चार वर्षदेखि टेलिमेडिसिन सेवा बन्द हुँदा विरामी विशेषज्ञ सेवाबाट वञ्चित
जिल्ला अस्पताल दार्चुलामा विगत चार वर्षदेखि टेलिमेडिसिन सेवा बन्द हुँदा दुर्गम क्षेत्रका बिरामी विशेषज्ञ सेवाबाट वञ्चित भएका छन् । २०७० सालमा आएको महाकाली बाढीले क्षतिग्रस्त जिल्ला अस्पताल दार्चुलाको टेलिमेडिसिन सेवा पुनः सुचारू नहुँदा सेवाग्राही सेवाबाट वञ्चित भएका हुन् । ललितपुरको पाटन अस्पतालका विशेषज्ञ डाक्टरहरूसँग इन्टरनेटमार्फत भिडियो सम्पर्क गरी उपचार गर्ने…
स्वास्थ्य चौकीमा जनशक्ति नहुँदा विरामी उपचार पाउनबाट वञ्चित
स्थानीय तह पुर्नसंरचना पछि अपि हिमाल गाउँपालिकामा खटाइएका स्वास्थ्यकर्मी एक महिना हुँदासम्म गाउँपालिकामा पुगेका छैनन् । गत साउन १ गतेबाट कार्यालयमा हाजिर हुने गरी खटाइएका स्वास्थ्यकर्मी गाउँपालिका नपुगेका हुन् । अपि हिमाल गाउँपालिकाको लागि संयोजक बनाएर पठाइएका गोकुलेश्वर अस्पतालका जनस्वास्थ्य निरीक्षक भानदेव जोशी सम्पर्कमा नै नभएको आरोप छ । जिल्ला…
दार्चुलामा ५ हजार मेट्रिक टन खाद्यान्न अपुग
दार्चुलामा गत आर्थिक वर्षमा झण्डै ५ हजार २३ मेट्रिक टन खाद्यान्न अपुग भएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालले साउन २ गते आर्थिक वर्ष ०७३/०७४ को अन्तिम चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै उक्त परिणाममा खाद्यान्न अपुग भएको देखाएको हो । चैतदेखि आसारसम्मको चौमासिक प्रतिवेदन अनुसार जिल्लामा प्राकृतिक प्रकोप, असिना पानी, हिउँदे…
एमाले वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण गर्न गएका काङ्ग्रेस कार्यकर्ता गिरफ्तार
शैल्यशिखर नगरपालिका-४ रानिशिखरमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार धनीदत्त भट्टलाई आक्रमण गर्न गएका चार जना काङ्ग्रेस कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । असार १२ गते राति साढे ११ बजे घरेलु हतियारसहित आक्रमणमा गर्न गएका काङ्ग्रेस कार्यकर्ता अर्जुन महर, दत्तु महर, गङ्गाराम महर र गोपालराम महरलाइ प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको हो…
मौन अवधि सुरू, प्रचार सामग्री हटाइएन
असार १४ गते हुने स्थानीय तहको निर्वाचनको लागि मौन अवधिमा कुनै पनि दल, उम्मेदवार, कार्यकर्ता तथा सञ्चार माध्यमले चुनावी प्रचारप्रसारलगायतका मतदातालाई प्रभावित पार्ने निर्वाचन प्रचार सामग्री हटाउनुपर्ने उल्लेख भएपनि दार्चुलामा राजनीतिक दलहरूले प्रचार प्रसारको लागि राखेका व्यानर, प्रचार पम्पलेटलगायत प्रचार सामाग्री अझै हटाइएको छैन । मौन अवधि सुरू भएपछि मतदानस्थलको…
काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले उम्मेदवारको घरमा ढुङ्गा प्रहार
शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ बोहरीगाउँमा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार अजब विष्टको घरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् । पीडित विष्टको घरमा नेपाली काङ्ग्रेसको प्रचार टोलीले असार १० गते राति १० बजेतिर ढुङ्गा प्रहार गरेको हो । ढुङ्गा प्रहारबाट कुनै क्षति नभएको…
मतदाता शिक्षा र परिचय पत्र सँगसँगै
दार्चुलाका ९ ओटै स्थानीय तहमा असार ११ गतेदेखि मतदाता शिक्षा र परिचय पत्र सँगसँगै दिइने भएको छ । सबै क्षेत्रमा प्रभावकारी रूपले मतदाता शिक्षा नपुगेको गुनासो पछि परिचय पत्र वितरणकै क्रममा मतदाता शिक्षा दिइने भएको हो । यसअघि यार्सागुम्बा खोजीका लागि लेक गएका कारण सबै क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी हुन…
निर्वाचन सफल पार्न अधिकारकर्मीको सक्रियता आवश्यकः मुख्य निर्वाचन अधिकृत
जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले मानव अधिकारका सवाललाई निर्वाचन केन्द्रीत गर्न सुझाव दिएका छन् । इन्सेक दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठीमा बोल्दै नागरिक तथा राजनीतिक अधिकार सुनिश्चित हुने स्थानीय तह निर्वाचन सफल पार्न अधिकारकर्मीले पनि सक्रिय भूमिका…
इमान्दारीताका साथ जिम्मेवारी पुरा गर्न निर्वाचन आयोगको आग्रह
दोस्रो चरणमा हुन गइरहेको असार १४ गतेको निर्वाचनलाई इमान्दारीका साथ जिम्मेवारी पूरा गर्न निर्वाचन आयुक्त सुधीरकुमार शाहले आग्रह गरेका छन् । असार ९ गते दार्चुला जिल्लाको निर्वाचनको गतिविधि, सुरक्षा अवस्थाको समग्र जानकारी लिन दार्चुला पुगेका शाहले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेका हुन् । अनुगमनको सिलसिलामा पुगेको आयोगको टोलीले…
दार्चुलामा तीन दर्जन उजुरी, आचारसंहिता उल्लङ्घन बढेपनि लिखित उजुरी कम
स्थानीय तह निर्वाचनको क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै दार्चुलामा लिखित तथा मौखिक गरी झण्डै तीन दर्जन उजुरी परेको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत निरञ्जन स्थापितका अनुसार लिखित रूपमा सात र मौखिक २३ ओटा उजुरी परेको हो । लिखित रूपमा परेका सात ओटा उजुरी मध्ये पाँच ओटा उजुरी फछ्यौट भएको…