बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत १२ गते बलात्कार गरी फरार भएका आरोपितलाई धनगढीबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेले बताउनु भयो । बालिकालाई बलात्कार गरेको…

२०८१ भाद्र २१, शुक्रबार १४:१८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई ०८१ साउन १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–२ गाँजरी स्वास्थ्य चौकीका प्रमुख जनसिंह धामीलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । पीडित महिलाले ०८१ भदौ २० गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेले बताउनु भयो…

२०८१ भाद्र २०, बिहीबार ११:२५ गते  
अपरिचित व्यक्तिहरुद्वारा टेलिकमको टावरमा तोडफोड

अपरिचित व्यक्तिहरुद्वारा सिगास गाउँपालिका– १ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको छ । स्थानीय गाजरी बजारबाट तीन घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको वडाध्यक्ष रामचन्द्र ऐरले बताउनु भयो । टावरमा राखिएको कृषी विकास बैंकको सर्भर उपकरण समेत तोडफोड गरिएको उहाँले बताउनु भयो । ०८१ भदौ १५ गतेबाट…

२०८१ भाद्र १९, बुधबार ११:२७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई ०८१ भदौ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका– ६ सेराका २१ वर्षीय प्रकाश महरलाई भदौ १६ गते गिरफ्तार गरेको छ । पीडित पक्षले भदौ १५ गते दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेले बताउनु भयो । पीडितको…

२०८१ भाद्र १७, सोमबार १२:०२ गते  
प्रसूती केन्द्र बन्द गरिएपछि सेवाग्राही समस्यामा

पञ्चेश्वर गाउँपालिका भित्र सञ्चालनमा रहेका चार ओटा प्रसूती केन्द्रहरु बन्द गरिएपछि स्थानीय सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ । पञ्चेश्वरको आम्चोरा, रोडीदेवल र वडा नम्बर १ मा रहेका चार ओटा प्रसूती केन्द्रहरु बन्द गरिएका हुन् । प्रसूती केन्द्रहरु बन्द भएपछि सुरक्षित सुत्केरी हुन अप्ठेरो पर्ने स्थानीय गम्भिर चन्दले बताउनु भयो । उहाँले…

२०८१ श्रावण ३०, बुधबार १६:४५ गते  
खानेपानीको अभाव हुँदा एक जर्किन पानी भर्न चार दिन पर्खिनु पर्ने बाध्यता

साउने झरीमा पनि मेलौली नगरपालिकाको–७ को काँडा बजारका स्थानीयलाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नु पर्ने बाध्यता छ । पालो कुरेर बसे पनि पानी भर्न पाउने–नपाउने टुङ्गो हुँदैन, पीडित स्थानीय भन्छन्, पालो आएन भने खोलातिर झर्नु पर्छ । खानेपानी नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि…

२०८१ श्रावण २८, सोमबार १२:०१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई ०८१ साउन १९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिका–१ स्थित भवानीश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द खडायतलाई ०८१ साउन २१ गते गिरफ्तार गरेको छ । पीडितले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर…

२०८१ श्रावण २२, मंगलवार १४:५४ गते  
खानेपानीको अभाव भएपछि बालबालिकाहरु पढाई छोडर पानीको जोह गर्न बाध्य

खानेपानीको धारा नहुँदा भितडा गाउँका अधिकांश बालबालिकाको पढ्ने समय पानी बोक्नमै बित्ने गरेको छ । बालबालिका मात्रै होइनन्, भितडा गाउँका जनप्रतिनिधि समेत बालबालिकासँगै खोलाबाट पानी बोकेर पिउँन बाध्य छन् । पुचौँडी नगरपालिका–४ भटनाको भितडा गाउँमा ३० घरपरिवार दलितको बसोबास छ । बालबालिकासँगै पानी भर्न खोलामा भेटिएकी बागमती चुनारा नगर कार्यपालिकाका सदस्य हुनुहुन्छ । खानेपानीको…

२०८१ असार ३१, सोमबार १६:४७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८१ असार १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ वर्षीय प्रेमसिंह भण्डारीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असार १२ गते दिनुभएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर…

२०८१ असार १३, बिहीबार १७:५३ गते  
हत्या घटनाका आरोपित पति गिरफ्तार

पाटन नगरपालिका–४ चिल्लेपानीका ६० वर्षीया सुना ऐरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीय पति प्रतापसिंह ऐरीलाई ०८१ जेठ ३० गते गिरफ्तार गरेको छ । पतिको कुटपिटबाट जेठ २९ गते गम्भिर घाइते हुनुभएकी पीडित महिलाको जिल्ला अस्पताल,डडेल्धुरामा उपचारका क्रममा जेठ ३० गते मृत्यु भएपछि घटनामा संलग्न पतिलाई गिरफ्तार गरी…

२०८१ जेष्ठ ३१, बिहीबार १२:४५ गते