हिंसा पीडित न्यायिक निकायसम्म पुग्नै समस्या !

हिंसापीडित महिलाहरू न्यायिक निकायसम्म पुग्न नसक्दा समाज र पारिवारबाट हिंसा सहेरै बस्नु परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डिसिएको आर्थिक सहयोगमा मङ्सिर ५ गते मार्तडीमा मानव अधिकार रक्षकको अवस्था र सवाल विषयक समीक्षा बैठकमा सहभागीहरूले यस्तो कुरा बताएका हुन् । दलित अधिकारकर्मी गोरख सार्कीले…

November 20, 2020  
मानव अधिकार रक्षकहरु जोखिममा रहेको निष्कर्ष

मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि पैरबी गर्ने रक्षकहरु नै जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् । डिसिएको आर्थिक सहयोगमा इन्सेक, बाजुराको आयोजनमा भदौ २६ गते सदरमुकाम मार्तडीमा आयोजना गरेको मानव अधिकार रक्षकहरुको सवलिकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उक्त निष्कर्ष निकालेका हुन् । जिल्ला…

September 11, 2020  
स्थानीयको आक्रमणबाट असईसहित तीन जना प्रहरी घाइते

त्रिबेणी नगरपालिका–४ तोलीका स्थानीयहरुले भदौ २२ गते राति गरेको आक्रमणबाट मौरे प्रहरी चौकीका असई रघुविर बडु,  प्रहरी हवल्दार नारदसिंह विष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका छन् । भदौ २२ गते राति त्रिबेणी नगरपालिका–४ तोलीका नरेन्द्र साउदले मदिरा सेवन गरी स्थानीय बजारमा  होहल्ला गरेको भन्दै प्रहरीलाई निवेदन दिएपछि आरोपितलाई…

September 10, 2020  
सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको ज्येष्ठ नागरिकको गुनासो

बुढीगंगा नगरपालिका वडा नम्बर ६, ७, ८, ९ र १० का स्थानीय जेष्ठ नागरिकहरुले आर्थिक वर्ष ०७६ / ०७७ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वन्चित भएको गुनासो गरेका छन् । बुढिगंगा नगरपालिका–८ का जेष्ठ नागरिक खम्म रावलले सामाजिक सुरक्षा भत्ताले जिविकोपार्जन गर्न सहज भएकोमा तेस्रो चौमासिक भत्ता नपाउँदा…

September 3, 2020  
खाद्य सङ्कट झेल्नु परेको स्थानीयहरुको गुनासो

जिल्लाको पूर्बी उत्तरी क्षेत्रका स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, जगन्ननाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयहरुले आफूहरुले खाद्य सङ्कट झेल्नु परेको गुनासो गरेका छन् । आफूहरुले उत्पादन गरेको अन्नबालीले चार महिना पनि खान नपुग्ने र खाद्य डिपोमा चामल नपाउने गरेकोले खाद्य सङ्कट झेल्नु परेको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय मानबहादुर रोकायाले गुनासो…

August 13, 2020  
अज्ञात पक्षद्वरा नगरपालिकाको कार्यालयमा आगजनी

बुढीगंगा नगरपालिकाको लेखा शाखामा साउन १० गते राति अज्ञात पक्ष द्वारा आगजनी गरिएको छ । अज्ञात पक्षले कार्यालयको झ्याल फोडी लेखा शाखामा प्रवेश गरी पेट्रोल छर्कीएर आगजनी गरी कागज–पत्र नष्ट गरिएको नगरपालिकाका प्रमुख दिपकबिक्रम शाहले इन्सेक प्रतिनिधिसँगको फोनबाट बताउनु भयो । नगरपालिकाको कार्यालयमा अज्ञात पक्ष द्वारा आगजनी गरेको जानकारी प्राप्त…

July 26, 2020  
छोरीलाई बलात्कार गरेको आरोपमा बुबा गिरफ्तार

बुढिगंगा नगरपालिकाकी १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय बुबालाई साउन १० गते गिरफ्तार गरेको छ । आमा भैसी लिएर घरबाट खर्क गएपछि बुबाले आफूलाई बलात्कार गरेको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताइन् । उनले भनिन्–‘बलात्कारपछि रक्तश्राव भयो । कसैलाई घटनाका बारेमा जानकारी गराए मारी दिने बुबाले धम्की…

July 26, 2020  
खोलाको पानी खान बाध्य भएको स्थानीयहरूको गुनासो

अविरल वर्षाका कारण गएको पहिरोका कारण खानेपानीका मुहान र पाईपहरू बगाएपछि बिगत एक हप्तादेखि खोलाको पानी खान बाध्य भएको बडिमालिका नगरपालिका वडा नम्बर १, २ र ३ का स्थानीयहरूले गुनासो गरेका छन् । खानेपानीका मुहान र पाईपहरू पहिरोले बगाएपछि बडिमालिका नगरपालिकाका वडा नम्बर २ र ३ का बजेडी, नडाग, मुसी,…

July 24, 2020  
कुहिएको चामल खानु परेको क्वारेन्टाइनमा बस्दै आएकाहरूको गुनासो

बुढीगंगा नगरपालिका – ९ स्थित त्रिशक्ती माविको क्वारेनटाइनमा रहेका व्यक्तिहरूले कुहिएको चामल खानु परेको गुनासो गरेका छन् । चामलको बोरामा उत्पादन मिति सन् २०१७ फेब्रोरी लेखिएको र उक्त चामल एक वर्षसम्म खान मिल्ने भएपनि आफूहरूलाई म्याद सकिएको चामल दिइदै आएको क्वारेन्टाइनमा बस्दै आएका शिक्षक हिरेन्द्र कुँवरले बताउनु भयो । उहाँले…

April 30, 2020  
राहत स्वरूप बाँडिएको चामल कुहिएको पाएपछि स्थानीयद्वारा फिर्ता

बडिमालिका नगरपालिकाले खाद्य संस्थानबाट खरिद गरी चैत २९ गते आफूहरूलाई राहत स्वरुप वितरण गरेको चामल कुहिएको अवस्थामा रहेको स्थानीयले आरोप लगाएका छन् । बडिमालिका नगरपालिकाले राहत स्वरुप वितरण गरेको चामल कुहिएको सोही नपा-४ का स्थानीय नरेन्द्र नाथले आरोप लगाउनु भयो । नगरपालिकाले आफ्नो टोलमा ६ बोरा चामल वितरण गरेको र…

April 12, 2020