८० वर्षीया वृद्धालाई हत्या गरेको आरोपमा नाती गिरफ्तार
दुर्गाथली गाउँपालिका– ५ की ८० वर्षीया वृद्धा रिठीदेवि जप्रेलको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय नाती शुभाष जप्रेललाई भदौ ३१ गते गिरफ्तार गरेको छ । ८० वर्षीया जप्रेल भदौ २७ गतेदेखि हराएको भनेर पीडित पक्षले प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्दै जाँदा भदौ ३१ गते पीडित पक्षकै आगनमा गाडिएको अवस्थामा वृद्धा…
बाढीले बगाएको पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई सास्ती
जयपृथ्वी नगरपालिका–३ कुसापनी र मष्टा गाउँपालिका–१ कुर्यापानी सिमा भएर बग्ने डुङ्री खोलामा स्थानीयहरुले निर्माण गरेको पुल बाढीले बगाएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । भदौ १५ गते आएको बाढीले पुल बगाएको भएपनि पुनर्निर्माण हुन नसक्दा त्यस क्षेत्रका ३५ घरपरिवारका १ सय ५० जना भन्दा बढी व्यक्तिहरुको आवतजावत बन्द…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का १९ वर्षीय राजेन्द्र बि.कलाई भदौ ७ गते गिरफ्तार गरेको छ । धाराबाट पानी भरेर घर आउदै गरेको अवस्थामा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ ५ गते घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका थिए । पीडित पक्षले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खप्तडछान्ना गाउँपालिका–३ का ३५ वर्षीय महेन्द्र रावलविरुद्ध पीडित पक्षले भदाै २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । साउन २४ गते घरमा एक्लै भएको समयमा १२ बजे राति घर भित्र प्रवेश गरेर आरोपितले बलात्कार गरेकोले प्रहरीमा उजुरी दिएको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँगको फोन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जयपृथ्वी नगरपालिका–६ नौरा निवासी भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंहलाई चैत १५ गते गिरफ्तार गरेको छ । चैत १४ गते धाराबाट पानी लिन गएकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला…
क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
‘ङ’ श्र्रेणीको जिल्ला कारागार, बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरुले गुनासो गरेका छन् । २५ जनाको क्षमता रहेको जिल्ला कारागार,बझाङमा हाल ३८ जना कैदी र ३७ जना थुनुवा गरी ७५ जना रहेका छन । खेलकुद , पुस्तकालय , मनोरञ्जनका साधन त परैजाओस ७५ जनाका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई फागुन २२ गते बलात्कार गरेको आरोपमा ४४ वर्षीा बुबालाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनु भयो । पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २७ गते प्रहरीमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।…
विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा खुँडा प्रहार गरी हत्या
छविसपाथिभेरा गाउँपालिकाको–३ स्थित बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा सोही गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहमाथि खुंडा प्रहार गरी माघ १३ गते साँझ हत्या गरिएको छ । विद्यालय व्यवस्थापन समितिको चुनावको परिणाम घोषणा भइसकेपछि घर फर्किरहेको अवस्थामा छविसपाथिभारा गाउँपालिका– २ का ३२ वर्षीय ज्ञानबहादुर कडायत र…
महिनावारी भएको समयमा महिलाहरु ओडार र चौरमा बस्न बाध्य
महिनावारी भएको समयमा साइपाल गाउँपालिकाका अधिकांश महिलाहरु ओडार र चौरमा टेण्ट टाँगेर बस्न बाध्य भएका छन् । गाउँपालिकाले पालिकाभित्र रहेका छाउगोठ भत्काएको भएपनि धार्मिक अन्धविश्वास र पुनारत मान्यताका कारण महिनावारी भएको समयमा महिलाहरुलाई घर भित्र बस्न नदिएपछि ओडार र चौरमा बस्न बाध्य भएका हुन् । महिनावारी भएको समयमा महिलाहरुलाई घर…
मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते जिल्ला दरमुकाम चैनपुरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले नेपालको संविधानले नै नागरिकका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरेको…