क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार, बझाङमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । २५ जना क्षमता भएको कारागारमा हाल ४३ जना कैदी र ११ जना थुनुवा गरी ५४ जना बस्नु परेको कैदी अम्मर थापाले बताए । कारागारमा खानेपानि, चर्पि, ढल निकास, सुत्नलाई पर्याप्त ठाउँ र कैदीबन्दीहरूका लागि पर्याप्त मात्रामा मनोरञ्जनका साधन नहुँदा…

August 7, 2018  
स्थानीयद्वारा नगर प्रमुखमाथि आक्रमण, नगरपालिकाका कागजात नष्ट

बुङ्गल नगरपालिकाका नगर प्रमुख धनबहादुर विष्टमाथि स्थानीयले असार ३२ गते ढुङ्गामुढा गर्नुको साथै नगरपालिकामा रहेका महत्वपुर्ण कागजात नष्ट गरेका छन् । आक्रोशित स्थानीयले नगर प्रमुख बिष्टको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । नगरपालिकाको कार्यालय वडा नम्बर–४ बाट वडा नम्बर–५ मा सार्ने नगर परिषदको निर्णयपछि वडा नम्बर–३ र ४ का स्थानीयहरू…

July 17, 2018  
नगरपालिका कार्यालय सार्ने विषयमा झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते

बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा असार ३० गते विवाद उत्पन्न भई झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका छन् । नगरपालिकाको कार्यालय बुङ्गल नगरपालिका-४ बिजगडाबाट झापा सार्ने भन्ने विषयमा विवाद भई ढुङगामुढा गर्दा जिल्ला प्रहरी कर्यालयका इन्स्पेक्टर जनक धामी र स्थानीय विष्णु कुँवर घाइते भएका हुन् । नगरपालिकाको कार्यालय…

July 16, 2018  
गाउँपालिका अध्यक्षलाई मोसो दली दुर्व्यवहार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मष्टा गाउँपालिकाका-२ का ४० वर्षीय सोही गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतलाई असार १५ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । उनलाई गाउँपालिका कार्यालय परिसर नजिकै मोसो दलेर दुर्व्यवहार गरिएको हो । गाउँपालिका कार्यालयबाट बैठक सकेर बाहिर निस्कदै गर्दा सो पार्टीका कार्यकर्ताहरूले एक छिन…

June 30, 2018  
गाउँपालिकाका कार्यकारी अधिकृतलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा दुर्व्यवहार

साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई भ्रष्टाचार गरेको र राहतमा आएको चामल यार्सागुम्बा टिप्ने व्यक्तिहरूलाई विक्री गरेको आरोप लगाउँदै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार १३ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार क्वीन्टल चामलमध्ये १ हजार ५ सय क्वीन्टल…

June 27, 2018  
दरबन्दी अनुसार डक्टर नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल बझाङमा डक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् । जिल्ला अस्पताल बझाङमा चार जना डक्टरको दरबन्दी रहेकामा तीन जना डक्टर बिदामा बसेपछि बिरामीहरू मर्कामा परेका हुन् । जिल्ला अस्पताल बझाङमा कार्यरत डक्टर अरबिन्द जोशी फागुन १५ गतेदेखि, डक्टर सुस्मीत शर्मा एक हप्तादेखि र डक्टर शेरबहादुर साउद फागुन ९ गतेदेखि…

March 28, 2018  
रोकिएको जयपृथ्वी नगरपालिका-३ मा आज मतदान

असार १४ गते काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएपछि स्थगित भएको जयपृथ्वी नगरपालिका-३ मा असार १६ गते मतदान भएको छ । अत्यन्तै कडा सुरक्षा व्यवस्थाकाबिच सुरु भएको मतदानमा मतदाताको सहभागिता भने उल्लेख्य रहेको छ । १ हजार ३ सय १४ मतदाता रहेको पाण्डु उच्च माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा दुई…

June 30, 2017  
झडपमा मतगणना प्रतिनिधिसहित तीन जना घाइते

छविस पाथिभेर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच असार १५ गते दिउँसो झडप भएको छ । झडपमा मतगणना प्रतिनिधिसहित तीन जना घाइते भएका छन् भने माओवादी केन्द्रका ६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते मध्ये वडा नं ५ का मतगणना प्रतिनिधि एवम् अनेरास्वियुका केन्द्रिय सम्पर्क विभागका…

June 29, 2017  
बझाङको सुनकुडामा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप

विथ्थड चिर गाउँपालिका अन्तर्गतको सुनकुडामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा दुवै पक्षका २० जना भन्दा बढी घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगजनी गरिएको छ । सुनकुडा क्याम्पसमा नेपाली काङ्ग्रेसको चुनावी सभा भइरहेको बेला एमालेको मोटरसाइकल र्‍याली पुगेपछि दुई पक्षबिच झडप भएको जनाइएको छ ।…

June 24, 2017  
यार्सा सङ्कलनले गर्दा अधिकांश विद्यालय बन्द

जिल्लाको उत्तरी भेगका विद्यालय एक महिनादेखि बन्द गरिएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर गएपछि विद्यालय बन्द गरिएका हुन् । उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय वैशाख पहिलो हप्तादेखि बन्द गरिएका हुन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको काँडा…

May 22, 2017