काङ्ग्रेस र एमाले कार्यकर्ताबिच भएको झडपमा एमाले कार्यकर्ताको मृत्यु
छेडेदह गाउँपालिकाममा नेपाली काङ्ग्रेस र नेकप एमालेका कार्यकर्ताबिच असार ४ गते झडप हुँदा छेडेदह गाउँपालिका ५ का ५५ वर्षीय हंसबहादुर रावतको मत्यु भएको छ । मनोनयन दर्ता गर्ने क्रममा भएको दोहेरो झडपमा रावतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झडप मनोनयन दर्ता स्थल भन्दा एक किलोमिटरको दुरीमा हरेको जिल्ला…
लटिनाथमा एमाले र माओवादी केन्द्रबीच झडप
दलबलसहित मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउँपालिकाको लटिनाथमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबिच झडप भएको राससले जनाएको छ । मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको स्थानीयले जनाएका छन् । माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेर फर्कने र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन…
मानव अधिकार आयोगको टोलीद्वारा अनुगमन
नेपाल मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीद्वारा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न ठाउँमा अनुगमन गरिएको छ । निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन, प्रचारप्रसार र मतदाता शिक्षालगायतको विषयमा अनुगमन गरिएको मानव अधिकार अधिकृत पवनकुमार भट्टले बताए । उहाँका अनुसार जिल्लाको दोगडाकेदार गाँउपालिका, सुर्नयाँ गाँउपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकालगायतका ठाउँमा अनुगमन…
मनोनयनमा बाधा पुर्याउन प्रयास गरेको आरोपमा राजपा नेता गिरफ्तार
कैलालीको कैलारी गाँउपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा असार ४ गते राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य फोनीराम चौधरी र जिल्ला अध्यक्ष सरीता चौधरीको नेतृत्वमा तालाबन्दी गरी विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरु दुवै जनालाई गिरफ्तार गरेको छ । गिरफ्तारमा परेका दुवै जनालाई कैलारी गाँउपालिको इलाका प्रहरी कार्यालय हसुलियामा राखिएको र साँझ…
समाचारमा चित्त नबुझेपछि दुई जना पत्रकार गिरफ्तार
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मानसखण्ड पत्रिकाका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई समाचारको विषयलाई लिएर पूर्वाग्रही भई असार ३ गते गिरफ्तार गरेको भन्दै पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आपत्ति जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीलाई मानखण्ड दैनिकको कार्यालयबाट र कार्यकारी…
बैतडीका ३१ मतदान स्थल सम्वेदनशील
जिल्लामा रहेका १ सय २० मतदान स्थलमध्ये ३१ ओटा मतदान स्थल सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । जिल्लाको विकट क्षेत्रमा रहेका र खुल्ला…
बाजुराका ६ ओटा मतदान केन्द्र सञ्चारविहीन
आगामी असार १४ गते गर्न लागिएको स्थानीय तहको चुनावमा बाजुराका ६ ओटा मतदान केन्द्र सञ्चारविहीन हुने भएका छन् । हिमाली गाउँपालिकाका चार ओटा केन्द्र र गौमूल गाउँपालिकाका दुई ओटा केन्द्रहरू सञ्चारविहीन हुने भएका मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिएका छन् । बाजुरामा भौगोलिक विकटताले जिल्लाका चार नगरपालिका र पाँच…
परिचरका भरमा विद्यालय सञ्चालन
कोल्टीको ढाडाकोटस्थित बुढीनन्दा प्रावि दुई महिनादेखि सुनसान जस्तै छ । चैत दोस्रो साता हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म विद्यालयमा उपस्थित भएका छैनन् । सदरमुकाम मार्तडीदेखि करिब १ दिनको पैदल दूरीमा रहेको उक्त विद्यालयका शिक्षकहरूले चैत पहिलो सातामै वार्षिक परीक्षा सञ्चालन गरे । परीक्षालगत्तै चैत १२ गते प्रधानाध्यापक सहित…
दार्चुलामा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो
सदरमुकाम खलंगासहित अधिकांश गाउँपालिका र नगरपालिकामा ठूला तीन राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेका छन् । जिल्लामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका हुन् । राजनीतिक दलले मुख्य चोक, सडक क्षेत्र र सार्वजनिक स्थलहरूमा पार्टीका झण्डा र ठूलाठूला व्यानर पोष्टर राखेको पाइएको…
सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय व्यक्तिलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रम जेठ ३० गते सिलगढीमा सम्पन्न भएको छ । कार्यक्रममा सेवा प्रदायक निकायका प्रमुख एवम् प्रतिनिधिहरूले सेवाग्राहीहरूलाई कार्यालयबाट सहज ढङ्गले सेवा उपलव्ध गराउने प्रतिबद्धताका साथै सेवाग्राहीलाई पनि आफ्नो…