मतदान केन्द्र टाढा हुँदा दुई वटा गाँउका मतदातालाई समस्या

हिमाली गाउँपालिका-३ गुम्बाका स्थानीयवासीहरूले विगतदेखि नै भोट दिनबाट समस्या भोग्दै आएका छन् । सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका-३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न मात्र तीन दिन हिँड्नु पर्ने स्थानीयले गुनासो गरेका छन् । साविक विच्छाया गाविसका लाम्पाटा र गुम्बा गाउँमा २६ घरपरिवार बसोबास गर्दै आएका…

April 26, 2017  
बाजुरामा दलित आयोग विधेयकमाथि सुझाव सङ्कलन

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले तयार पारेको राष्ट्रिय दलित आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७३ बारे बाजुरामा पुगेको एक टोलीले  सुझाव सङ्कलन गरेको छ । व्यवस्थापिका संसदका ६ जना सांसदको सहभागिता रहकेा टोलीले माघ २५ गते सदरमुकाम मार्तडीमा स्थानीय स्तरमा कार्यरत राजनीतिक दल र अन्य सरोकारवालासँग सुझाव…

February 8, 2017  
छात्रामैत्री शौचालय नहुँदा छात्राहरु महिनाको चार/पाँच दिन अनुपस्थित

बाजुराको त्रिशक्ति उच्च माविमा शौचालय व्यवस्थित नहुँदा र छाउपडी कूप्रथाका कारण महिनावारीको समयमा छात्राहरू हरेक महिना चार/पाँच दिन गयल हुने गरेका छन् । महिनावारी भएको समयमा विद्यालयमा प्याड व्यवस्थापन र शौचालयमा पानीको व्यवस्था नहुँदा गहल हुनुपर्ने बाध्यता रहेको त्रिशक्ति उच्च मावि कक्षा दशमा अध्ययनरत छात्रा माया रावलले बताइन् । 'महिनावारी…

February 7, 2017  
पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

पाण्डुसैन-३ की ३० वर्षीया ज्ञानु जोशी रोकायालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति जनकबहादुर रोकायालाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १७ गते कुटपिट गरी बाँया हात भाँचिएको र दुवै आँखामा चोट लागेको भन्दै पीडित महिलाले पुस २० गते जिल्ला प्रहरी…

January 5, 2017  
बाजुरामा ७ सय ८५ जना बालबालिकामा कुपोषण 

जिल्ला स्वास्थ्य कार्यलय बाजुराको तथ्याङ्क अनुसार जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको छ । दुई महिनाको अवधिमा गरिएको नापतौलको सर्वेक्षणले यस्तो देखाएको हो । जम्मा ४ हजार ३ सय ६८ जना बालबालिकाको नाप तौल गर्दा जिल्ला भरी कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका…

December 13, 2016  
जिल्ला स्वास्थ्य कार्यलयमा औषधिको चरम अभाव

जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा औषधिको चरम अभाव भएको छ । बडिमालिका नगरपालिका-१२ की होईजाली विक छोराको उपचारको लागि जिल्ला स्वास्थ्य कायलय पुगिन । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निशुल्क दिनु पर्ने ७२ प्रकारका औषधि भित्र होईजालीका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि हो तर उनले बजार बाटै किन्नु परेको बताइन् ।…

December 12, 2016  
साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार

परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना मध्ये पाँच जना जन्मैदेखि पूर्ण अपाङ्ग छन् । सिउमल र उनकी पत्नी माता कान सुन्दैनन् र बोल्न पनि सक्दैनन् । २० वर्षीय जेठो छोरा विरबहादुर, माइली छोरी अञ्जना र कान्छो…

November 20, 2016  
बाजुराका बालबालिकाले सुन्तला बेच्दै मनाए बालदिवस

जुगाडा-२ का सन्देश गुयाल आइतबार विहान साँढे १० नबज्दै मार्तडी पुगे । दुई घण्टा बढीको पैदल दुरी हिँडेर गुयाल सुन्तलाको भारी सहित मार्तडी पुगेका हुन् । गुयाल बडिमालिका नगरपालिका स्थित सत्यवादी मावि भौनेरामा कक्षा-४ मा अध्यान गरिरहेको बताए । अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा विद्यालयमा पढाइ नहुने थाहा पाएपछि सुन्तला विक्रीका…

November 20, 2016  
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि अभाव

बाजुराका स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव भएको छ । पहिलो चौमासिकमा अउनु पर्ने औषधिसमेत नआउँदा समस्या भएको हो । स्वास्थ्य चौकीबाट पाइने निशुल्क औषधिको लागि बिरमीहरूलाई मेडिकलमा पठाउनु पर्ने भएको कोटीला स्वास्थ्य चौकीका इञ्चार्ज जसीराम शाहानीले बताए । उनले स्वास्थ्य चौकीमा समान्य जीङ्क चक्की, जीवनजल, सलाईन, स्टेचरलगायतका औषधि नभएको बताए…

September 15, 2016  
शैक्षिक सत्र सुरु भएको आधा समय बित्दा पनि पाठ्यपुस्तक अभाव

शैक्षिक वर्षशुरु भएको पाँच महिना बितिसक्दा सम्म पनि बाजुराका विद्यार्थीहरूले पाठ्यपुस्तक पाएका छैनन् । बाजुरामा पाठ्यपुस्तकको समस्या वर्षेनी हुँदै आएको छ । तर, यो वर्ष बाजुराका विद्यालयले जिल्ला शिक्षा कार्यलयमा पाठ्यपुस्तक पाइसकेको वील बुझाएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । विद्यार्थीहरूले भने पाठ्यपुस्तक नपुगेको प्रतिक्रिया दिएका छन् । केाल्टी स्थित…

September 9, 2016