उमेर नपुग्दै गर्भवती र सुत्केरी हुनेको सङ्ख्या बढ्दो

जिल्लामा उमेर नपुग्दै गर्भवती हुने र सुत्केरी हुनेहरुको सङ्ख्यामा कमी आउन सकेको छैन् । स्वास्थ्य कार्यालय, दार्चुलाको तथ्याङ्क अनुसार बिगत तीन वर्षदेखि जिल्लामा उमेर नपुग्दै गर्भवती तथा सुत्केरी हुनेको सङ्ख्या बढिरहेको पाइएको छ । चालू आर्थिक वर्षमा मात्रै जिल्लामा ११.७ प्रतिशत सुत्केरी २० वर्षमूनिका रहेका छन् । चालू आर्थिक वर्षमा…

२०८० असार १५, शुक्रबार १३:३९ गते  
विद्यालय परिसर मै विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि, बस्कोटमा कक्षा ८ मा अध्ययनरत १४ वर्षिय आसुतोष साउदलाई कुटपिट गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ निवासी लटिनाथ माविमा अध्ययनरत १३ वर्षीय राजीव गरीका बुवा  हरिभक्त गिरीलाई असार १२ गते गिरफ्तार गरेको छ । लटिनाथ माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय आसुतोष साउद…

२०८० असार १३, बुधबार १७:४९ गते  
अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शैल्यशिखर नगरपालिका–४ का ४९ वर्षीय बिस्ने ठगुन्नालाई असार ८ गते १३ वर्ष कैद सजायको फैसला सुनाइएकोे छ । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले आरोपितलाई १३ वर्ष कैद, ५ लाख रुपियाँ जरिवाना र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति दिनुपर्ने फैसला सुनाएको जिल्ला अदालत,…

२०८० असार ८, शुक्रबार ११:५९ गते  
बलात्कार घटनाका फरार आरोपित वडाध्यक्ष गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदनसिह धामीलाई सदरमुकाम खलंगाबाट जेठ २४ गते गिरफ्तार गरेको छ । ०७९ माघ २० गते महिलालाई बलात्कार गरी वडाध्यक्ष फरार रहेको भन्दै पीडित पक्षले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएका थिए…

२०८० जेष्ठ २५, बिहीबार १५:२८ गते  
पोषण कार्यक्रम प्रभावकारी नहुँदा अझै छन् जिल्लामा कुपोषित बालबालिका

  सरकारी तथा गैरसरकारी क्षेत्रबाट विगत वर्षदेखि पोषण कार्यक्रम सञ्चालन गरिदैआइएको भए पनि जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ । स्वास्थ्य कार्यालय, दार्चुलाको चालू आर्थिक वर्षको तथ्याङ्क अनुसार लेकम गाउँपालिकामा मात्रै कुपोषित बालबालिकाको सङ्ख्या ५२ जना भन्दा बढी रहको छ । जिल्लाका नौ ओटा स्थानीय तहका २४ हजार ५…

२०८० जेष्ठ ४, बिहीबार १६:१३ गते  
विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको भन्दै गाउँपालिकाद्धारा विद्यालय समायोजन

मालिकार्जुन गाउँपालिकाले शिक्षक अनुपातमा विद्यार्थी नभएपछि विद्यार्थी सङ्ख्या कम रहेका गाउँपालिका भित्रका सात ओटा आधारभूत विद्यालय गाउँपालिकाले समायोजन गरेको छ । विद्यार्थी सङ्ख्या कम रहेका शान्ति निकेतन आधारभूत विद्यालय कालामाटा, रानिशिखर आधारभूत विद्यालय गोठ्युडी, भूमिराज आधारभूत विद्यालय च्यूरानी, मालिकार्जुन आधारभूत विद्यालय कुचाकोट, केदारनाथ आधारभूत विद्यालय श्रीपुर, उदयदेव आधारभूत विद्यालय खेतार…

२०८० जेष्ठ १, सोमबार १६:०७ गते  
एक महिनादेखि स्वास्थ्य इकाईमा तालाबन्दी, सेवाग्राहीलाई सास्ती

शैल्यशिखर नगरपालिका–७ देवथली स्वास्थ्य इकाई केन्द्रमा एक महिनादेखि ताला लागाएपछि यस क्षेत्रका सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । शैल्यशिखर नगरपालिकास्थित स्वास्थ्य इकाई कार्यालय भवनका लागि जमिन प्रदान गर्नु भएका जमिनदाताले आफूलाई कार्यालय सहयोगी नराखेको भन्दै एक महिनादेखि स्वास्थ्य इकाईमा ताला लगाउँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो । स्वास्थ्य इकाईमा एक…

२०८० बैशाख १३, बुधबार १४:३६ गते  
श्रमबापतको ज्याला नपाउँदा श्रमिकहरु आन्दोलित

दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल र अपिहिमाल गाउँपालिकामा निर्माण गरिएको सिद्ध मकरिकोट पदमार्ग निर्माणमा संलग्न मजदुरले काम गरेको ज्याला दुई वर्ष बितिसक्दा पनि पाउन नसकेपछि मजदुर आन्दोलित भएका छन् । काम गरेको ज्याला नपाएपछि दुहुँका मजदुरले वैशाख ८ गतेदेखि झोलुङ्गे पुल बन्द गरेर विरोध जनाउँदै आउनु भएको छ…

२०८० बैशाख १३, बुधबार १३:५४ गते  
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका–४ का ४९ वर्षीय विस्ने ठगुन्नालाई वैशाख ६ गते महाकाली नगरपालिका–४ खलंगाबाट गिरफ्तार गरेको छ । आरोपितले ०७९ चैत २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएका थिए । पीडितको उजुरीलगत्तै फरार रहेका ठगुन्नालाई…

२०८० बैशाख ७, बिहीबार १७:२७ गते  
स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानले स्थानीय तहका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि स्थानीय तहले न्याय सम्पादनको लागि छुट्टै इजलास कक्ष नबनाउँदा समस्या भएको हो । गाउँघरका साना–ठूला झैझगडाका विवादहरू गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा रहने न्यायिक समितिले निरुपण…

२०८० बैशाख ७, बिहीबार १०:०३ गते