निर्वाचन आचारसंहिता विपरित निर्वाचित जनप्रतिनिधि चुनावी प्रचारप्रसारमा

स्थानीय तहमा निर्वाचित हुनु भएका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा संलग्न रहनु भएको पाइएको छ । इन्सेकका प्रर्यवेक्षकहरुले निर्वाचन आचारसंहिताका कार्यान्वयन तथा परिपालनाको अवस्थाको अनुगमनका क्रममा निर्वाचित जनप्रतिनिधिहरु चुनवा प्रचारप्रसारमा संलग्न रहनु भएको पाइएको हो । निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा…

November 10, 2022  
मतदान गर्नबाट वञ्चित हुनु परेको कैदीबन्दीहरुको गुनासो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनु परेको जिल्ला कारागारका ३५ जना कैदीबन्दीहरुले गुनासो गर्नु भएको छ । मतदाता नामावली संकलनका क्रममा आफूहरुलाई जानकारी नदिएका कारण नाम छुट्न गएपछि मताधिकारको अधिकारबाट वञ्चित हुनु परेको जिल्ला कारागार, दार्चुलामा रहनु भएका कैदीबन्दहरुले गुनासो गर्नु भएको हो…

November 7, 2022  
दार्चुलामा १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा सम्वेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा जिल्लाका १ सय १२ ओटा मतदान केन्द्रमध्ये १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी…

October 14, 2022  
अवरुद्ध सडक सुचारु नहुँदा बालबालिकाहरु पौष्टिक आहार पाउनबाट वञ्चित

दुहुँ र व्याँस गाउँपालिका जोड्ने दार्चुला–तिंकर सडक बन्द भएको तीन महिना वितिसक्दा समेत सुचारु नगरिएपछि यस क्षेत्रका बालबालिकाहरु बिगत तीन महिनादेखि पौष्टिक आहार पाउनबाट वञ्चित हुदै आएकाछन् । गत असार महिनादेखिको अवरुद्ध भएको सडक सञ्चालनमा नआएपछि पौष्टिक आहार ढुवानी हुन नसक्दा दुहु र व्याँस गाउँपालिकाका २ हजार ७ सय जना…

October 14, 2022  
बलात्कारपछि हत्या गरेको कसुरमा आजीवन कैदको फैसला

शैल्यशिखर नगरपालिका–१ बारिलकी ४५ वर्षीया अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्या गरेको कसुरमा सोही ठाउँका ४२ वर्षीय देवर भोजराज खडायतलाई जिल्ला अदालतले भदौ २९ गते आजीवन कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले भदौ २९ गते खडायतलाई आजीवन कैदको फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार कौशल ज्ञवालीले बताउनु…

September 15, 2022  
बाढीले विद्यालय बगाएपछि प्रभावित क्षेत्रका विद्यालय बन्द

लास्कु खोला र महाकाली नदीमा आएको बाढीले विद्यालय बगाएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । भदौ २४ गते राति आएको बाढीपहिरोका कारण बाढीप्रभावित क्षेत्रका विद्यालयहरु एक साताका लागि विद्यालय बन्द गरिएको हो । बाढीका कारण महाकाली नगरपालिका भित्रका तीन ओटा विद्यालयमा क्षति पुगेको छ । महाकाली नगरपालिका वडा…

September 12, 2022  
दुई महिनादेखि अवरुद्ध सडक सुचारु नहुँदा खाद्यान्न अभाव भएको स्थानीयको गुनासो

दुई महिनादेखि अवरुद्ध भएको सडक सुचारु नहुँदा जिल्लाको दुहु, व्याँस र नौगाड गाउँपालिकामा खाद्यान्न अभाव भएको स्थानीयबासीले गुनासो गर्नु भएको छ । दुहु र व्यास जोड्ने मुख्य स्थलमार्ग दार्चुला–टिंकर सडक बन्द भएपछि अहिले यो क्षेत्रमा खाद्यान्न पु¥याउन सकिएको छैन् । टिंकर सडकले दुहु गाउँपालिकाका सबै बस्ती र व्यास गाउँपालिकाको १…

September 7, 2022  
रोगका कारण धानबाली नष्ट, कृषि प्राविधिकको सहयोग नपाएको कृषकहरुको गुनासो

धानखेतीमा राते रोग लागेका कारण धानबाली बिग्रिएर भोकमारीको अवस्था सृजना हुन लागेको मालिकार्जुन गाउँपालिका–६ बाँकुका कृषकहरुले गुनासो गर्नु भएको छ । मालिकार्जुन गाउँपालिका–६ बाँकुका मोहनसिंह महराले धान बालीमा राते रोग लागेपछि कृषि प्राविधिकहरुसँग जानकारी लिन प्रयास गरिएको भएपनि कृषि प्राविधिकहरु गाउँमा नआउँदा धानबाली नष्ट हुन पुगेको गुनासो गर्नु भयो ।…

August 29, 2022  
करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नहुँदा बिरामीलाई सास्ती

व्याँस गाउँपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नभएपछि यस क्षेत्रका बिरामीहरुले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु परेको छ । व्याँस गाउँपालिका–२ दुम्लिङका हायात जोहारीले पेट दुख्ने समस्या लिएर निरन्तर दुई दिन सामुदायिक स्वास्थ्य इकाई दुम्लीङ सामुदायिक स्वास्थ्य इकाईमा पुगेको भएपनि औषधि दिने स्वास्थ्यकर्मी नहुँदा रित्तो हात्त…

August 3, 2022  
स्वास्थ्य चौकी स्थापना र सञ्चालन नहुँदा सेवाग्राही मार्कामा, औषधि किन्न ६ घण्टा पैदल हिड्नु पर्ने बाध्यता

जिल्लाको सबै भन्दा विकट क्षेत्र व्याँस गाउँपालिका–१ तिंकरमा स्वास्थ्य चौकी नभएका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षौदेखि सास्ती खेप्दै आएका छन् । त्रिदेशीय नाका समेत रहेको तिंकरमा स्वास्थ्य चौकी नहुँदा स्थानीय औषधि लिनकै लागि ६ घण्टा हिडेर छाङ्गरु आउनु पर्ने बाध्यता छ । छाङ्गरुमा स्वास्थ्य चौकी छ । तर, छाङ्गरुबाट तिंकर…

July 25, 2022