कुडीकोट आधारभूत विद्यालय बन्द हुँदा पठनपाठनमा समस्या
बुढीगङ्गा नपा-१ माथिल्लो कुडीमा रहेको कुडीकोट आधारभूत विद्यालय ६ दिनदेखि बन्द भएपछि विद्यार्थीहरूको पठनपाठनमा समस्यामा भएको छ । भदौ १ गते रातिदेखी आएको अविरल वर्षाका कारण गाउँ नै विस्थापित भई विद्यालयमा बस्न थालेपछि विद्यालयको पठनपाठन बन्द भएको हो । अविरल वर्षाका कारण गाउँमा पहिरो आएपछि गाउँका १ सय ४८ घर…
अस्पतालमा कर्मचारीको बेवास्ताका कारण बिरामी मारमा
बाजुरा जिल्ला अस्पताल मार्तडीमा कर्मचारीको बेवास्ताका कारण बिरामी मारमा परेका छन् । अस्पतालमा दैनिक १५ जनाभन्दा बढी बिरामी भर्ना हुने गरेको भएपनि बिरामीको हेरचाह गर्ने र राति स्वास्थ्यकर्मी कार्यक्षेत्रमा नजाने गरेकोले बिरामीहरू समस्यामा पर्दै आएको बिरामीले आरोप लगाएका छन् । डक्टरले साँझ एकपटक मात्रै बिरामीलाई चेकजाँच गर्ने र त्यो समय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका-६ का २५ वर्षीय मीन मिजारलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तले जेठ २८ गते प्रहरीमा उजुरी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २८ गते जिल्ला स्वास्थ्य कार्यलय…
राजनीतिक द्वन्द्वले गाउँ नै आतङ्कित, विकास निर्माणका काम ठप्प
गौमुल गाउँपालिका अन्तर्गत रहेका ४ र ५ नम्बर वडा विगत चार वर्षदेखि राजनीतिक द्वन्द्वमा परिणत भएको छ । काङ्ग्रेस र एमाले कार्यकर्ताहरूबिच उत्पन्न विवादका कारण गौमुल गाउँपालिकाका ४ र ५ नम्बर वडामा द्वन्द्व उत्पन्न भएपछि यहाँका बासिन्दा आतङ्कित बन्दै आएका छन् । '०७० सालको चुनाव अगाडि सो क्षेत्रमा शान्ति थियो…
तोली स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र सिटामोलसमेत छैन
त्रिवेणी नगरपालिकास्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त भएको राससले जनाएको छ । स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा संस्थाले दिने सेवा अस्तव्यस्त अवस्थामा पुगेको स्थानीयवासीले गुनासो गरेका हुन् । सात जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा एकजना अनमी देवकी गौमतमात्र कार्यरत रहेकी छन् । स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी कोही बिदामा र कोही…
वडा कार्यालय सचिवविहीन, स्थानीयका कामकाज ठप्प
बाजुराका स्थानीय तहहरूमा पर्याप्त कार्मचारी नहुँदा दैनिक काम काजमा गर्नमा समस्या भएको स्थानीयहरूको गुनासो रहेको छ । चार नगरपालिका र पाँच गाउँपालिकामा गरी ६९ ओटा वडाहरू रहेका छन् । वडा सचिव तथा अन्य कर्मचारी नहुँदा स्थानीयहरूको काममा समस्या भएको हो । वडा सचिव नहुँदा जन्म, मृत्यू, विवाह दर्ता जस्ता काम…
महिनावारी हुँदा विद्यालय जानबाट छात्राहरू वञ्चित
गौमुल गाउँपालिका-४ मानाकोटमा रहेको किर्तिचौर माविका २ सय ५० छात्राहरू मध्ये ५० जना छात्राहरू विद्यालय जानबाट वञ्चित हुँदै आएका छन् । महिनावारी भएको समयमा विद्यालय जान नहुने भन्ने अन्धविश्वासका कारण उनीहरू वर्षको करिब ६० दिन पठनपाठनबाट वञ्चित हुनु परेको हो । अशिक्षा अन्धविश्वासका साथै धार्मिक मान्यताले पढाइबाट वञ्चित हुनुपरेको किर्तिचौर…
इन्सेकको पहलमा सपना वादीले पाइन् नगरिकता
बुढीगङ्गा नगरपालिका-७ की ७१ वर्षीया सपना वादीले इन्सेकको पहलमा वैशाख १४ गते नेपाली नगरिकता पाएकी छन् । तीन वर्षअगाडि पतिको मृत्यु भएपछि नागरिकता अभावमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुँदै आएकी वादीले इन्सेकको सहयोगमा नागरिकता पाएकी हुन् । अर्काको छाप्रोमा बस्दै आएकी सपनाको परिवारको जग्गा जमीन पनि छैन । नेपाल पत्रकार…
इन्सेकको पहलमा बहुविवाहका अरोपितविरूद्ध उजुरी
बुढीनन्दा नगरपालिका-८ की २० वर्षीया नविना कठायतले आफू हुँदाहुँदै २२ वर्षीय पति प्रेम कठायतले अर्को विवाह गरेको आरोपमा इन्सेक जिल्ला प्रतिनिधिको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा वैशाख १४ गते उजुरी दिएकी छन् । आरोपितले ०७४ पुस महिनामा बडिमालिका नगरपालिका-१ की नन्दा महतसँग अर्को विवाह गरेको र आफूलाई खान लाउनसमेत नदिएको आरोपमा…
बाजुरा कारागार जीर्ण भएकाले सुरक्षामा चुनौती
बाजुरा जिल्लाको 'ङ' श्रेणीको कारागारमा जीर्ण हुँदा सुरक्षा चुनौती थपिनुका साथै कैदी बन्दीहरूलाई व्यवस्थापनमा समस्या भएको छ । २०३९ सालमा निर्माण गरिएको बाजुरा कारागार पुरानो भएर चुईने भएको छ । वर्षात सुरू भएसँगै यस्तो समस्या हुने भएको छ । २५ जना क्षमता भएको कैदीबन्दी गृहमा हाल ३१ जना कैदीबन्दी रहेका…