदी गरी जम्मा ४४ जना रहेका छन् । दुई ओटा…