जातीय विभेद कायमै रहेको दलित अगुवाहरुको गुनासो
जिल्लास्थित मठ–मन्दिर र सर्वाजनिक स्थलमा अझै पनि जातीय विभेद कायमै रहेको दलित अगुवाहरुले गुनासो गर्नुभएको छ । १८ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा ०८१ जेठ २१ गते गोठालापानीमा आयोजित कार्यक्रममा उपस्थित दलित अगुवाहरुले उक्त गुनासो गर्नुभएको हो । मन्दिरमा छोइछिटोका साथै दलित समुदायका व्यक्तिलाई अपमानित शब्दले सम्बोधन…
स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा सेवाग्राही मर्कामा
डिलाशैनी गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामीहरुलाई समस्या भएको छ । स्वास्थ्य संस्थाहरुले उपलब्ध गराउनु पर्ने निःशुल्क औषधी अभाव हुँदा स्थानीय सेवाग्राहीहरुलाई समस्या भएको डिलाशैनी गाउँपालिका–१ का स्थानीय बिमला बोहराले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो– ‘स्वास्थ्य संस्थामा सामान्य सिटामोलको समेत अभाव छ । स्वास्थ्य संस्थामा आएका…
जिल्ला अस्पतालका चिकित्सक आन्दोलित, बिरामीलाई समस्या
जिल्ला अस्पताल, बैतडीमा कार्यरत चिकित्सकहरुले आकस्मिक बाहेकका सेवाहरु बन्द गरी आन्दोलन सुरु गरी यस क्षेत्रका सेवाग्राही तथा बिरामीहरु समस्यामा परेका छन् । ०८० साउन महिनादेखि अतिरिक्त सेवा तथा विदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरुलाई समस्या भएको हो । स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द…
खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती, रित्तो भाडाकुडा लिएर स्थानीय बिरोधमा
वर्षौँदेखि खानेपानीको समस्या व्यहोर्दै आएका दशरथचन्द नगरपालिका-२ देहिमाण्डौँका स्थानीयहरु खोनेपानीको व्यवस्थापनको माग राख्दै रित्तो गाग्रीसहित बिरोधमा उत्रिएका छन् । वषौँदेखि देहिमाण्डौँ बजार क्षेत्रमा खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरुले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षणका गर्न ०८१ वैशाख १४ गतेदेखि रितो गाग्रीसहित बिरोध गर्दै आउनुभएको छ । हरेक वर्ष पिउने पानीको…
बलात्कार गरी हत्या घटनाका आरोपित काका गिरफ्तार
१७ वर्षीया भतिजीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले पुचौँडी नगरपालिकाका ३० वर्षीय काकालाई ०८१ वैशाख ३ गते गिरफ्तार गरेको छ । डेढ वर्ष अघि भागेर विवाह गरेकी बालिका ०८० चैत २६ गतेदेखि सम्पर्क विहिन भएकी भन्दै माईती पक्षले प्रहरीमा निवेदन दएपछि घटनाको अनुसन्धान गर्दा बालिकाका काकाले नै बलात्कार गरी…
दलित समुदायलाई अपमानित हुने गरी राखिएका गाउँका नाम पाटन नगरपालिकाद्वारा परिवर्तन
पाटन नगरपालिका क्षेत्र भित्र वर्षोदेखि दलित समुदायलाई थप अपमानित हुने गरी राखिएका २३ ओटा गाउँहरुको नाम परिवर्तन गरिएको छ । पाटन नगरपालिका–५ का गणेश वडलाई कतै जाँदा आफ्नो गाउँको परिचय दिँदा अपमानित हुने डरले गाउँको परिचय नै लुकाउनु पर्ने बाध्यता थियो । तर, अहिले भने उहाँको गाउँको नाम सिर्जना टोल…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
डिलाशैनी गाउँपालिका–७ धामीगाउँकी ६२ वर्षीया पत्नी पार्वती धामीलाई ०८० चैत ८ गते कोदालोले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पति कृष्ण धामीलाई चैत ८ गते गिरफ्तार गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घर्यासी बिवादका कारण धामीले ५६ वर्षीया पत्नीको हत्या गरेका हुन् । आरोपित धामीले पत्नीलाई कोदालोले…
गड्देव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका डेढ वर्षदेखि चिसो ढुङ्गामा बसेर पढ्न बाध्य
पञ्चेश्वर गाउँपालिका–१ स्थित गड्देव आधारभूत विद्यालयको भवन निर्माण भएको डेढ वर्ष वितिसक्दा समेत भवन निर्माणका क्रममा भएको खर्च भुक्तानीको विवादका कारण डेढ वर्षदेखि विद्यार्थीहरु खुला चौरमा चिसो ढुङ्गामा बसेर बढ्न बाध्यभएका छन् । २०७९ साल साउन महिनामा निर्माण कार्य सम्पन्न भएको भवनको लागत अनुसारको भुक्तानी नदिएको भन्दै निर्माणको जिम्मा पाएका…
दलितबस्तीमा खानेपानीको समस्या
सिगास गाउँपालिकाको थला गाउँको दलितबस्तीमा खानेपानीको समस्या भएको छ । यहाँका २ सय ५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६ थलागाउँस्थित दलितबस्तीमा खानेपानी नहुँदा समस्या भएको स्थानीय नरेन्द्र विकले बताउनु भयो । हिउँदमा खोलाको पानी र वर्षा सुरु भएपछि आकासे पानी पिउनुपर्ने बाध्यता रहेको छ । साँझ,…
डिलाशैनी गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण
सामाजिक सुरक्षा भत्ता लिदै आउनुभएका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंक जान कठिनाई भएपछि डिलाशैनी गाउँपालिकाले गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले गाउँघरमै आएर भत्ता वितरण गर्न थालेपछि आफूहरुलाई सहज भएको स्थानीय लाभग्राही गगनसिंह बोहराले बताउनु भयो । उहाँले भन्नु भयो– ‘यस भन्दा अगाडि सामाजिक…