विद्यार्थीहरु चुहिने जीर्ण भवनमूनि बसेर पढ्न बाध्य
मालिकार्जुन गाउँपालिका–६ स्थित गरडा माध्यमिक विद्यालय, बाकुका विद्यार्थीहरु जीर्ण भवन र पानी चुहिने कोठामूनि बसेर पढन बाध्य भएका छन् । निरन्तर वर्षाका कारण भवन चुहिन थालेको छ । जीर्ण भवनको मर्मतसम्भार नगरिएका कारण विद्यार्थीहरु चुहिने भवनमूति बसेर पढ्न बाध्य भएका हुन् । भवन जीर्ण भएर पानी चुहिने कक्षाकोठा भित्रै विद्यार्थीहरु…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ को लागि संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको जिल्लास्थित सरोकारवालाहरुसँग अर्धवार्षिक समीक्षा सम्पन्नभएको छ । सन् २०२४ जनवरीदेखि जुनसम्म संकलन गरिएका घटनाहरुको बारेमा समीक्षा गरिएको हो । इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जिल्लामा संकलन…
खाद्य डिपोमा चामल नहुँदा स्थानीयलाई सास्ती
अपि हिमाल गाउँपालिकाका खाद्य डिपोहरुमा खाद्यान्नको चामल सकिएपछि स्थानीय रित्तै घर फर्किन बाध्य भएका छन् । गाउँपालिका क्षेत्रमा रहेका तीन ओटै खाद्य संस्थानका डिपोहरुमा चामलको अभाव भएपछि स्थानीयहरुले सास्ती खेप्नुपरेका हो । अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह बोहराका अनुसार गाउँपालिका क्षेत्रमा स्थापना भएका खण्डेश्वरी खाद्य डिपो, घुसा खाद्य डिपो र सितोला…
हिमाली क्षेत्रका विद्यालय तीन सातादेखि बन्द, पठनपाठन प्रभावित
यार्सागुम्बा व्यवस्थापन निर्देशिका–२०७३ ले नागरिकता नभएका बालबालिकालाई यार्सागुम्बा संकलनको लागि अनुमति नदिएको भएपनि अभिभावकसँगै बालबालिकहरु यार्सा संकलन गर्न लेक गएदेखि हिमाली क्षेत्रका विद्यालयहरु तीन सातादेखि बन्द भएका छन् । बालबालिकाहरु विद्यालय आउन छाडेपछि यस क्षेत्रबा विद्यालयहरुमा तीन सातादेखि विद्यालयको पठनपाठन हुनसकेको छैन् । उच्च भेगका शिक्षक र बालबालिकाहरु अभिभावकसँगै व्यवहारिक…
खाद्य डिपोमा चामल नहुँदा स्थानीय मर्कामा
व्याँस गाउँपालिका–२ मा तीन महिनायता खाद्यान्न ढुवानी भएको छैन् । राप्ला डिपोमा चामल ढुवानी नभएपछि दुम्लीङबस्तीमा खाद्यान्नको अभाव भएको छ । सडक सञ्जाल नपुगेको दुम्लीङमा खाद्यान्न ढुवानी नहुँदा समस्या भएको स्थानीय प्रभात बुढाथोकीले गुनासो गर्नु भयो । एक महिनादेखि चामल गाउँमा पाउन छोडेको छ । निर्माणाधीन दार्चुला–तिंकर सडक खण्डमा गाडी…
सीमामा खटिएका स्वास्थ्यकर्मी सात महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित
भारतसँग सीमा जोडिएको जिल्ला सदरमुकाम खलंगास्थित पुलघाट नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले सात महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित भएका छन् । चालू आर्थिक वर्षको कात्तिक महिनादेखि पुलघाट नाकामा कार्यरत स्वास्थ्यकर्मीहरु तलब सुविधा पाउनबाट वञ्चित हुनुभएको हो । नाकामा बिना पारिश्रमक काम गरिरहेका उनीहरु तलब आउने र नआउने सुनिश्तिता नहुँदा…
कुनै पनि प्रकारको शुल्क नलिन सामुदायिक विद्यालयलाई पत्राचार
महाकाली नगरपालिकाले चालु शैक्षिक सत्रबाट नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा निः शुल्क शिक्षा सञ्चालनमा ल्याएको छ । नगरपालिका क्षेत्रका ४६ ओटा सामुदायिक विद्यालयलाई पत्राचार गरी नयाँ शैक्षिक सत्रदेखि कुनै प्रकारको शुल्क नलिन पत्राचार गरेपछि यस क्षेत्रका विद्यालयहरुमा निःशुल्क भर्ना तथा पठनपाठन सुरु भएको छ । नेपालको संविधानको धारा ३१ मा प्रत्येक…
रेविज विरुद्धको खोप अभाव हुँदा बिमारीलाई सास्ती
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेविज विरुद्धको खोप अभाव जिल्ला अस्पताल, दार्चलामा अभाव भएपछि बिरामीहरुलाई थप समस्या उत्पन्न भएको छ । जिल्ला अस्पतालमा रेविज विरुद्धको खोप अभाव हुँदा जङ्गली जनावर र घरपालुवा कुकुरले टोकेका बिरामीहरुले समस्या भोग्नुपरेको छ । कुकुरले टोकेपछि रेविज विरुद्धको खोप लगाउन जिल्ला अस्पतालमा आएको भए पनि…
गोकुलेश्वर अस्पतालका स्वास्थ्य उपकरण मर्मत नहुँदा बिरामीहरुको चेकजाँच तथा उपचारमा समस्या
शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर अस्पतालमा रहेको एक्सरे मेसिन विग्रिएको दुई महिना वितिसक्दा समेत मर्मतसम्भार नहुँदा स्थानीयहरुको उपचार सेवा नै प्रभावित हुदै आएको छ । ‘एक्सरे मेसिन नहुँदा बिरामीको चेकजाँच हुन सकेको छैन्,’ गोकुलेश्वर अस्पतालका डाक्टर मनोज पालले भन्नु भयो, ‘बिरामी आउँदा सिधैं बाहिर पठाउनु पर्ने अवस्था छ ।’ अस्पतालमा रहेको एक्सरे…
दलितबस्तीमा खानेपानी अभाव, स्थानीयलाई समस्या
गाउँमा पानी ट्यांकी बनेको छ । घर नजिकै पानी धारा पनि बनेका छन् । तर, धारासम्म पानी पाईप पुगेको छैन् । खानेपानीको धारा बन्दा स्थानीय खुसी पनि भए । तर, धारामा पानी नआउँदै उपभोक्ता समितिका अध्यक्षले काम सकियो भनेपछि स्थानीय चकित हुनुभएको थियो । यो प्रसँग हो, शैल्यशिखर नगरपालिका–३ को…