अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

केदार स्यूँ गाउँपालिका-७ को वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । असोज ४ गते राति वडा कार्यालयमा आगजनी गरेको केदार स्यूँ गाँउपालिकाकी उपाध्यक्ष निशा धामीले बताए । उनले आगजनीबाट वडा कार्यालयमा रहेका सामानहरू जलेर नष्ट भएको बताइन् । वडा कार्यालयमा आगजनी कसले र किन गरेको हो भन्नेबारे अहिलेसम्म नखुलेको…

September 23, 2019  
गाउँपालिकाको गाडीमा आगजनी

बित्थडचिर गाउँपालिकाको गाडीमा भदौ २८ गते आगजनी गरेको छ । देउलेख बजारमा पार्किङ गरेर राखेको गाडी अज्ञात पक्षले आगजनी गरेको हो । भदौ २८ गते अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आगजनीबाट गाँउपालीकाको से १ झ २७४ नम्बरको गाडीको अगाडिको भाग पूर्ण रुपमा जलेर नस्ट…

September 16, 2019  
एम्बुलेन्स सेवा सूचारू नहुँदा बिरामीलाई सास्ती

जयपृथ्वी नगरपालिका–१ कैलाशका स्थानीयको एम्बुलेन्स सेवामा पहुँच नभएका कारण सास्ती भोग्नु परेको छ ।   कैलाश गाउँमा पुग्ने मोटरबाटो दुई वर्ष अगाडि निर्माण भएको र बिरामीहरूलाई सहज होस भन्नको लागि भारत सरकारले उपहार स्वारूप दिएको एम्बुलेस सेती नदीमा पुल नभएका कारण प्रयोगविहीन हुँदै आएकाले स्थानीयले सास्ती भोग्नु परेको हो ।…

August 4, 2019  
कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी तीन वर्षदेखि रिक्त, उपचारमा समस्या

जिल्ला कारागारमा रहेका कैदी बन्दीहरूको उपचारका लागि भनेर तय गरिएको स्वास्थ्यकर्मीको दरबन्दी तीन वर्षदेखि रिक्त रहेको छ । स्वास्थ्यकर्मीको अभावमा कारागारका कैदीबन्दीको उपचार झन्झटिलो हुने र बाहिर लैजाँदा उपचारको बहानामा भाग्ने खतरा हुने कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको भए पनि स्वास्थ्यकर्मी नहुँदा मेडिकलमा रकम…

July 28, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवर्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा असार १५ गते बझाङमा सम्पन्न गरेको छ । सन् २०१९ जनवरीदेखि जुनसम्म बझाङ जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेक बझाङ जिल्ला प्रतिनिधि रमेश केसीले प्रस्तुत गरेका थिए ।…

July 1, 2019  
अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

जयपृथ्वी नगरपालिका–३ को वडा कार्यालयमा असार १० गते बिहान अज्ञात पक्षबाट आगजनी गरिएको छ । आगजनीबाट वडा कार्यालयमा ठुलो क्षति नभए पनि कार्यालयको ढोका जलेको वडा अध्यक्ष कलक ओलीले बताए । वडा कार्यालयमा आगजनी भएको खबर बिहान ६ बजे प्राप्त भएपछि घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका…

June 25, 2019  
बझाङका सुत्केरीले ११ महिनासम्म पाएनन् भत्ता

बझाङका सुत्केरी महिलाहरूले ११ महिनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहन बापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरूले साउन महिनादेखि सुत्केरीे भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माए बापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रति महिना ३ हजार ८ सय रुपियाँ दिँदै आइरहेको भएपनि…

June 9, 2019  
दुई महिनादेखि कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

जिल्लाका अधिकांश स्थानिय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारीहरू आ–आफ्नो पायक पर्ने ठाँउमा सरूवा भएर गएका कारण यस्तो समस्या भएको हो । दुई ओटा नगरपालिका र १० ओटा गाउँपालिका रहेको बझाङमा कर्मचारी नभएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । मन्त्रालयबाट कर्मचारी खटाइएको पत्र पठाएको भए पनि कर्मचारी कार्यालयसम्म…

June 2, 2019  
विद्यालय भर्ना अभियानमा समेत जातीय विभेद भएको आरोप

सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालय नजिकै रहेको नमुना निमाविमा विद्यालय परिचरदेखि प्रधानाध्यापक हुँदै विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत दलित समुदायको रहेको भन्दै विद्यालय भर्ना अभियानमा समेत जातीय विभेद हुँदै आएको आरोप छ । विद्यालय दलित समुदायकै लागि मात्र भनेर स्थापना तथा सञ्चालन नगरिएको भएपनि सो विद्यालयमा दलित शिक्षक भएको भन्दै स्थानीय…

May 21, 2019  
आर्थिक अभाव र आशैआशमा बाँचेका ‘विस्थापित’ बृद्ध दम्पत्ती

सशस्त्र द्वन्द्वपछि गाउँमै बसेर पेट पाल्ने वातावरण नभएपछि २५ वर्ष अगाडि नै रोल्पाको जेलवाङबाट ‘विस्थापित’ भएका ८७ वर्षीय दलबिरे दमाई र उनकी पत्नी विमा नेपालीले बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा कष्टकर जीवन गुजारिरहेका छन् । उनीहरू बझाङ जिल्लास्थित बाहुली खोला किनारमा सधैँ भेटिन्छन् । आफ्नो उमेर ८७ वर्ष पुगेको बताउने दलबिरे…

May 15, 2019