चार ओटा गाउँपालिकामा सञ्चार समस्या

दार्चुलाका चार ओटा स्थानीय तहमा अझै सञ्चार सेवा प्रभावकारी भएको छैन । जिल्लाको अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र व्यास गाउँपालिकामा टेलिफोनले काम नगर्ने भएकाले निर्वाचनका बेला थप समस्या हुने भएको हो । यी क्षेत्रमा मोवाइल टावर स्थापना गरिएको भएपनि घाम नलागेसम्म टावरले काम नगर्ने गरेको स्थानीयले गुनासो…

२०७४ असार ७, बुधबार २२:४३ गते  
उम्मेदवारको हत्या प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

मार्मा गाउँपालिका-५ का नेकपा एमालेका तर्फबाट वडा सदस्य पदका उम्मेदवार २७ वर्षीय कमलसिंह बोहरालाई हत्या प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा असार ५ गते आरोपितविरूद्ध उजुरी दिइएको छ । असार ४ गते उम्मेदवार मनोनयनको क्रममा एमाले कार्यकर्ता र उम्मेदवारमाथि नेकपा माओवादी केन्द्रले सुनियोजित तरिकाले हमला गरेको भन्दै आठ जना…

२०७४ असार ५, सोमबार २२:०६ गते  
लटिनाथमा एमाले र माओवादी केन्द्रबीच झडप

दलबलसहित मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउँपालिकाको लटिनाथमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबिच झडप भएको राससले जनाएको छ ।  मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको स्थानीयले जनाएका छन् । माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेर फर्कने र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन…

२०७४ असार ४, आईतवार २१:५८ गते  
दार्चुलामा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो

सदरमुकाम खलंगासहित अधिकांश गाउँपालिका र नगरपालिकामा ठूला तीन राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेका छन् । जिल्लामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका हुन् । राजनीतिक दलले मुख्य चोक, सडक क्षेत्र र सार्वजनिक स्थलहरूमा पार्टीका झण्डा र ठूलाठूला व्यानर पोष्टर राखेको पाइएको…

२०७४ जेष्ठ ३०, मंगलवार २१:२६ गते  
जिल्लास्तरीय बाल अधिकार अनुगमन समिति गठन

आसन्न स्थानीय तह निर्वाचनमा बाल अधिकारको अवस्थाबारे अनुगमन गर्न जिल्लास्तरीय बाल अधिकार अनुगमन समिति गठन भएको छ । निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचन पश्चात बाल अधिकार हनन् हुने अवस्थाको अनुगमन गर्न समिति गठन भएको हो । जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाको अध्यक्षतामा जेठ…

२०७४ जेष्ठ २८, आईतवार २०:५० गते  
विद्यालय शान्ति क्षेत्र बनाउन गरेको प्रतिबद्धता राजीनितिक दलबाटै उल्लङ्घन

विद्यालय शान्ति क्षेत्र राख्ने तथा विद्यालयहरूमा चुनावी आमसभा गतिविधि नगर्ने प्रतिबद्धता जनाएका राजनीतिक दलकै तर्फबाट आफ्नो प्रतिबद्धताको ठाडो उल्लङ्घन गरेका छन् । दार्चुलाको नौगाड गाउँपालिकाका अधिकांश विद्यालयहरूको प्राङ्गण प्रयोग गर्दै चुनावी आमसभा गरेर प्रतिबद्धता उल्लङ्घन गरेका हुन् । अहिले उक्त क्षेत्रमा दैनिक रूपमा विद्यालयहरूमा राजनीतिक दलहरूले चुनावी आमसभा गरिरहेका छन्…

२०७४ जेष्ठ २६, शुक्रबार २१:११ गते  
आचारसंहिता विपरीत सडकको शिलन्यास गरेको भन्दै उजुरी

नेपाली काङ्ग्रेसका महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार हंशराज भट्टसहितको टोलीले नगरपालिकाको श्रीवगड कोट कौतली सडक खण्डको जेठ २३ गते शिलान्यास गरेको भन्दै नेकपा एमाले दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको छ । निर्वाचनको क्रममा कुनैपनि योजनाहरूको शिलान्यास उद्घाटन गर्न नपाइने भएपनि उम्मेदवारसहितको टोलीले सडक शिलान्यास गरेपछि जेठ २४…

२०७४ जेष्ठ २४, बुधबार २१:५८ गते  
ग्रामीण भेगमा मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड

आसन्न स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम ग्रामीण भेगमा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा ग्रामीण भेगमा मतदाता शिक्षा प्रभाकारी हुन नसकेको भन्दै कार्यक्रमका सहभागिहरूले यस्तो कुरामा जोड दिएका हुन् । जेठ २२ गते जिल्ला निर्वाचन कार्यालय दार्चुलाले आयोजना…

२०७४ जेष्ठ २२, सोमबार २१:५३ गते  
चुनावको मिति सार्ने सरकारको निर्णयसँगै गाउँ गएका निर्वान अधिकृतहरू अन्यौलमा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति तेस्रो पटक सारेपछि गाउँपालिकामा पुगेका निर्वाचन अधिकृतहरू अन्यौलमा परेका छन् । दुर्गम क्षेत्रमा पुगेर जेठ १५ गते कार्यालय उद्घाटन गरेका निर्वाचन अधिकृतहरू चुनावको मिति पर सारिएपछि अन्यौलमा परेका हुन् । 'समाचारबाट निर्वाचनको मिति फेरिएको खबर थाहा पाएका छौँ ।'-अपि हिमाल गाउँपालिकाका सहायक निर्वाचन अधिकृत…

२०७४ जेष्ठ १७, बुधबार २१:२८ गते  
एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षा सम्वेदनशील

स्थानीय तहको दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने निर्वाचनमा दार्चुलाका एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षाका दृष्टिले अति सम्वेदनशील रहेको सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये मतदान केन्द्रलाई सम्वेदनशील र अतिसम्वेदनशीलमा छुट्याइएको हो । शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका…

२०७४ जेष्ठ १५, सोमबार २०:४९ गते