स्थानीय निर्वाचनको मिति सारेपछि स्थानीय लेकतिर जाने तयारीमा

सरकारले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको मिति सारेपछि दार्चुलाका हिमाली क्षेत्रका मतदाता लेकतिर जाने तयारीमा छन् । तोकिएको मितिमा निर्वाचन नहुने भएपछि स्थानीय लेकतिर जाने तयारीमा जुटेका हुन् । दार्चुलाका एक दर्जन भन्दा बढी गाउँ स्थानीयहरूका लागि यो समय यार्सागुम्बा सङ्कलनको समय हो । उनीहरू यार्सागुम्बा सङ्कलनको…

April 27, 2017  
बाढी पीडित किसानहरूले क्षतिपूर्ति पाएनन्

गत असारमा बाढी पहिरोका कारण धान, गहुँ मकैमा क्षति भएपछि पीडित भएका १७ गाविसका किसानहरूले हालसम्म राज्यबाट राहत रकम पाएका छैनन् । बाढी पहिरोका कारण खरकडा, दत्तु, शङ्करपुर, मालिकार्जुन, भगवती, ग्वानी, लाली, डाँडाकोट, उकु, हुनैनाथ, सर्मौली, गोकुलेश्वर, देथला, रिठाचौपाता, शिखर र बोहरीगाउँमा धान गहुँ मकैमा क्षति पुगेको कृषि विकास कार्यालयले…

April 26, 2017  
बलात्कारको उजुरी दर्ता गर्न ढिलाइ भएको भन्दै पहलका लागि इन्सेकसँग सहयोग माग  

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मालिकार्जुन गाउँपालिका-३ का ३७ वर्षीय गम्भीरसिंह धामीविरुद्ध दिइएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै सहयोगका लागि पीडित पक्षले इन्सेकको सहयोग मागेको छ । पीडितका आफन्तले वैशाख ७ गते भएको उक्त घटनाको उजुरी अहिलेसम्म पनि दर्ता नगरेको भन्दै वैशाख ११ गते इन्सेक प्रतिनिधिलाई सहयोगको लागि…

April 24, 2017  
भारी बोक्ने बालबालिका भन्छन्-'भोको पेटले कसरी विद्यालय जानु !'

कालो पाइन्ट । निलो र्सट । हँसिलो अनुहारभित्र निराशाको बादल मडारिइरहेको स्पष्टै देखिन्छ । गार्‍हो भयो भन्न सक्दैनन् । तर, हाउभाउले त्यसै भन्छ । झिसमिसे मै डेढ घण्टाको उकाली । उज्यालो भएपछि दुई घण्टाको ओरालीको यात्रा । आर्थिक जोहो गर्नुछ । कापी कलम किन्नु छ । भोको पेट भर्न दिनहुँ…

February 12, 2017  
क्याम्पसमा एक सातादेखि तालाबन्दी, विद्यार्थीको पठनपाठन प्रभावित

गोकुलेश्वर बहुमूखी क्याम्पस गोकुलेश्वरमा एक सातादेखि लगाइएको तालाबन्दीका कारण क्याम्पसको पठनपाठन प्रभावित भएको छ । शिक्षक भर्ना, विद्यालयको विधि विधान, आर्थिक अनियमितता लगायतका विषय उठाउँदै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले माघ १८ गतेबाट क्याम्पसमा तालाबन्दी गरेका हुन् । क्याम्पसमा विद्यार्थीले लगाएको ताला माघ २३ गते राति तोडिएको छ भने क्याम्पसले लगाएको ताला…

February 7, 2017  
दार्चुलाका ग्रामीण भेगमा औषधि अभाव

दार्चुलाका ग्रामीण स्वास्थ्य संस्थाहरूमा सामान्य रोगका लागि आवश्यक औषधिसमेत अभाव भएको छ । जिल्ला अस्पताल दार्चुलाले दुई दिनअघि पत्रकार सम्मेलन गरी जिल्लाभरी औषधि पर्याप्त रहेको बताएको थियो । शङ्करपुर स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन । शङ्करपुर स्वास्थ्य चौकीका इञ्चार्ज गुणराज ओझाका अनुसार अहिले प्रति व्यक्ति दुई ट्याब्लेट मात्रै दिएर पठाउने गरिएको…

February 3, 2017  
'दलित र गैरदलितको मन्दिर अलगअलग'

खरकडा गाविसमा अझै पनि दलित र गैरदलितको मन्दिर नै अलगअलग छन् । मन्दिर नै अलग भएपछि पूजापाठ पनि दलित र गैरदलितले छुट्टाछुट्टै मन्दिरमा गर्ने गरेका छन् । खरकडा गाविस-९ झलातीमा रहेका दुई वटा मन्दिरमा दलित र गैरदलित छुट्टाछुट्टै पूजा गर्ने गरेका हुन् । उक्त वडाको कैलपाल मन्दिरमा दलितले मात्र पूजा…

January 31, 2017  
महिनावारीका समयमा विद्यालय जान नहुने कुसंस्कारका कारण छात्राहरूको पढाइ प्रभावित

दार्चुलाको लेकम क्षेत्रमा छात्राहरू महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । सुदूरपश्चिममा रहेको छाउपडी कुप्रथाको कारण छात्राहरू महिनावारी भएको बेलामा विद्यालय जानबाट वञ्चित हुने गरेका हुन् । घर परिवारको रुढिवादी सोच र चेतनाको अभावका कारण छात्राहरू विद्यालय जानबाट वञ्चित हुने गरेका हुन् । दार्चुलाको उकु, लाली, खरकडा,…

January 29, 2017  
घरेलु हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित फरार

दत्तु-७ की २७ वर्षीया सुना धामीको हत्या गरी ५१ वर्षीय पति धिरेन्द्रसिंह धामी फरार भएका छन् । भगवती गाविस ७ स्थायी घर भइ हाल दत्तुमा अस्थायी बसोबास गर्दै आएकी धामीलाई आरोपितले पुस ११ गते राति घरमा सुतिरहेको अवस्थामा घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पीडित महिलाको…

December 27, 2016  
ग्रामीण भेगमा लुकेका घटना उजार गर्नुपर्नेमा सांसद ठगुन्नाको सुझाव

दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाका ग्रामीण भेगमा अहिले पनि लुकेर रहेका घटनाहरूलाई समेत मानव अधिकार वर्षपुस्तकमा समेट्नुपर्ने सुझाव दिएका छन् । इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ को प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठीमा बोल्दै सांसद ठगुन्नाले यस्तो सुझाव दिएका हुन् । मानव अधिकारको क्षेत्र…

December 18, 2016