एक महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प
साइपाल गाउँपालिकामा सञ्चालनमा रहेका आठ ओटा विद्यालयहरु एक महिनादेखि बन्द भएपछि पठनपाठन ठप्प भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका र शिक्षकहरु समेत यार्सा सङ्कलन गर्न लेकतिर गएपछि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प भएको हो । अभिभावकसँगै विद्यार्थीहरु यार्सा सङ्कलन गर्न लेकतिर गएपछि गाउँपालिकास्थित काँडा मावि, धलौन माविलगायतका विद्यालय…
स्थगित निर्वाचन कडा सुरक्षाका बीच सम्पन्न
जयपृथ्वी नगरपालिका–७ को सुनिपिपल चौर मावि मतदानस्थलमा स्थगित भएको मतदान कार्य जेठ १ गते नेपाल प्रहरी,शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबिच सम्पन्न भएको छ । वैशाख ३० गते मतदान स्थलमा नेकपा एमाले र गठबन्धन दलका कार्यकर्ताबिच विबाद उत्पन्न भएपछि मतदान कार्य स्थगित भएको थियो ।…
मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौलमा
स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पनि जिल्लामा मतदाता शिक्षा सञ्चालन हुँन नसक्दा आफूहरु मतदान कसरी गर्ने भन्ने विषयमा अलमलमा परेको स्थानीय मतदाताहरुले गुनासो गर्नु भएको छ । निर्वाचन कार्यालय तथा अन्य सम्बन्धीत सरोकारवाला निकायहरुले मतदाता शिक्षालाई प्राथमिकतामा नराखेका कारण मतदाताहरु अलमलमा परेका हुन् । जयपृथ्वी नगरपालिका–१ का रामजङ्ग सिंहले आसन्न…
बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छविसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय नातेदारविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा वैशाख १७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १७ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय जेठाजुलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित…
बझाङमा मानसिक रोगः उपचारमा समस्या, आत्महत्यामा बृद्धि !
जिल्लामा मानसिक रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि उपचारमा समस्या भएको छ । सामान्य खालका मानसिक रोगीहरुलाई समान्य चेकजाँच र औषधि दिने गरिएको भएपनि जटिल खालका मानसिक रोगीहरुले भने उपचार पाउन सकेका छैनन् । केही वर्ष पहिला मानसिक रोग परार्मश केन्द्र नामक गैरसरकारी संस्थाले जिल्ला अस्पतालमा डेस्क स्थापना गरेर मानसिक रोगीहरुको…
जिल्लाभरी खानेपानी सङ्कटः २० हजार भन्दा बढी परिवार खोलाको पानी पिउन बाध्य
गत कात्तिक महिनाको पहिलो साता जिल्लामा परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाभरी रहेका खानेपानी योजनाहरु तहसनहस भएको पाँच महिना बितिसक्दा समेत पुनर्निर्माण हुन नसकेपछि यस जिल्लाका झण्डै २० हजार परिवार खोलाको पानी पिउन बाध्य भएका छन् । गाउँको चारैतिर पहिरो खसेर मसुराडी गाउँको खानेपानी आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि…
न्यूना गाउँमा खाद्यान्न अभाव, आपुर्तिको व्यवस्था गर्न स्थानीयको आग्रह
साइपाल गाउँपालिका–५ को न्यूना गाउँमा गत पुस महिनादेखि खाद्यान्न अभाव भएपछि सो गाउँका ३५ घरपरिवार भोकमारीको चपेटामा परेका छन् । आलु, फापर, जौँ र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको साइपाल गाउँपालिकाको न्यूना गाउँमा खाद्यान्न अभाव भई भोकमरी सुरु भएपछि स्थानीयबासीहरु चमल आपुर्ती गर्न गाउँपालिकासँग आग्रह गर्दै आएका छन् ।…
वडाध्यक्ष र वडासचिवमाथि दुर्व्यवहार, घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
वित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले माघ ११ गते चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । माघ १० गते धरान बजारमा स्थानीयहरूसँग कुरा गरेर फर्किरहेको अवस्थामा गाडीमा चढेर आएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता…
वडाध्यक्षमाथि हातपात घटनाका आरोपित गिरफ्तार
केदारस्युँ गाउँपालिका–२ का वडाध्यक्ष ४५ वर्षीय चक्र बिकमाथि हातपात गरेको आरोपमा प्रहरीले साही ठाउँका ४५ वर्षीय गहिन्दर भनिने गजेन्द्र भण्डारीलाई माघ ३ गते गिरफ्तार गरेको छ । माघ ३ गते मदिरा सेवन गरेका भण्डारीले अपशब्द प्रयोग गरी हातपात तथा दुर्व्यवहार गरेको भन्दै वडाध्यक्ष बिकले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको…