झडपमा मतगणना प्रतिनिधिसहित तीन जना घाइते
छविस पाथिभेर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच असार १५ गते दिउँसो झडप भएको छ । झडपमा मतगणना प्रतिनिधिसहित तीन जना घाइते भएका छन् भने माओवादी केन्द्रका ६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते मध्ये वडा नं ५ का मतगणना प्रतिनिधि एवम् अनेरास्वियुका केन्द्रिय सम्पर्क विभागका…
बझाङको सुनकुडामा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप
विथ्थड चिर गाउँपालिका अन्तर्गतको सुनकुडामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा दुवै पक्षका २० जना भन्दा बढी घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगजनी गरिएको छ । सुनकुडा क्याम्पसमा नेपाली काङ्ग्रेसको चुनावी सभा भइरहेको बेला एमालेको मोटरसाइकल र्याली पुगेपछि दुई पक्षबिच झडप भएको जनाइएको छ ।…
यार्सा सङ्कलनले गर्दा अधिकांश विद्यालय बन्द
जिल्लाको उत्तरी भेगका विद्यालय एक महिनादेखि बन्द गरिएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर गएपछि विद्यालय बन्द गरिएका हुन् । उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय वैशाख पहिलो हप्तादेखि बन्द गरिएका हुन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको काँडा…
बझाङका चार गाविसमा भोकमरी
मेलविसौना गाविसमा रहेको खाद्य डिपोमा चामल सकिएको दुई महिना नाघेका कारण यहाँका चार ओटा गाविस रिलु, काँडा, धमेना र मेलविसौनामा भोकमरीको सङ्कट पर्ने भएको छ । खाद्य संस्थानले मेलविसौना खाद्य डिपोमा चामल नपठाउँदा चामल किन्न आएका सर्वसाधारणहरू रित्तो हात घर फर्किनु पर्दा भोकमरी हुने भएको हो । जिल्ला खाद्य संस्थानको…
मन्दिर छोएको आरोपमा एक ग्राम सुन र दुई हजार रुपियाँ जरिबाना
रिलु गाविस -८ द्वारीमा लागेको हरेलो मेलामा सोही ठाउँका ३९ वर्षीय लालबहादुर आग्रीलाई मन्दिर छोएको आरोपमा भदौ २० गते उनीसँग भएको एक ग्राम सुनसहित दुई हजार रुपियाँ जरिबाना भराइएको छ । आग्री भक्तजनहरूका लागि प्रसाद पकाउँदै गरेको ठाउँ र कालिका देवीको मन्दिरमा प्रवेश गरेको आरोपमा जरिबाना भराइएको स्थानीय लालबहादुर बोहोराले…