जिल्ला कागारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या
२५ जना परूष कैदीबन्दी क्षमता रहेको जिल्ला कारागारमा ४६ जना कैदीबन्दी पुरूष राखिएपछि समस्या भएको कैदीबन्दीले बताएका छन् । क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी स्वास्थ्य उपचारमा समस्या हुने गरेको चौकीदार अमरसिंह महराले बताए । २५ जना पुरूष र १५ जना महिला गरी ४० जना कैदीबन्दीको क्षमता रहेको जिल्ला…
अपिहिमाल गाउँपालिकामा अत्यावश्यक औषधि अभाव
दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधि अभाव भएको छ । गाउँपालिकाले खरिद गरेको औषधिमा अत्यावश्यक औषधि कम खरिद भएपछि औषधि अभाव भएको हो । गाउँपालिका भित्रका ६ वटै वडाका स्वास्थ्यचौकीमा अत्यावश्यक औषधि छैन । गर्मीयाममा बढी जसो झाडापखालाका बिरामी आउने गरेको भएपनि औषधि छैन । बिरामीलाई मेट्रोमिटाझोल दिइने भएपनि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १७ गते महाकाली नपा-४ का २८ वर्षीय ललित पन्तलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई चैत १७ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत…
विपन्न वादी परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग
आर्थिक अभावले गिट्टी कुटेर जिविका चलाइरहेका शैल्यशिखर नपा-९ गोकुलेश्वरका वादी परिवारलाई इन्सेक दार्चुलाले आर्थिक सहयोग गरेको छ । विद्यालय जान कापी कलम किन्न सहयोग पुगोस् भन्नको लागि सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्रसिंह कार्कीले २६ वर्षीया जानकी दमाईको बालबालिकालाई आर्थिक सहयोग गरेका हुन् । अढाइ…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुहु गाउँपालिका-२ हिकिलाकी १८ वर्षीया लक्ष्मी जोशीको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति विरेन्द्र जोशीलाइ चैत ८ गते गिरफ्तार गरेको छ । गत फागुन २७ गते भीरबाट लडेर महिलाको मृत्यु भएको भन्दै स्थानीयले शवको पोष्टमार्टम नगरिकनै खाल्डोमा गाडेपछि हत्या गरेको आरोपमा प्रहरीले जोशीलाई गिरफ्तार गरेको हो । फागुन २६…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका-८ का २६ वर्षीय इन्द्रसिंह धामीलाई पुस १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पुस १० गते लिखित उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
महिलामाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय सुरेशसिंह विष्टलाई प्रहरीले गिरफ्तार गरेको छ । व्याँस गाउँपालिका-३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विष्टलाई मङ्सिर ८ गते गिरफ्तार गरेको हो । गोकुलेश्वरस्थित विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी विष्टले स्थानीय महिलामाथि दुर्व्यवहार गरेको पीडितले आरोप लगाएको छ ।…
आचारसंहिता उल्लङ्घन बढेपनि निगरानी भएन
निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा आचारसंहिता उल्लङ्घनका घट्ना बढेका छन् । राजनीतिक दलहरूले उम्मेदवारको प्रचार पम्पलेट झण्डाहरू सरकारी कार्यालय कम्पाउण्डमा गाडेर प्रचारप्रसार गरेपनि नियमनकारी निकाय मौन छ । एकसाता अघिबाटै सदरमुकाम खलङ्गाको जिल्ला पशु सेवा कार्यालय, नेपाल टेलिकम अगाडिका क्षेत्रमा प्रचार पम्पलेट टाँस गरेपनि अनुगमनकारी नियकाले देख्न सकेको छैन । सदरमुकाम…
दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो
पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा बृद्घि हुन थालेको छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएपनि उनीहरूले उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । राजनितिक दलहरूले निर्वाचनको प्रचारप्रसार भडि्कलो बनाउदै गएका…
वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप
वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच मङ्सिर ३ गते राति शैल्यशिखर नगरपालिका-६ पनेबाजमा झडप भएको छ । चुनावी प्रचार प्रसारमा रहेका वाम गठबन्धनका कार्यकताहरू पनेबाजमा खाना खाइरहेको बेला काङ्ग्रेस कार्यकर्ताले जिप लगेर ठोक्न खोजेपछि झडप भएको आरोप छ । काङ्ग्रेस कार्यकर्ता चढेको से १ ज १५१ नम्बरको जिप चालक किशनसिंह…