खाद्य अधिकार हनन् भएको प्रकोप पीडितको गुनासो

मेलौली-३ स्यालतडीका प्रकोप पीडित परिवारले आफ्नो खाद्य अधिकार हनन् भएको गुनासो गरेका छन् । पहिरोले सिञ्चाई कुलो भत्किएको वर्षौँ भइसक्दा समेत सम्बन्धित निकायले बेवास्ता गरेका कारण आफूहरू खाद्य अधिकारबाट वञ्चित भएको उनीहरूको गुनासो छ । ०६४ भदौमा आएको पहिरोले सिञ्चाईका लागि प्रयोग हुँदै आएको ५ सय ५० मिटर लामो कुलो…

२०७३ माघ १, शनिबार २१:१९ गते  
पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

भौनेली-५ की २३ वर्षीया देवकी कुँवरको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति देवन्द्रबहादुर कुँवरलाई लाई पुस २८ गते गिरफ्तार गरेको छ । पीडित महिलाको हत्या पुस २४ गते राति हत्या गरी गाँउलेको सहयोगमा २५ गते बिहान दाहसंस्कार गरेको आरोपमा पीडित महिलाका माइती पक्षले प्रहरीमा पुस २७ गते मौखिक उजुरी…

२०७३ पुष २९, शुक्रबार २१:१९ गते  
शैक्षिक सत्र सकिनै लाग्दा समेत पाठ्यपुस्तकको अभाव कायमै

शैक्षिक सत्र सकिनै लाग्दा समेत बैतडीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएका छैनन् । यहाँ प्राथमिक तहका पाठ्यपुस्तकको माग ढिला गरि पूरा भएपनि निम्नमाध्यमिक र माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् । बैतडीमा ३ सय १९ ओटा प्रावि, १ सय ३ ओटा निमावि, ५६ ओटा मावि र ५१ ओटा…

२०७३ पुष २०, बुधबार १४:२७ गते  
विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड

बालविवाह अन्त्यका लागि सांसद तथा सरोकारवालाबिच आयोजित अन्तरक्रियामा सरोकारवालाले विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बालविवाह अन्त्यका लागि विद्यालयमा अनिवार्य रूपमा बाल अधिकारसम्बन्धी शिक्षा दिनुपर्ने जनसङ्ख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्च नेपालका सदस्य सांसद रामहरी सुवेदीको भनाइ छ । वालविवाह न्यूनीकरणका कार्यक्रम कागजमा मात्रै…

२०७३ पुष १६, शनिबार २०:०८ गते  
क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा औषधि उपचारमा समस्या

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले औषधि उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा ४७ जना कैदी र एक जना थुनुवा गरी जम्मा ४८ जना कैदीबन्दी रहेका छन् । २५ जनाको लागि मात्रै आषधि उपचार खर्च हुने भएकाले बाँकिको उपचार गर्न समस्या…

२०७३ पुष १५, शुक्रबार २०:०१ गते  
प्रहरीको सहयोगमा बालविवाह रोकियो

दशरथचन्द नपा-१ मा अभिभावकको मञ्जुरीविना तर बालिका र बेहुलाको सहमतिमा हुन लागेको विवाह प्रहरीको सहयोगमा रोकिएको छ । १५ वर्षीया बालिकालाई बैतडीको दशरथचन्द नपा-१ का २० वर्षीय युवकले भगाएर विवाह गर्न भनी ल्याएको बेला बालिकाका अविभावकले प्रहरीलाई खबर गरेपछि विवाह रोकिएको हो । बालिका भगाएको थाहा पाएपछि उनका अविभावकले प्रहरीलाई…

२०७३ मंसिर २९, बुधबार ०९:५० गते  
द्वन्द्वकालमा क्षति पुर्‍याइएका गाविस भवन पुनर्निर्माण नहुँदा स्थानीय नागरिक मर्कामा

तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा क्षति पुर्‍याइएका (भत्काएर, जलाएर, बम विस्फोट गरेर) गाविस भवन पुनर्निर्माण नहुँदा बैतडीका १५ गाविसका स्थानीय नागरिक मर्कामा परेका छन् । जिल्लामा रहेका ५६ ओटा गाविस र दुई नगरपालिकामध्ये १५ ओटा गविस भवन अझै सम्म पनि पुनर्निर्माण गरिएको छैन । तत्कालीन विद्रोही र सरकारबिच भएको सहमति…

२०७३ मंसिर २७, सोमबार १०:२१ गते  
शिक्षकको अभावमा विद्यार्थीको पढाइ प्रभावित

जिल्लाको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । २०५० सालमा स्थापना भएको रौलेश्वर-८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजना शिक्षकको मात्रै दरबन्दी भएकाले यहाँका विद्यार्थीको पढाइ प्रभावित भएको हो । पहिले निजी श्रोतबाट शिक्षक भर्ना गरिएको भएपनि…

२०७३ मंसिर २६, आईतवार १३:५६ गते  
अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले आर्थिक सहयोग गरी सम्बन्धित ठाँउमा पुर्‍याउन मद्दत गरेको छ । [caption id="attachment_2466" align="alignleft" width="640"] U[/caption] गाडी भाडा र बाटोको खाना खर्च नभएका कारण अपाङ्गता परिचयपत्र बनाउनबाट वञ्चित सलेनाका भुललाई मङ्सिर…

२०७३ मंसिर २४, शुक्रबार १५:३१ गते  
नेपाल मानव अधिकार वर्षपुस्तकको पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१७ को वार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्लामा महिला हिंसाका घटनाहरू अन्य घटनाको तुलनामा बढी हुने भएकाले महिलाहरूलाई अधिकारको ज्ञान दिने उद्देश्यले दुर्गमका महिला, जिल्ला स्थित सरोकारवाला निकाय र राजनीतिक दलहरूको संयुक्त उपस्थितिमा इन्सेकले उक्त वर्षपुस्तकको समीक्षा गरेको हो । ०७३ असार देखि हालसम्म जिल्लामा…

२०७३ मंसिर २२, बुधबार १५:१९ गते