गैरदलितले खानेपानीबाट वञ्चित गरेको दलित समुदायको आरोप
दशरथचन्द नपा-११ सत्पालीका ४५ परिवार भएको दलित बस्तीमा गैरदलितले खानेपानी उपभोगबाट वञ्चित गरेको दलित समुदायले आरोप लगाएको छ । करीव ६ वर्षअगाडिदेखि सञ्चालनमा रहेको उक्त खानेपानीमा आफूहरूलाई विभेद गरिएको स्थानीयको आरोप लगाएका हुन् । 'घरको करेसाबाट खानेपानीको पाइप लगेर गैरदलित समुदायले पानी खाएका छन् । तर, हामीहरूलाई उक्त पानी उपभोग…
लामो समयदेखि अबरुद्ध एक्स-रे सेवा पुनः चालु
इन्सेक अनलाइनलगायत विभिन्न सञ्चार माध्याममा एक्स-रे सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेको समाचार प्रकाशन र प्रशारण भएपछि जिल्ला अस्पताल बैतडीले नयाँ एक्स-रे मेसिन ल्याएको छ । ०७३ कात्तिक ६ गते इन्सेक अनलाइनमा लामो समयसम्म एक्स-रे मेसिन नबनाउँदा बिरामी मारमा शीर्षकको समाचार प्रकाशन भएको थियो । विगत दुई महिनादेखि अबरुद्ध जिल्ला…
बैतडीका एक सय भन्दा बढी बालबालिकामा कुपोषण
बैतडीका ३ हजार ३ सय १५ जना बालबालिकामध्ये १ सय १४ जना बालबालिका कडा कुपोषण देखिएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूमा गरिएको सर्भेक्षण अनुसार उनीहरूमा कडा शीघ्र कुपोषण देखिएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम)का जिल्ला संयोजक प्रदिप पराजुलीले जानकारी दिए । पोषणको स्थिति जाँच गरिएका बालबालिकामध्ये…
बैतडीमा २२ हजार मेट्रिक टन खाद्यान्न अभाव
खाद्य असुरक्षित जिल्ला मध्येको एक बैतडीमा २२ हजार ४ सय २० मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको जनसङ्ख्या अनुसार ५० हजार ६ सय ७५ मेट्रिक टन खाद्यान्न आवश्यक भएपनि अहिले जिल्लामा २८ हजार २ सय ५४ मेट्रिक टन मात्रै खाद्यान्न उत्पादन हुने गरेको…
पारिवारिक बोझका कारण बालबालिका विद्यालय जानबाट वञ्चित
पारिवारिक बोझ र जनचेतनाको अभावका कारण जिल्लाका अधिकांश बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । बुवा रोजगारीका लागि घर बाहिर हुने र आमा काममा व्यस्त हुने भएकाले आफ्ना भाइबहिनीहरूको हेरचाह आफैले गर्नुपर्ने बाध्यताका कारण जिल्लाका २ सय १४ बालबालिका अझै विद्यालय जानबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालय, बैतडीका विद्यालय निरीक्षक…
लामो समयसम्म एक्सरे मेशिन नबनाउँदा बिरामी मारमा
डेढ महिना अगाडि बिग्रेके जिल्ला अस्पताल बैतडीको एक्सरे मेशिन अझै सम्म पनि मर्मत नहुँदा जिल्लाका बिरामीहरू मारमा परेका छन् । गत भदौ १६ गतेदेखि एक्सरे मेशिन बिग्रिएपछि जिल्ला अस्पतालमा एक्सरे सेवा प्रभावित हुँदा बिरामीहरू मारमा परेका हुन् । एक्सरेका लागि जिल्ला अस्पतालमा आएका बिरामीहरू अहिले महङ्गोमा भारतको पिथौरागढमा उपचार गराउन…
आठ दिनकी सुत्केरी मृत अवस्थामा फेला
आठ दिनको नाबालक छोरालाई छोडी बेपत्ता भएकी थलाकडा गाविस-८ की २० वर्षीय पार्वती धामी असोज २७ गते मृत फेला परेकी छन् । पीडित महिला असोज १६ गते घरैबाट बेपत्ता भएकोमा ११ दिनपछि घर नजिकैको झाडीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी बालनरसिंह राणाले बताए । उनी बेपत्ता भए…
इन्सेकद्वारा दलित समुदायको मानव अधिकार अवस्थाबारे अनुगमन
दसैँको समयमा विभिन्न क्षेत्रमा लाग्ने मेलामा दलित समुदायमाथि हुँदै आएको विभेदका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समक्ष अनुगमन गर्न दलित समुदायले गरेको आग्रह अनुसार इन्सेकले अनुगमन गरेको छ । निङ्गालाशैनि भगवती, मेलौली भगवती, उदयदेव भगवती र डिलाशैनि भगवतीको मन्दिरमा दलित समुदायले विगतदेखि विभेद खेप्दै आएको बारेमा इन्सेकले असोज २३,…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मेलौली गाविस–१ की ३२ वर्षीया कमला नायकको हत्या गरेको आरोपमा ३५ वर्षीय पति विजय नायकलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ । पीडित महिला असोज २१ गते झुण्डिएको अवस्थामा फेला परेपछि आत्माहत्या गरेको भनी प्रहरीलाई खबर गरेपनि कमलाका माइती पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला…
दलित समुदायको अधिकारको अवस्था अनुगमन गरिदिन इन्सेकसमक्ष अनुरोध
मल्लादेही गाविसका दलितहरूले उक्त क्षेत्रमा सिनो खान गैर दलितहरूले दबाब दिने गरेको भन्दै दलितहरूको मानव अधिकार अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई असोज २१ गते निवेदनमार्फत अनुरोध गरेका छन् । बडादसैँका अवसरमा उक्त क्षेत्रमा रहेको श्री डिलाशैनि भगवतीको मन्दिरमा राँगा बलि दिने चलन रहेको र गैर दलितहरूले…