खाद्य सङ्कटका कारण स्थानीय समस्यामा

हिमाली गाउँपालिकामा खाद्य सङ्कट उत्पन्न भएपछि आफूहरु समस्यामा परेको यस क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले चामल ढुवानी गर्ने सम्झौता गरेको वर्ष दिन बितिसक्दा पनि अनुदानको चामल ढुवानी नभएपछि यस क्षेत्रका स्थानीय समस्यामा परेका हुन् । चामल ढुवानीको जिम्मेवारी पाएका ठेकेदारहरुको लापर्वाहीका कारण हिमाली…

July 15, 2021  
पेट्रोल छर्किएर आगो लगाउँदा बालिका घाइते घटनाका फरार आरोपित गिरफ्तार

त्रिवेणी नगरपालिका–९ मलालगाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि पेट्रोल छर्किएर आगो लगाई फरार रहेको आरोपमा प्रहरीले सोही नगरपालिका–८ का १६ वर्षीय सुमन गिरी र १६ वर्षीय शिखर थापालाई वैशाख २२ गते राती गिरफ्तार गरेको छ । वैशाख १९ गते गाउँमा विवाह हेर्न गएको समयमा बालिकाको शरीरमा पेट्रोल छर्किएर आगो लगाई…

May 5, 2021  
पेट्रोल छर्किएर आगो लगाउँदा घाइते भएकी बालिकाको उपचार हुँदै

त्रिवेणी नगरपालिका–९ मलालगाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि वैशाख १९ गते राती सोही नगरपालिका–८ कालापानीका सुमन गिरी लगायत अन्य तीन जनाले पेट्रोल छर्किएर आगो लगाउँदा बालिका घाइते भएकी छिन् । त्रिवेणी नगरपालिका–८ का सुमन गिरी लगायतका अन्य तीन जनाले बालिकाको शरीरमा पेट्रोल छर्किएर आगो लगाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय,…

May 4, 2021  
पाँच महिनादेखि वडाध्यक्ष विहिन हुँदा स्थानीयलाई सास्ती

जगन्नाथ गाउँपालिका–४ का वडाध्यक्ष पवनबहादुर भण्डारी पाँच महिनादेखि वडा कार्यालयमा नआएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती भोग्नु परेको छ । परिवार भेटघाट गर्ने भनेर गत मङ्सिर महिनामा कैलाली जिल्ला गएका वडाध्यक्ष भण्डारी नफर्किएपछि जन्म दर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिस लगायतका सेवा लिन सेवाग्राहीले सास्ती भोग्नु परेको हो । वडाध्यक्ष भण्डारी पाँच…

March 25, 2021  
स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा नहुँदा स्थानीय समस्यामा

बाजुरा जिल्लाको पुर्वी उत्तरी क्षेत्रका चार स्थानीय तह तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तहका स्थानीयहरुलाई सेवा दिदै आएको कोल्टी प्राथमिक सेवा केन्द्र, कोल्टीमा आकस्मिक प्रसूति सेवा नहुँदा सो क्षेत्रका स्थानीयहरुलाई समस्या भएको छ । हिमाली गाउँपालिका–१ की २७ वर्षीया पन्चकला रोकायालाई सुत्केरी बेथा लागेपछि आफन्तले फागुन…

March 15, 2021  
यौन दुर्व्यवहार घटनाका फरार कसुरदार गिरफ्तार

यौन दुर्व्यवहार घटनाका फरार कसुरदार बुढीनन्दा नगरपालिका–५ का ३० वर्षीय दीपक शाहीलाई माघ ४ गते जिल्ला प्रहरी कार्यालय, बाजुराले चार वर्षपछि  गिरफ्तार गरेको छ । यौन दुर्व्यवहार गरेको कसुरमा ०७४ वैशाख ५ गते जिल्ला अदालत, बाजुराले तीन वर्ष कैद सजाएको फैसला सुनाएपछि  फरार रहेका कसुरदार शाहीलाई ०७७ माघ ४ गते…

January 19, 2021  
बलात्कार घटनाका अरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई पुस १६ गते राति बलात्कार गरेको आरोपमा बुढीगंगा नगरपालिका–७ खारेखेतका ४३ वर्षीय भरतराज गिरीलाई पुस १९ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ । घरमा एक्लै भएको मौका छोपी आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका…

January 4, 2021  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्वसमीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाजुराको आयोजना नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्वसमीक्षा गोष्ठी मङसिर २५ गते जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । पूर्वसमीक्षा गोष्ठीमा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले सन् २०२० जनवरीदखि डिसेम्बर १० सम्म सङ्कलन गरेका ४० ओटा घरेलु हिंसा, ६ ओटा बलात्कार, चार…

December 10, 2020  
प्रतिबन्धित नेकपाका जिल्ला कमिटी सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाजुराका जिल्ला सदस्य ४५ वर्षीय अङ्गराज भण्डारी (अटल) लाई मङ्सिर ७ गते बिहान प्रहरीले गिरफ्तार गरेको छ । भण्डारीलालाई जगन्नाथ गाउँपालिका–४ नाराकोटस्थित उनकै घरबाट जुड्डी प्रहरी चौकीबाट सई बिरसिंह ठगुन्नाको कमाण्डमा गएको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजीत महराले जानकारी…

November 22, 2020  
आर्थिक अभावमा रोग पाल्दै शान्ति, सहायताको याचना !

बडिमालिका नगरपालिका–९ की शान्ति चदाराले पैसा नहुँदा रोग पाल्न बाध्य भएको बताउनु भयो । चार वर्षदेखि पाठेघरमा समस्या भएकी शान्तिको अवस्था जटिल बन्दै आएको उहाँको आफ्नै अनुभव छ । जिल्ला अस्पताल बाजुराले उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको भएपनि आर्थिक अभावका कारण रोग पालेर घरैमा बसिएको शान्तिका पति करन…

November 22, 2020