बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका-८ का २६ वर्षीय इन्द्रसिंह धामीलाई पुस १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पुस १० गते लिखित उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
महिलामाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय सुरेशसिंह विष्टलाई प्रहरीले गिरफ्तार गरेको छ । व्याँस गाउँपालिका-३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विष्टलाई मङ्सिर ८ गते गिरफ्तार गरेको हो । गोकुलेश्वरस्थित विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी विष्टले स्थानीय महिलामाथि दुर्व्यवहार गरेको पीडितले आरोप लगाएको छ ।…
आचारसंहिता उल्लङ्घन बढेपनि निगरानी भएन
निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा आचारसंहिता उल्लङ्घनका घट्ना बढेका छन् । राजनीतिक दलहरूले उम्मेदवारको प्रचार पम्पलेट झण्डाहरू सरकारी कार्यालय कम्पाउण्डमा गाडेर प्रचारप्रसार गरेपनि नियमनकारी निकाय मौन छ । एकसाता अघिबाटै सदरमुकाम खलङ्गाको जिल्ला पशु सेवा कार्यालय, नेपाल टेलिकम अगाडिका क्षेत्रमा प्रचार पम्पलेट टाँस गरेपनि अनुगमनकारी नियकाले देख्न सकेको छैन । सदरमुकाम…
दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो
पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा बृद्घि हुन थालेको छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएपनि उनीहरूले उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । राजनितिक दलहरूले निर्वाचनको प्रचारप्रसार भडि्कलो बनाउदै गएका…
वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप
वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच मङ्सिर ३ गते राति शैल्यशिखर नगरपालिका-६ पनेबाजमा झडप भएको छ । चुनावी प्रचार प्रसारमा रहेका वाम गठबन्धनका कार्यकताहरू पनेबाजमा खाना खाइरहेको बेला काङ्ग्रेस कार्यकर्ताले जिप लगेर ठोक्न खोजेपछि झडप भएको आरोप छ । काङ्ग्रेस कार्यकर्ता चढेको से १ ज १५१ नम्बरको जिप चालक किशनसिंह…
बाम गठबन्धन र काङ्ग्रेस कार्यकर्ताबीच झडप
शैल्यशिखर नगरपालिका-३ देथलामा नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच कात्तिक २९ गते राती झडप भएको छ । झडपमा परी काङ्ग्रेस कार्यकर्ता धिरेन्द्र पाल घाइते भएका छन् । घाइते पालको टाउकोमा सात ओटा टाँका लगाइएको छ । उनको उपचार गोकुलेश्वर अस्पतालमा गरिएको छ । झडप भएलगत्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्स्पेक्टर…
निर्वाचन सुरक्षा सम्वेदनशीलता बढ्योः सुरक्षा समिति
आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षा सम्वेदनशीलता बढेको जनाएको छ । स्थानीय तह निर्वाचनमा जिल्लामा नौ ओटा मतदानस्थल अति सम्वेदनशील र १० ओटा निर्वाचनस्थल सम्वेदनशील रहेकामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन सुरक्षा योजनामा यो सङ्ख्या दोब्बरले बढेको हो ।…
आचारसंहिता उल्लङ्घनका एक दर्जनभन्दा बढी उजुरी
दार्चुलामा आचारसंहिता उल्लङ्घनका एक दर्जनभन्दा बढी उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको समय नजिकिँदै आउँदा निजामति कर्मचारी, गैरसरकारी सङ्घसंस्था स्थानीय तह र राजनीतिक दल र सञ्चार माध्यमहरूको नाममा उजुरी परेको हो । राजनीतिक दलका तर्फबाट परेका उजुरीहरूमाथि अनुसन्धान भइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए…
दार्चुला र बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव
दार्चुला र बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार स्थानीय तहहरूले औषधि खरिद गर्न नसक्दा जिल्लाभरका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका हुन् । स्वास्थ्य संस्थाहरूमा सिटामोलसमेत अभाव रहेको घुसा स्वास्थ्यचौकीकी अनमी पार्वती जागरीले बताइन्…
दार्चुलाका १५ ओटा मतदानस्थल अति सम्वेदनशील
दार्चुलाका १५ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिलले जनाएको छ । सुरक्षा समितिले तयार गरेको विवरण अनुसार जिल्लाभरका १ सय १० मतदानस्थल मध्ये १५ ओटा अति सम्वेदनशील रहेका छन् । जिल्लामा १ सय २९ ओटा मतदान केन्द्र रहेका छन् । स्थानीय तहको निर्वाचनमा वर्ष १ सय २८ मतदान…