पुनर्स्थापनाको अभावमा कष्टकर जिवन जीउन बाध्य भूकम्प पीडितहरु

भूकम्पका कारण घरवार बिहिनभएका पीडित परिवारहरुको पुनर्स्थापना हुन नसक्दा कष्टकर जिवन जीउन बाध्यभएका छन् । खप्तड छेडेदह गाउँपालिका–५ का ६५ वर्षीय साउने सार्कीको परिवार पाल र टिनको अस्थायी टहरामा बस्न थालेको एक वर्ष भयो । २०८० असोज १६ गते आएको भूकम्पले चिराचिरा भएको घरमा बस्नै नमिल्ने भएपछि सार्की परिवार घरबार…

२०८१ भाद्र ३१, सोमबार ११:२३ गते  
जिल्ला अस्पतालमा औषधी अभाव हुँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल, बाजुरामा औषधी अभाव भएपछि सेवाग्राहीलाई समस्या भएको छ । नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउदै आएको औषधी अभाव भएपछि सेवाग्राहीहरु मर्कामा परेको जिल्ला अस्पताल, बाजुराका सूचना अधिकारी नृप गिरीले बताउनु भयो । जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधी अभाव भएपछि बिरामीले निजी मेडिकलबाट महँगाे मूल्यमा औषधी किनेर खानु पर्ने…

२०८१ भाद्र १७, सोमबार १३:०७ गते  
जिल्ला अदालतमा दुई महिनादेखि न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित

जिल्ला अदालत, बाजुरामा विगत दुई महिनादेखि न्यायाधीश नहुँदा जिल्लाको समग्र न्यायसम्पादन प्रभावित हुँदो आएको छ ।  अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ विदामा बसेपछि  जिल्ला अदालत, बाजुराको न्यायसम्पादन प्रभावित भएको हो । जिल्ला अदालत, बाजुरामा १ जना न्यायाधीशको दरबन्दी रहेको छ । दरबन्दी अनुसार कार्यरत न्यायाधीश श्रेष्ठ ०८१ असार पहिलो सातादेखि…

२०८१ भाद्र ४, मंगलवार १५:५९ गते  
तीन महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा सर्वसाधारण मर्कामा

साफे मार्तडी सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो जाँदा अबरुद्ध भएको खडक खण्ड तीन महिनादेखि सञ्चालनमा नल्याइदा सर्वसाधारणहरुले सास्ती खेप्नुपरेको छ । ०८१ जेठ महिनादेखि उक्त सडक अवरुद्ध हुँदा नागरिकलाई अवतजावतमा समस्या हुनुको साथै असक्त, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतिहरुले थप सास्ती खेप्नुपरेको हो । जिल्लीमा पहिराेले सडक अवरुद्ध…

२०८१ श्रावण ३२, शुक्रबार १७:२५ गते  
आर्थिक अभावका कारण शिक्षा, स्वास्थ्य उपचार र गाँसबाट वञ्चित एक दलित परिवार !

आगोले जलेर पीडित हुनुभएकी जगन्नाथ गाउँपालिका–६ तल्लोकाप्रीकी ४० वर्षीया सुर्पना दमाईको परिवारहरु आर्थिक अभावका कारण बिचल्लीमा परेका छन् । एक वर्ष पहिला आगोले जलेर सुर्पनालाई सहयोगी निकायको सहयोगमा काठमाडौँमा उपचार भएको थियो । उपचारपछि घर फिर्ता हुनुभएको सुर्पना आर्थिक अभावका कारण थप उपचारका लागि अस्पताल जान सक्नुभएको छैन् । आर्थिक…

२०८१ श्रावण ३२, शुक्रबार १६:४२ गते  
भत्किएको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

वर्षातका कारण भत्तिएको खप्तड छेडेदह–६ मैमातोलास्थित श्री ब्रमदेव आधारभूत विद्यालयको भवन मर्मत सम्भार नहुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदैआएको छ । भत्किएको विद्यालय भवनको मर्मतसम्भार नहुँदा विद्यालय नै बन्द गर्नु पर्ने बाध्यता सृजनाभएको विद्यालयका प्रधानाध्यापक रमेश नाथले गुनासो गर्नु भयो । एक कक्षादेखि कक्षा आठसम्म सञ्चालनमा रहेको ब्रहमदेव आधारभूत विद्यालयको दुई…

२०८१ असार ३०, आईतवार १९:३५ गते  
जिल्लामा शिशु मृत्युदर बढ्दो, दुई वर्षमा २० जना शिशुको मृत्यु

जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाजुराको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७ / ०७८ र ०७८ / ०७९ भन्दा पछिल्लो आर्थिक वर्ष २०७९ / ०८० र…

२०८१ असार ३०, आईतवार १९:०६ गते  
पोलियो रोग विरुद्धको खोप पाउनबाट बालबालिका वञ्चित

पोलियो रोग विरुद्धको आइपिभी खोप अभाव भएपछि जिल्लास्थित बिभिन्न स्थानीय तहमा बालबालिकाहरु खोप पाउनबाट वञ्चित भएका छन् । यस वर्ष आइपिभी खोप लगाइने ७ हजार ३ सय १९ जना बालबालिका मध्ये ६ सय ९४ बालबालिकाकाहरु खोप पाउनबाट वञ्चित भएका हुन् । आइपिभी खोप अभियान जेठ १३ गतेदेखि सञ्चानल गरिएको र…

२०८१ जेष्ठ ३१, बिहीबार १७:०३ गते  
कोल्टी बजारमा खानेपानी अभाव, स्थानीय आन्दोलित

बुढीनन्दा नगरपालिकाको कोल्टी बजारमा खानेपानीको हाहार भएपछि स्थानीयबासी आन्दोलित भएका छन् । वर्षौदेखि समस्य झेल्दै आएका कोल्टीबासीले एक महिनादेखि धारामा पानी नआएको भन्दै ०८१ जेठ २१ गते रित्ता भाँडाहरु, गाग्री र  ड्रम बजाउदै नाराजुलुस सहित नगरपालिका घेराउ गरका छन् । कोल्टी बजार क्षेत्रका नागरिकले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएको कोल्टी…

२०८१ जेष्ठ २२, मंगलवार १२:१३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोलीलाई ०८१ जेठ ११ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै जेठ १० गते पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी दिलिपकुमार गिरीले बताउनु भयो । पीडित…

२०८१ जेष्ठ १२, शनिबार १६:५८ गते