रोगका कारण धानबाली नष्ट, कृषि प्राविधिकको सहयोग नपाएको कृषकहरुको गुनासो
धानखेतीमा राते रोग लागेका कारण धानबाली बिग्रिएर भोकमारीको अवस्था सृजना हुन लागेको मालिकार्जुन गाउँपालिका–६ बाँकुका कृषकहरुले गुनासो गर्नु भएको छ । मालिकार्जुन गाउँपालिका–६ बाँकुका मोहनसिंह महराले धान बालीमा राते रोग लागेपछि कृषि प्राविधिकहरुसँग जानकारी लिन प्रयास गरिएको भएपनि कृषि प्राविधिकहरु गाउँमा नआउँदा धानबाली नष्ट हुन पुगेको गुनासो गर्नु भयो ।…
करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नहुँदा बिरामीलाई सास्ती
व्याँस गाउँपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नभएपछि यस क्षेत्रका बिरामीहरुले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु परेको छ । व्याँस गाउँपालिका–२ दुम्लिङका हायात जोहारीले पेट दुख्ने समस्या लिएर निरन्तर दुई दिन सामुदायिक स्वास्थ्य इकाई दुम्लीङ सामुदायिक स्वास्थ्य इकाईमा पुगेको भएपनि औषधि दिने स्वास्थ्यकर्मी नहुँदा रित्तो हात्त…
स्वास्थ्य चौकी स्थापना र सञ्चालन नहुँदा सेवाग्राही मार्कामा, औषधि किन्न ६ घण्टा पैदल हिड्नु पर्ने बाध्यता
जिल्लाको सबै भन्दा विकट क्षेत्र व्याँस गाउँपालिका–१ तिंकरमा स्वास्थ्य चौकी नभएका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षौदेखि सास्ती खेप्दै आएका छन् । त्रिदेशीय नाका समेत रहेको तिंकरमा स्वास्थ्य चौकी नहुँदा स्थानीय औषधि लिनकै लागि ६ घण्टा हिडेर छाङ्गरु आउनु पर्ने बाध्यता छ । छाङ्गरुमा स्वास्थ्य चौकी छ । तर, छाङ्गरुबाट तिंकर…
जिल्लाका १ सय ६८ जना बालबालिका कडाखाले कुपोषणबाट पीडित
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्लाका १ सय ६८ जना बालबालिकाहरुमा कडाखाले कुपोषण पुष्टि भएको छ । जिल्ला कै ६१ ओटै वडामा स्वास्थ्यकर्मी पुगेर चेकजाँच गर्दा पाँच वर्ष मुनिका बालबालिकाहरुमा कडा कुपोण देखिएको हो । जिल्लालाई गत असार २४ गते मात्रै पूर्ण खोप जिल्ला र पूर्ण खोप सुनिश्चिता…
बलात्कार पीडित बालिकाको न्यायमा पहुँच पुर्याउन इन्सेकद्वारा आर्थिक सहयोग
इन्सेकले पीडितको न्यायमा पहुँच पुर्याउने उद्देश्यले बलात्कार पीडित बालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बलात्कारपछि समस्यामा परेकी १५ वर्षीया बालिकालाई अदालत र अस्पताल आउजाउ गर्न समस्या भएको भन्दै इन्सेकलाई सहयोगको लागि निवेदन दिएपछि असार २९ गते आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । पीडित बालिकाले गत असार ४ गते सहयोगको…
आमाबुवा गुमाएका एक बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आमाबुबा गुमाएकी शैल्यशिखर नगरपालिका–१, बारिलकी गौमती खडायलाई असार २८ गते आर्थिक सहयोग प्रदान गरेको छ । जिल्ला मानव अधिकार रक्षक सञ्जालको समन्वयमा इन्सेकले उपलब्ध गराएको १० हजार रुपियाँ आर्थिक सहयोग इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले पीडित बालिकालाई हस्तान्तरण गर्नु भएको हो…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा सेवाग्राही मार्कामा
लेकम गाउँपालिका–२ गराडीस्थित सर्मोली स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा सेवाग्राहीहरु मार्कामा परेका छन् । बर्थिङ सेन्टर र ल्याब समेत सञ्चालनमा रहेको सर्मोली स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि विरामी तथा सुत्केरीलाई समस्या भएको हो । कौवाटा खानेपानी आयोजनाबाट एक पटक स्वास्थ्य चौकीमा खानेपानी पुर्याको भएपनि हाल खानेपानी अवरुद्ध भएपछि स्वास्थ्य चौकीमा…
पाठ्यपुस्तक अभावमा पठनपाठनमा समस्या
नयाँ शैक्षिक सत्र सुरु भएको झण्डै दुई महिना वितिसक्दा समेत जिल्लाका अधिकांश दुर्गम विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ । सामुदायिक विद्यालयको पुस्तक उत्पादन र बिक्रीवितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाई मै ढिला गरेपछि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेपछि पठनपाठनमा समस्या भएको हो ।…
विद्यालय भवन पुनर्निर्माण नहुँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन सुचारु
दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालय भवनको पुनर्निर्माण हुन नसकेपछि एक वर्षदेखि जोखिमपूर्ण अवस्थामा पठनपाठन भइरहेको छ । गत वर्षको भदौ दोस्रो साता आएको बाढीपहिरोका कारण विद्यालयको दुई ओटा पर्खाल र खेल मैदान बाढीपहिरोले बगाउनुको साथै कटना गरिएको भएपनि एक वर्ष वितिसक्दा समेत पुनर्निर्माण तथ मर्मत हुन नसकेपछि बालबालिकाहरु जोखम…
बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार
शैल्यशिखर नगरपालिका–१ बारिलका ४० वर्षीया एकल महिला अनिभा खडायतलाई जेठ २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका छिमेकी बीरेन्द्र खडायत र तुला खडायतलाई जेठ २५ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न फरार आरोपित भोजबहादुर खडायतको भने जोखी कार्य भइरहको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका विरेन्द्र…