दार्चुलामा तीन दर्जन उजुरी, आचारसंहिता उल्लङ्घन बढेपनि लिखित उजुरी कम
स्थानीय तह निर्वाचनको क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै दार्चुलामा लिखित तथा मौखिक गरी झण्डै तीन दर्जन उजुरी परेको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत निरञ्जन स्थापितका अनुसार लिखित रूपमा सात र मौखिक २३ ओटा उजुरी परेको हो । लिखित रूपमा परेका सात ओटा उजुरी मध्ये पाँच ओटा उजुरी फछ्यौट भएको…
भयरहीत वातावरणमा मतदान गर्न निर्वाचन आयोगको आग्रह
असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानीय तह निर्वाचनमा भयरहित वातावरणमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयुक्त सुधीरकुमार साहले आग्रह गरेका छन् । असार ८ गते निर्वाचनको गतिविधिको बारेमा अनुगमन गर्न बैतडी पुगेको आयोगको टोलीका प्रमुख साहले यस्तो आग्रह गरेका हुन् । 'कसैको करकापमा नपरी आफूले इच्छ्याएको व्यक्तिलाई मत…
कञ्चनपुरमा ९२ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशील
कञ्चनपुर जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १ सय ३२ मतदान स्थल र २९३ मतदान केन्द्र रहेका छन् । १ सय ३२ ओटा मतदान स्थलमा ६६ ओटा अति सम्वेदनशील, २६ ओटा सम्वेदनशील र ४० ओटा सामान्य रहेको विश्लेषण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दाहालले बताए…
मानव अधिकारको अवस्था सम्बन्धमा पत्रकारसँग समन्वय वैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा असार ७ गते मानव अधिकारको अवस्था सम्बन्धमा पत्रकारसँग समन्वय बैठक धनगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा मानव अधिकारको अवस्थाको बारेमा छलफल गरिएको थियो । इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले पत्रकार अग्रपङ्क्तिको मानव अधिकार रक्षक भएकोले मानव अधिकारको संरक्षणमा पत्रकारहरूको…
चार ओटा गाउँपालिकामा सञ्चार समस्या
दार्चुलाका चार ओटा स्थानीय तहमा अझै सञ्चार सेवा प्रभावकारी भएको छैन । जिल्लाको अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र व्यास गाउँपालिकामा टेलिफोनले काम नगर्ने भएकाले निर्वाचनका बेला थप समस्या हुने भएको हो । यी क्षेत्रमा मोवाइल टावर स्थापना गरिएको भएपनि घाम नलागेसम्म टावरले काम नगर्ने गरेको स्थानीयले गुनासो…
उम्मेदवारको मृत्यु भएपछि पुनः मनोनयन हुने
डिलाशैनी गाँउपालिकामा एक उम्मेदवारको मृत्यु भएपछि निर्वाचनका लागि पुनः मनोनयन दर्ता हुने भएको छ । डिलाशैनी गाउँपालिका-७ मा राप्रपाबाट वडा सदस्यको उम्मेदवारी दिनुभएका उम्मेदवार ७० वर्षीय गोविन्दसिंह कार्कीको मृत्यु भएपछि निर्वाचन आयोगले आसार ६ गते मनोनयन दर्ता गर्दैछ । कार्की असार ४ गते मनोनयन दर्ता गराएर सामान्य अवस्थामा घर फर्किएपछि…
डडेल्धुरामा १७ वटा मतदान स्थल अति सम्वेदनशील
जिल्ला सुरक्षा समिति डडेल्धुराले जिल्लाका १७ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निष्कर्षनिकालेको छ । १ सय १० मतदान स्थल र ७७ ओटा मतदान केन्द्र रहेको डडेल्धुरामा ३४ स्थल सम्वेदनशील र २६ मतदान स्थल सामान्य रहेको समितिले निष्कर्षनिकालेको हो । चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण…
एकै स्थानमा एकैपटक जुलुस र आमसभा नगर्नेमा राजनीतिक दल प्रतिबद्ध
असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउने उद्धेश्यले एकै स्थानमा एकैपटक जुलुस र आमसभा नगर्नेमा डडेल्धुरामा क्रियाशील राजनीतिक दलहरू प्रतिबद्धता जनाएका छन् । असार ५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् । निमित्त प्रमुख जिल्ला अधिकारी…
उम्मेदवारको हत्या प्रयास घटनाका आरोपितविरूद्ध उजुरी
मार्मा गाउँपालिका-५ का नेकपा एमालेका तर्फबाट वडा सदस्य पदका उम्मेदवार २७ वर्षीय कमलसिंह बोहरालाई हत्या प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा असार ५ गते आरोपितविरूद्ध उजुरी दिइएको छ । असार ४ गते उम्मेदवार मनोनयनको क्रममा एमाले कार्यकर्ता र उम्मेदवारमाथि नेकपा माओवादी केन्द्रले सुनियोजित तरिकाले हमला गरेको भन्दै आठ जना…
नेपाली काङ्ग्रेसका प्रमुखसहित दुई जना कार्यकर्ता गिरफ्तार
छेडेदह गाउँपालिकाका नेपाली काङ्ग्रेसका प्रमुख नरबहादुर रावतसहित दुई जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लगेको छ । नियन्त्रणमा शिक्षक पदम रावत र स्थानीय देवबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छेडेदह गाउँपालिकामा असार ४ गते मनोनयन पत्र दर्ता गर्ने क्रममा दोहोरो झडपमा परी एक जना एमाले कार्यकर्ता ५५ वर्षीय हंसबहादुर रावतको मृत्यु…