नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवर्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा असार १५ गते बझाङमा सम्पन्न गरेको छ । सन् २०१९ जनवरीदेखि जुनसम्म बझाङ जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेक बझाङ जिल्ला प्रतिनिधि रमेश केसीले प्रस्तुत गरेका थिए ।…

२०७६ असार १६, सोमबार १५:०४ गते  
अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

जयपृथ्वी नगरपालिका–३ को वडा कार्यालयमा असार १० गते बिहान अज्ञात पक्षबाट आगजनी गरिएको छ । आगजनीबाट वडा कार्यालयमा ठुलो क्षति नभए पनि कार्यालयको ढोका जलेको वडा अध्यक्ष कलक ओलीले बताए । वडा कार्यालयमा आगजनी भएको खबर बिहान ६ बजे प्राप्त भएपछि घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका…

२०७६ असार १०, मंगलवार १९:५३ गते  
बझाङका सुत्केरीले ११ महिनासम्म पाएनन् भत्ता

बझाङका सुत्केरी महिलाहरूले ११ महिनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहन बापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरूले साउन महिनादेखि सुत्केरीे भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माए बापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रति महिना ३ हजार ८ सय रुपियाँ दिँदै आइरहेको भएपनि…

२०७६ जेष्ठ २६, आईतवार २०:५९ गते  
दुई महिनादेखि कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

जिल्लाका अधिकांश स्थानिय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारीहरू आ–आफ्नो पायक पर्ने ठाँउमा सरूवा भएर गएका कारण यस्तो समस्या भएको हो । दुई ओटा नगरपालिका र १० ओटा गाउँपालिका रहेको बझाङमा कर्मचारी नभएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । मन्त्रालयबाट कर्मचारी खटाइएको पत्र पठाएको भए पनि कर्मचारी कार्यालयसम्म…

२०७६ जेष्ठ १९, आईतवार ०९:४५ गते  
विद्यालय भर्ना अभियानमा समेत जातीय विभेद भएको आरोप

सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालय नजिकै रहेको नमुना निमाविमा विद्यालय परिचरदेखि प्रधानाध्यापक हुँदै विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत दलित समुदायको रहेको भन्दै विद्यालय भर्ना अभियानमा समेत जातीय विभेद हुँदै आएको आरोप छ । विद्यालय दलित समुदायकै लागि मात्र भनेर स्थापना तथा सञ्चालन नगरिएको भएपनि सो विद्यालयमा दलित शिक्षक भएको भन्दै स्थानीय…

२०७६ जेष्ठ ७, मंगलवार ०५:०३ गते  
आर्थिक अभाव र आशैआशमा बाँचेका ‘विस्थापित’ बृद्ध दम्पत्ती

सशस्त्र द्वन्द्वपछि गाउँमै बसेर पेट पाल्ने वातावरण नभएपछि २५ वर्ष अगाडि नै रोल्पाको जेलवाङबाट ‘विस्थापित’ भएका ८७ वर्षीय दलबिरे दमाई र उनकी पत्नी विमा नेपालीले बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा कष्टकर जीवन गुजारिरहेका छन् । उनीहरू बझाङ जिल्लास्थित बाहुली खोला किनारमा सधैँ भेटिन्छन् । आफ्नो उमेर ८७ वर्ष पुगेको बताउने दलबिरे…

२०७६ जेष्ठ १, बुधबार ०५:५८ गते  
साइपाल गाँउपालिकाका छात्रा महिनावारी हुँदा विद्यालय जानै पाउँदैनन् !

महिनावारी (छाउ) भएको समयमा साइपाल गाउँपालिकाका छात्राहरूले विद्यालय जान नपाएको गुनासो गरेका छन् । गाउँपालिका नजिकै रहेको काँडा माध्यमिक विद्यालयको बिच प्राङ्गणमा भवानीको मन्दिर भएका कारण यहाँ पढ्ने छात्राहरू महिनावारी भएको समयमा ५/६ दिनसम्म विद्यालयमा नगएर घरमै बस्ने गरेका छन् । विद्यालयको बिच प्राङ्गणमा मन्दिर भएका कारण महिनावारी भएको समयमा…

२०७६ बैशाख १६, सोमबार ०६:४३ गते  
स्वस्थ्यचौकी नहुँदा जडिबुटीको भर !

साइपाल गाउँपालिका–५ न्युनामा स्वास्थ्यचौकी नभएका कारण यस वाडाका स्थानीय स्वास्थ्य चेकजाँचबाट वञ्चित हुँदै आएका छन् । जसका कारण उनीहरूले जटिल स्वास्थ्य समस्या खेप्नु परेको छ । स्थानीयलाई काँडा स्वास्थ्यचौकी पुग्न तीन/चार घण्टाभन्दा बढी समय लाग्ने भएका कारण यस वाडाका बिमारीहरू स्वास्थ्य संस्थामा नगएर जडीबुटीकै भरमा उपचार गराउने गरेका कारण समस्यामा…

२०७६ बैशाख १०, मंगलवार २०:३२ गते  
अपहरण मुक्त भएपछि साँसद मल्लले भनिन्–‘द्वन्द्वको खतरा बढ्यो ’

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्लले पत्रकार सम्मेलन गरेर सो समूहले देशलाई द्वन्द्वमा लैजाने खतरा बढेको बताएकी छन् । नेकपा बझाङको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सांसद मल्लले यस्तो खतरा रहेको औँल्याएकी हुन् । पत्रकार सम्मेलनपछि प्रेस विज्ञप्ति जारी गर्दै मल्लले आफ्ना…

२०७५ फाल्गुन २५, शनिबार १९:२३ गते  
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हुम्ला जिल्ला सिमिकोट गाउँपालिका स्थायी घर भई बझाङ जिल्लामा जडिबुटीको व्यापार गर्दै आएका २६ वर्षीय जनक शाहीविरूद्ध पीडित पक्षले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । पीडित पक्षले मङ्सिर ५ गते गरेको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले मङ्सिर ६ गते…

२०७५ मंसिर ११, मंगलवार १८:३७ गते