बलात्कार घटनाका आरोपित शिक्षक गिरफ्तार

१९ वर्षीया एक किशोरीलाई एक वर्ष अगाडि दुर्गाथली गाउँपालिका – ४ का ३० वर्षीय शिक्षक बसन्त ओली र शिवराज ओलीले बलात्कार गरी फरार रहेकोमा जेठ ६ गते फरार आरोपितमध्येका बसन्त ओलीलाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाका बारेमा कसैलाई जानकारी गराएको खण्डमा शिक्षकद्धयले मार्ने धम्की दिएकोले आफूले लामो समयसम्म कसैलाई…

May 20, 2020  
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा

जयपृथ्वि नगरपालिका – ७ स्थित सुबेडा स्वास्थ्य चौकीमा शुद्ध खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण आफूले एक घण्टाको बाटो हिडेर खोलाबाट बाल्टिनमा पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको सुबेडा स्वास्थ्य चौकीका कार्यालय सहयोगी रामप्रसाद जोशीले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो –‘१०…

May 11, 2020  
खाने पानी र फोहर व्यवस्थापन हुँन नसक्दा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार बझाङमा खानेपानीको समस्या हुँदा कैन्दीबन्दीहरूले समस्या झेल्दै आएका छन् । कारागारमा खाने पानीको समस्या हुदाँ खान बनाउन, सरसफाई गर्न र शौचालन समेत प्रयोग गर्न समस्या भएको जिल्ला कारागारमा रहेका थुनुवा नाइके हिक्मत खड्काले बताउनु भयो । उहाँले भन्नु भयो –‘कारागरा भित्र एक ओटा मात्रै धारा छ । धारामा…

March 24, 2020  
प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका दुई जना कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले चैत्र ६ गते चैनपुर बजारबाट गिरप्तार गरेको छ । गिरफ्तार हुनेमा मष्टा गाउँपालीका निवासी प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष २३ वर्षीय विनोद थापा र जिल्ला सदस्य २२ वर्षीय सुरज भण्डारी रहेको इन्स्पेक्टर गणेश बमले  बताउनु भयो । गिरफ्तारीमा परेका थापा र भण्डारी…

March 20, 2020  
प्रतिबन्धित नेकपाका जिल्ला जनपरिषद प्रमुख गिरफ्तार

जयपृथ्बी नगरपालिका –१ निवासी प्रतिबन्धित नेकपाका बझाङ् जिल्ला जनपरिषद प्रमुख ३३ वर्षीय बाजिलाल शाहीलाई थलारा गाउँपालिकास्थित भवानी माध्यमिक विद्यालयको प्रशासन कक्षबाट प्रहरीले चैत २ गते गिरप्तार गरेको छ । प्रतिबन्धित नेकपाका जनपरिषद प्रमुख शाहीलाई  भवानी माध्यमिक विद्यालयबाट गिरफ्तार गरिएको इन्स्पेक्टर गणेश बमले बताउनु भयो । शाहीबाट एक थान पेस्तोल, चन्दा…

March 20, 2020  
साइपाल गाउँपालीकामा खाद्यान्न अभाव

जिल्लाको हिमालि स्थानीय तह साइपाल गाउँपालीकामा विगत दुई महिनादेखि खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि आफूहरुलाई विहानवेलुकीको छाक टार्न समस्या भएको साइपाल गाउँपालिका वडा नम्बर ३,४ र ५ का स्थानीयहरुले गुनासो गरेका छन् । हिमालि क्षेत्रसँग जोडिएको स्थानीय तह साइपाल गाउँपालीकाको वडा नम्बर ३ ,४ र ५ का…

February 7, 2020  
घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

दुर्गाथली गाउँपालिका–६ सैनपसेलाकी २८ वर्षीया रमा जाग्रीलाई ३५ वर्षीय  पति राजु जाग्रीले कुटपिट गरेको आरोपमा पुस १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पतिले पुस ९ गते निर्धात रूपमा कुटपिट गरेको भन्दै पीडित महिलाले पुस १० गते  जिल्ला पहरी कार्यालय,बझाङमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तर गरी अभद्र व्यवाहार अन्तर्गत मुद्दा दर्ता…

December 30, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता थलारा गाउँपालिका–२ का १९ वर्षीय सन्दीप खड्का र सोही ठाउँका २७ वर्षीय भुपेन्द्र खड्कालाई मङ्सिर ७ गते प्रहरीले गिरफ्तार गरेको छ । केदारस्युँ गाउँपालिका–१ देउरा बजार पार्टीको पम्प्लेट टाँसिरहेको अवस्थामा रायल प्रहरी चौकीबाट खटी गएको प्रहरी टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बझाङका…

November 25, 2019  
प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सदस्य वित्थडचिर गाउँपालिका–९ सुनकुडाका ४० वर्षीय देवराज अवस्थीलाई असोज २४ गते प्रहरीले गिरफ्तार गरेको छ । अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा स्याँडी प्रहरी चौकीबाट खटिएको टोलीले नगदि रसिद ठेलीसहित गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी इश्वरिदत्त पान्डेले बताए ।

October 12, 2019  
बलात्कार घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

तीन वर्षीया बालिकालाई असोज २० गते बलात्कार गरेको आरोपमा छविस पाथिभेरा गाउँपालिका–३ सोतीका ६० वर्षीय रामभक्त दमाईविरूद्व पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएको छ । पीडित पक्षले दिएको जानकारीका आधारमा आरोपितलाई असोज २१ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वरीदत्त पाण्डेले…

October 10, 2019