मतदाता शिक्षा सञ्चालन नगर्न तथा मतदानमा सहभागी नहुन धम्की
दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् । जेठ ५ गते दिउँसो सिगास गाँउपालिका-२ गाँजरीमा मतदाता शिक्षा कक्षा चलिरहेका बेला १०/१२ जनाको समूहमा आएका सो पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन गरे कालिकोटको जस्तै घटना हुनसक्ने भन्दै चेतावनी दिएको निर्वाचन…
छाउपडी कूप्रथाका कारण बैतडीका महिलाहरू घरमै सुत्केरी हुन बाध्य
सामाजिक अन्धविश्वासका रूपमा रहेको छाउपडी कूप्रथाका कारण यहाँका महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थाबाट सुत्केरी भएका महिलालाई घरसम्म पुर्याउन सवारी चालकहरूले नमान्ने र पुर्याएपनि चर्को रकम लिने भएकाले सुत्केरी महिला समस्यामा परेका हुन् । जिल्लाको नमूना क्षेत्रमा रहेको साविकको सिद्धेश्वर गाविसमा मात्रै यो आर्थिक वर्षमा आठ…
छात्रामैत्री शौचालय नहुँदा बालिकाहरूको पढाइ प्रभावित
जिल्लामा सञ्चालित अधिकांश विद्यालयहरूमा छात्रामैत्री शौचालय नहुँदा बालिकाहरूले आफूहरूको पढाइ प्रभावित भएको गुनासो गरेका छन् । छात्रामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला विद्यालय जान नपाएकाले पढाइ प्रभावित भएको बालिकाहरूले गुनासो गरेका हुन् । जिल्लाका रहेका ५ सय ४५ विद्यालयहरूमध्ये थोरैमा मात्र छात्रामैत्री शौचालय छन् । तर, तिनीहरू पनि पानीको अभावका…
बलात्कार घटनाका पीडित पक्षद्वारा कारबाहीका लागि पहल गरीदिन इन्सेकसमक्ष आग्रह
११ वर्षीया बालिकालाई दार्चुलाको लेकम गाँउपालिका-४ खर्कडाका ५५ वर्षीय बिरभान पार्कीले बलात्कार गरेको आरोपमा कारबाहीका लागि पहल गरिदिन पीडित बालिकाका अभिभावकले इन्सेक जिल्ला प्रतिनिधिसमक्ष आग्रह गरेका छन् । पीडित बालिकालाई आरोपितले डिलाशैनी गाउँपालिका-५ देउझाडी भन्ने ठाँउमा रहेको प्रहरी चौकी नजिकै चैत १७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका बावुले आवश्यक…
अज्ञात समूहले हत्या गरेको अवस्थामा महिलाको शव फेला
सिगास गाँउपालिका-१ मैतडमा नजिकैको पानीघट्टमा मकै पिँध्न गएकी एक महिलाको चैत २० गते हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घट्ट छेउमा सिगास-१ मैतडीकी ३५ वर्षीया लालमती बोहराको हत्या भएको अवस्थामा शव फेला परेको देवर पठान बोहराले बताए । मृतक महिलाको टाउकोमा दाउरा र ढुङ्गाले हिर्काएर हत्या गरिएको हुनसक्ने…
कुटपिट घटनाका आरोपित गिरफ्तार
दोगडाकेदार गाँउपालिका-२ बडियाँकी २३ वर्षीया माधवी जोशीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति दिपेन्द्र जोशीलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले समयसमय कुटपिट गर्ने गरेको र पछिल्लो पटक चैत १० गते निर्घात कुटपिट गरको भन्दै पीडितले चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्…
महिला सुरक्षागृह प्रयोगविहीन बन्दा पीडित महिला समस्यामा
लाखौँ रकम खर्चेर तीन वर्षअघि बैतडीको सदरमुकाम गडीमा निर्माण भएको महिला सुरक्षा आवास गृह प्रयोगमा आउन नसक्दा हिंसा पीडित महिला समस्यामा परेका छन् । यसका साथै उक्त भवन पनि जीर्ण बन्दै गएको छ । हिंसामा परेका बेवारिसे महिलालाई सेवा दिन निर्माण भएको सुरक्षागृह आफैँ बेवारिसे अवस्थामा पुगेको छ । हिंसामा…
कुपोषणबाट एक बालिकाको मृत्यू
कुपोषणका कारण चौखाम-९ का मुना धामीकी पाँच वर्षीया छोरी विना धामीको मृत्यू भएको छ । । पाँच किलोमात्रै तौल भएकी विनाको समयमै उपचार नहुँदा माघ २४ गते मृत्यु भएको पीडितका आफन्त जनकसिंह धामीले बताए । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो । डडेल्धुराले…
शिक्षकको विवादले विद्यार्थीको पढाइ प्रभावित
पञ्चेश्वर गाविसको डुग्रीखान माविमा शिक्षकहरूको आपसी विवादका कारण लामो समयदेखि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । प्रधानाध्यापकले आफूखुसी विना प्रक्रिया शिक्षक भर्ना गरेको आरोपमा अख्तियारमा मुद्दा परेपछि सुरु भएको विवादले विद्यार्थीहरू मारमा परेका हुन् । अख्तियारमा मुद्दा परेपछि जिल्ला शिक्षा कार्यालयको पत्र अनुसार तीन जना अस्थायी शिक्षकलाई प्रधानाध्यापकले निकालेपछि बढेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी ३८ वर्षीया महिलालाई माघ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सलेना गाविस-२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्दलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बलात्कार गरेको आरोपमा चन्दविरुद्ध माघ १५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…