इन्सेकको पहलमा बहुविवाहका अरोपितविरूद्ध उजुरी

बुढीनन्दा नगरपालिका-८ की २० वर्षीया नविना कठायतले आफू हुँदाहुँदै २२ वर्षीय पति प्रेम कठायतले अर्को विवाह गरेको आरोपमा इन्सेक जिल्ला प्रतिनिधिको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा वैशाख १४ गते उजुरी दिएकी छन् । आरोपितले ०७४ पुस महिनामा बडिमालिका नगरपालिका-१ की नन्दा महतसँग अर्को विवाह गरेको र आफूलाई खान लाउनसमेत नदिएको आरोपमा…

April 27, 2018  
बाजुरा कारागार जीर्ण भएकाले सुरक्षामा चुनौती

बाजुरा जिल्लाको 'ङ' श्रेणीको कारागारमा जीर्ण हुँदा सुरक्षा चुनौती थपिनुका साथै कैदी बन्दीहरूलाई व्यवस्थापनमा समस्या भएको छ । २०३९ सालमा  निर्माण गरिएको बाजुरा कारागार पुरानो भएर चुईने भएको छ । वर्षात सुरू भएसँगै यस्तो समस्या हुने भएको छ । २५ जना क्षमता भएको कैदीबन्दी गृहमा हाल ३१ जना कैदीबन्दी रहेका…

April 27, 2018  
कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन, बिरामी समस्यामा

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र विगत तीन हप्तादेखि चिकित्सकविहीन बनेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डक्टर बिजयकुमार शाह र डक्टर सत्य शाही विदा, तालिम र कागजमा बाहिर गएपछि चिकित्कसविहीन भएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र हाल अहेब लोकेन्द्रप्रसाद जैशीको भरमा सञ्चालन हुँदै आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख…

April 23, 2018  
श्रमिकले ज्याला माग्दा वडा अध्यक्षद्वारा कुटपिट

जगन्नाथ गाउँपालिका-६ का वडा अध्यक्ष कटकबहादुर विष्टले काम गरेको ज्याला माग्दा सोही वडाका मनबहादुर विष्टलाई चैत १३ गते निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी हरिबहादुर ओलीले जानकारी दिएका छन् । भुकाखोला विद्युत आयोजनामा काम गरेको ज्याला माग्दा आफूलाई गाई गोठमा लगेर हातगोडा बाँधेर कुटेको पीडित मनबहादुर विष्टले बताएका…

March 29, 2018  
विद्यालयको भवन जीर्ण, घामपानीबाट जोगिन धौधौ !

हिमाली गाउँपालिकामा रहेको भवानी प्रस्तावित निम्न माध्यामिक विद्यालयको भवन जीर्ण भएपछि पठनपाठनमा समस्या भएको छ । २०२६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण भएको हो । भवन पुरानो भएर चुहिने भएपछि विद्यार्थीहरू आउनै छाडेको विद्यलय व्यवस्थापन समितिका सदस्य मङ्गल शाहीले बताए । भवनको लागि जिल्लाका विभिन्न निकायसँग माग गर्दा पनि…

March 14, 2018  
राज्यको पहुँच नपुगेको गुम्बागाउँ

सदरमुकाम मार्तडीबाट ६० कोष टाढा अर्थात पैदल चार दिनको यात्रामा पर्ने बिच्छँयाको गुम्बागाउँ राज्यको नजरबाट टाढा छ । यो ठाउँमा राज्यको कुनै निकाय पुगेको छ न त कुनै सङ्घ संस्थाका प्रतिनिधि पुग्छन् । गुम्बागाउँ साविकको बिच्छँया-१ र हाल हिमाली गाउँपालिका-३ मा पर्दछ । मार्तडीबाट एक दिनमा कोल्टी, दोस्रो दिनमा कवाडी,…

February 21, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढिगङ्गा नपा-७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय शुनिल विकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय बाजुरामा फागुन ५ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको पीडित बालिकाका अभिभावकले न्यायको लागी जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको बताएका…

February 18, 2018  
बाजुरा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव, कार्यालय सहयोगीले गर्छन एक्सरे

जिल्ला अस्पताल बाजुरामा स्वास्थ्यकर्मीको अभाव रहेकाले कार्यालय सहयोगीले १५ दिनदेखि बिरामीको एक्सरे गर्ने गरेका छन् । एक्सरे गर्ने कर्मचारी घर बिदामा गएपछि कार्यालय सहयोगीले दिल विष्टले एक्सरे मेशिन सञ्चाल गर्दै आएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत रेडियोग्राफर बोलराज आचार्य घर बिदामा गएपछि कार्यालय सहयोगी विष्टले मेशिन चलाउने गरेका हुन्…

January 12, 2018  
अज्ञात समूहद्वारा ढुङ्गामुढा प्रहार, नेपाली काङ्ग्रेसका पाँच जना कार्यकर्ता घाइते

अज्ञात समूहको आक्रमणबाट नेपाली काङ्ग्रेसका पाँच जना कार्यकर्ता घाइते भएका छन् । बुढीगङ्गा नगरपालिका-१ डुग्रीमा ७ गते राति १० बजे भएको आक्रमणबाट काङ्ग्रेसका कार्यकर्ता अम्मर थापा, कृष्ण थापा, ललित थापा, गौरे सनाई र मदन नेपाली घाइते भएका हुन् । घाइतेहरूको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ । घाइतेको टाउकोमा चोट…

November 24, 2017  
अज्ञात समूहद्वारा सहायक मतदान अधिकृत बाटोमै कुटिए

निर्वाचन गराउनका लागि बुढीनन्दा नगरपालिका-५ मा रहेको नन्देश्वरी मावि कोटिलाको मतदान केन्द्र जाँदै गर्दा सहायक मतदान अधिकृत मङ्सिर ६ गते अज्ञात समूहद्वारा बाटोमै कुटिएका छन् । अज्ञात समूहले सिराहा जिल्ला घर भई हाल विच्छ्या माविमा शिक्षण गराउँदै आएका विन्देश्वरप्रसाद यादवलाई कुटपिट गरेको हो । यादवलाई मङ्सिर ६ गते दिउँसो बडिमालिका…

November 23, 2017