विद्यार्थीहरुको पठनपाठन प्रभावित
तीन वर्ष अगाडि हावाहुरीले उडाएको सिगास गाउँपालिका–७ स्थित शिवलिंग आधारभूत विद्यालयको छानो मर्मत नहुँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालय भवनको छानो उडाएको तीन वर्ष भइसक्दा समेत छानो मर्मत नहुँदा पठनपाठनमा समस्या हुने गरेको प्रधानध्यपक नगरबहादुर ऐरले बताउनु भयो । उहाँले भन्नु भयो ‘छानो मर्मत…
शुद्ध पिउने पानीको चरम अभाव हुँदा दलितबस्ती समस्यामा
सिगास गाउँपालिका–६ स्थित कौसाडीमा शुद्ध पिउने पानीको चरम अभाव हुँदा यहाँको सिङ्गो दलितबस्ती समस्यामा परेको छ । कौसाडीस्थित दलितबस्तीका नागरिकहरुले विगतदेखिनै शुद्ध पिउने पानीको चरम अभाव झेलिरहेका छन् । १२ दलित परिवार बस्ने यो वडामा सधै पिउने पानीको अभाव हुने गरेको स्थानीय भीम नेपालीले बताउनु भयो । उहाँले भन्नु भयो…
महादेव आधारभूत विद्यालयमा पठनपाठनमा समस्या
पुचौँडी नगरपालिका–२ स्थित महादेव आधारभूत विद्यालयको जीर्ण अवस्थामा रहेको भवन पुनर्निर्माण हुन नसक्दा पठनपाठन प्रभावित हुँदौ अएको छ । विद्यालयको ३ कोठे भवन पाँच वर्षदेखि जिर्ण अवस्थामा रहेको भए पनि पुनर्निर्माण कार्य सुरु गरिएको छैन् । भवन अभावले शिशु र कक्षा १ का बालबालिकाहरुलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता…
छाउगोठमा सुतिरहेकी एक जना छाउपडीको मृत्यु
छाउपडी हुँदा छाउगोठमा सुतिरहनुभएकी पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाईबाट साउन २३ गते मृत्यु भएको छ । जवलपुर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिताको साउन २३ गते राति सर्पको टोकाईबाट मृत्यु भएको स्थानीय जनकबहादुर चन्दले बताउनु भयो । मृतक बालिकाको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुचौडी नगरपालिका–५ कुवाकोटका २० वर्षीय राकेश कुँवरलाई असार २२ गते गिरफ्तार गरेको छ । बालिकालाई असार १४ गते बलात्कार गरेको आरोपमा कुँवरलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर लोकराज जोशीले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित पक्षले असार २२…
मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धिवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बैतडीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८० असार ११ गते जिल्ला सदरमुकाम गोठालापानीमा सम्पन्न भएको छ । इन्सेक बैतडी प्रतिनिधि नरी बडुले सन् २०२३ जनवरीदेखि जुनसम्मको अवधिमा जिल्लामा ३४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क…
पानी अभावले पञ्चेश्वर स्वास्थ्यचौकीको प्रसूती सेवा बन्द
आकासे पानीको भरमा सञ्चालन गरिदै आएको पञ्चेश्वर स्वास्थ्य चौकीमा पानी अभावका कारण प्रसूती सेवा बन्द भएको छ । पानी अभावका कारण हाललाई प्रसूती सेवा बन्द गर्नुपरेको स्वास्थ्यचौकी प्रमुख सुरेस सार्कीले बताउनु भयो । उहाँले भन्नु भयो ‘पानी अभाव छ । पटक–पटक पानीको व्यवस्थापनका लागि माग गर्दा समेत समस्या सम्बोधन हुन…
जातीय विभेद घटनाका आरोपित विरुद्ध प्रशासनमा ज्ञापन–पत्र
दशरथचन्द नगरपालिकाको कार्यपालिका बैठकमा जातीय विभेद भएको भन्दै दलित अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले जेठ ३२ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएका छन् । जातीय विभेद गर्ने आशयले दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले अभिव्यक्ति दिएको भन्दै दलित अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापन–पत्र बुझाए छन् । जेठ २१ गते कार्यपालिका…
क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
‘ग’ वर्गको जिल्ला कारागारको जिर्ण भवनमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा समस्या भएको छ । १० महिला र १५ पुरुष गरी २५ जना क्षमता रहेको जिल्ला कारागारमा हाल ५६ कैदी र २१ थुनुवा गरी ७७ जनालाई राख्नु पर्दा व्यवस्थापन गर्न समस्या भएको जिल्ला कारागार, बैतडीका जेलर धारा भण्डारीले बताउनु…
जिर्ण अवस्थामा रहेको विद्यालय भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या
पुचौँडी नगरपालिका–२ स्थित महादेव आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा रहेका कारण पठनपाठनमा समस्या भएको छ । विद्यालयको तीन कोठे भवन जिर्ण भएको पाँच वर्ष वितिसक्दा समेत पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या भएको हो । भवन अभावले शिशु र कक्षा १ मा अध्ययनरत बालबालिकाहरुलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक…