बझाङमा मानसिक रोगः उपचारमा समस्या, आत्महत्यामा बृद्धि !
जिल्लामा मानसिक रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि उपचारमा समस्या भएको छ । सामान्य खालका मानसिक रोगीहरुलाई समान्य चेकजाँच र औषधि दिने गरिएको भएपनि जटिल खालका मानसिक रोगीहरुले भने उपचार पाउन सकेका छैनन् । केही वर्ष पहिला मानसिक रोग परार्मश केन्द्र नामक गैरसरकारी संस्थाले जिल्ला अस्पतालमा डेस्क स्थापना गरेर मानसिक रोगीहरुको…
जिल्लाभरी खानेपानी सङ्कटः २० हजार भन्दा बढी परिवार खोलाको पानी पिउन बाध्य
गत कात्तिक महिनाको पहिलो साता जिल्लामा परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाभरी रहेका खानेपानी योजनाहरु तहसनहस भएको पाँच महिना बितिसक्दा समेत पुनर्निर्माण हुन नसकेपछि यस जिल्लाका झण्डै २० हजार परिवार खोलाको पानी पिउन बाध्य भएका छन् । गाउँको चारैतिर पहिरो खसेर मसुराडी गाउँको खानेपानी आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि…
न्यूना गाउँमा खाद्यान्न अभाव, आपुर्तिको व्यवस्था गर्न स्थानीयको आग्रह
साइपाल गाउँपालिका–५ को न्यूना गाउँमा गत पुस महिनादेखि खाद्यान्न अभाव भएपछि सो गाउँका ३५ घरपरिवार भोकमारीको चपेटामा परेका छन् । आलु, फापर, जौँ र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको साइपाल गाउँपालिकाको न्यूना गाउँमा खाद्यान्न अभाव भई भोकमरी सुरु भएपछि स्थानीयबासीहरु चमल आपुर्ती गर्न गाउँपालिकासँग आग्रह गर्दै आएका छन् ।…
वडाध्यक्ष र वडासचिवमाथि दुर्व्यवहार, घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
वित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले माघ ११ गते चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । माघ १० गते धरान बजारमा स्थानीयहरूसँग कुरा गरेर फर्किरहेको अवस्थामा गाडीमा चढेर आएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता…
वडाध्यक्षमाथि हातपात घटनाका आरोपित गिरफ्तार
केदारस्युँ गाउँपालिका–२ का वडाध्यक्ष ४५ वर्षीय चक्र बिकमाथि हातपात गरेको आरोपमा प्रहरीले साही ठाउँका ४५ वर्षीय गहिन्दर भनिने गजेन्द्र भण्डारीलाई माघ ३ गते गिरफ्तार गरेको छ । माघ ३ गते मदिरा सेवन गरेका भण्डारीले अपशब्द प्रयोग गरी हातपात तथा दुर्व्यवहार गरेको भन्दै वडाध्यक्ष बिकले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको…
गाउँपालिकाले बिना विकल्प छाउगोठ भत्कायो, सचेतनाको कमीले समाजले स्वीकार्नै सकेन !
साइपाल गाउँपालिकाले चार पटकसम्म छाउगोठ भत्काए पनि समाजले स्वीकार गर्न नसकेपछि यस क्षेत्रका महिलाहरुले महिनावारी भएको समयमा ओडार र खुल्ला चौरमा त्रिपालमुनी बस्न बाध्य भएका छन् । साइपाल गाउँपालिका क्षेत्रमा बनाइएका छाउगोठहरु भत्ताउने कार्य गाउँपालकाले चार पटक गरेको भएपनि समाजले स्वीकार गर्न नसकेपछि महिनावारी भएको समयमा महिलामाथि हुने विभेद कायमै…
देउता चढेको भन्दै धामी बनाइँदा झण्डै ४ सय बालक पढाइबाट वञ्चित
केदारस्युँ गाउँपालिका भैरवनाथका धनशेर विष्ट अहिले १९ वर्षका भए । १३ वर्षको उमेरदेखि उहाँमा देवता चढेर काम्ने गरेका थिए । यही कारण गाउँलेले बाठपाला देउता चढेको भन्दै उहाँलाई पूजाआजा गरेर धामी बनाए । त्यसपछि कक्षा १० मा पढदै गरेका उहाँको पढाइ त रोकियो नै, खानपान, हिडडुललगायतका बालसुलभ क्रियाकलापमा समेत सामाजिक…
मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वर २० गतेसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहले कार्यक्रममा प्रस्तुत गर्नु…
प्रहरी हिरासतमा एक जना वृद्धाको मृत्यु
केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया कृष्णादेवी रावलको मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय, बझाङको हिरासतमा मृत्यु भएको छ । हिरासत कक्षमा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल, सिमखेत लैजाँदै गर्दा ७७ वर्षीया रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर बिष्टले बताउनु भयो । बिहान चिहा खाने क्रममा रावल बेहोस…
बाढीपहिरोले भत्किएका विद्यालय पुनर्निर्माण हुन नसकेपछि पठनपाठनमा समस्या
बाढीपहिरोका कारण भत्किएका जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल अधारभूत प्राथमिक विद्यालय र खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँमा रहेको जगदम्बा निमावि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरुको पठनपाठनमा समस्या उत्पन्न भएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बेताल आधारभूत प्राथमिक विद्यालयको एक तलाको दुई कोठे भवन…