दार्चुला घटनाः एक साता बितिसक्दा समेत बुझेनन् आफन्तले शव

व्याँस गाउँपालिका–४ डोकटमा मृत फेला परेका ३५वर्षीय नरसिंह विष्टको शव एक साता बितिसक्दा समेत आफन्तले बुझेका छैनन् । शवको पोष्टमार्टम मङ्सिर ९ गते जिल्ला अस्पतालमा गरिएको भएपनि घटनामा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरी कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने आफन्तहरुले अडान राखेका छन् । मङ्सिर ४ हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोट…

November 26, 2022  
मतदान गर्न हिडेका एक जनाको मृत्यु, हत्या गरिएको परिवारजनको आरोप

व्याँस गाउँपालिका–४ डोकटका ३५ वर्षीय नरसिह विष्ट मङ्सिर ५ गते सुनसेराको डोम खोला किनारमा मृत अवस्थामा फेला पर्नु भएको छ । खलङगा बजारबाट मङ्सिर ३ गते मतहाल्न ब्याँस हिडनु भएका विष्टको शव सुनसेराको डोम खोला किनारमा भेटिएको हो । मृतक विष्टका आफन्त मोहनसिह विष्टका अनुसार स्थानीय बजारबाट २ सय मिटर…

November 22, 2022  
चुनावी प्रचारप्रसारको क्रममा झडप हुँदा दुई जना घाइते

नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको लोकतान्त्रिक गठबन्धन र नौगाडको जामिरमा आयोजित आमसभामा सहभागि हुँन गइरहेका नेकपा एमालेका कायर्कर्ता बीच कात्तिक २७ गते झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा परी नौगाड गाउँपालिका–६ निवासी गठबन्धनका कार्यकता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका–५ निवासी एमाले कार्यकर्ता २४ वर्षीय निरे…

November 13, 2022  
एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप, चार जना घाइते

नेकपा एमालले निर्वाचन प्रचारप्रसार गरिरहेको अवस्थामा अपिहिमाल गाउँपालिका–५ ओखलमा एमाले कार्यकर्ता र लोकतान्त्रीक गठबन्धनका कार्यकर्ताबिच कात्तिक २४ गते साँझ झडप भएको छ । झडपका क्रममा मार्मा गाउँपलिका–३ निवासी एमाले कार्यकर्ता २८ वर्षीय विरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का २५ वर्षीय सुरेश वादी, अपिहिमाल गाउँपालिका–६ निवासी गठबन्धनका कार्यकर्ता २० वर्षीय जहेन्द्रसिह…

November 11, 2022  
आचारसंहिता पिवरित विद्यालयमा आमसभा, उम्मेदवारद्धारा आचारसंहिता उल्लङ्घन

निर्वाचन आचारसंहिता विपरित गठबन्धन दलले कात्तिक २४ गते गोकुलेश्वर माविको खेल मैदानमा चुनावी सभा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा लोकतान्त्रिक बाम गठबन्धनको बृहत संयुक्त चुनावीसभा गोकुलेश्वर माविको खेल मैदानमा चुनावी सभा गरेको हो  । पठनपाठनका लागि विद्यार्थीहरु विद्यालय पुगेको अवस्था मै…

November 11, 2022  
निर्वाचन आचारसंहिता विपरित निर्वाचित जनप्रतिनिधि चुनावी प्रचारप्रसारमा

स्थानीय तहमा निर्वाचित हुनु भएका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा संलग्न रहनु भएको पाइएको छ । इन्सेकका प्रर्यवेक्षकहरुले निर्वाचन आचारसंहिताका कार्यान्वयन तथा परिपालनाको अवस्थाको अनुगमनका क्रममा निर्वाचित जनप्रतिनिधिहरु चुनवा प्रचारप्रसारमा संलग्न रहनु भएको पाइएको हो । निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा…

November 10, 2022  
मतदान गर्नबाट वञ्चित हुनु परेको कैदीबन्दीहरुको गुनासो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनु परेको जिल्ला कारागारका ३५ जना कैदीबन्दीहरुले गुनासो गर्नु भएको छ । मतदाता नामावली संकलनका क्रममा आफूहरुलाई जानकारी नदिएका कारण नाम छुट्न गएपछि मताधिकारको अधिकारबाट वञ्चित हुनु परेको जिल्ला कारागार, दार्चुलामा रहनु भएका कैदीबन्दहरुले गुनासो गर्नु भएको हो…

November 7, 2022  
दार्चुलामा १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा सम्वेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा जिल्लाका १ सय १२ ओटा मतदान केन्द्रमध्ये १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी…

October 14, 2022  
अवरुद्ध सडक सुचारु नहुँदा बालबालिकाहरु पौष्टिक आहार पाउनबाट वञ्चित

दुहुँ र व्याँस गाउँपालिका जोड्ने दार्चुला–तिंकर सडक बन्द भएको तीन महिना वितिसक्दा समेत सुचारु नगरिएपछि यस क्षेत्रका बालबालिकाहरु बिगत तीन महिनादेखि पौष्टिक आहार पाउनबाट वञ्चित हुदै आएकाछन् । गत असार महिनादेखिको अवरुद्ध भएको सडक सञ्चालनमा नआएपछि पौष्टिक आहार ढुवानी हुन नसक्दा दुहु र व्याँस गाउँपालिकाका २ हजार ७ सय जना…

October 14, 2022  
बलात्कारपछि हत्या गरेको कसुरमा आजीवन कैदको फैसला

शैल्यशिखर नगरपालिका–१ बारिलकी ४५ वर्षीया अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्या गरेको कसुरमा सोही ठाउँका ४२ वर्षीय देवर भोजराज खडायतलाई जिल्ला अदालतले भदौ २९ गते आजीवन कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले भदौ २९ गते खडायतलाई आजीवन कैदको फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार कौशल ज्ञवालीले बताउनु…

September 15, 2022