पुनर्स्थापनाको अभावमा बाढीपहिरो पीडित समस्यामा
मार्मा गाउँपालिका–४ मर्मतीका बिरे विष्टको परिवार अझै घर फर्किन सकेको छैन् । गत असार अन्तिमसाता गन्याड खोलामा आएको बाढीपहिरोका कारण विस्थापित भएका उहाँको परिवार अहिले पनि पन्तबगरमा इष्टमित्रको घरमा बस्न बाध्य छन् । विस्थापित बिरे विष्ट छोरा भोजराजको उपचारमा धनगढी मायामेट्रो अस्पतालमा छन् । बाढीपहिरोका कारण घरखेत बगरमा परिणत भएदेखि…
रक्त संकलन केन्द्र (ब्लड बैंक) नहुँदा गर्भवती, सुत्केरी र बिरामीलाई सास्ती
जिल्लामा ब्लड बैंक सञ्चालनमा नहुँदा जिल्ला अस्पतालमा आउने बिरामीले आफन्त वा दाताका भरमा रगत जुटाउँदै आइरहेका छन् । जिल्लामा ब्लड बैंक नहुँदा विशेष गरी गर्भवती, सुत्केरी र बिरामीहरुले सास्ती खेप्नुपरेको हो । रगत आवश्यक पर्दा बिरामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सर्वसाधारण र स्वास्थ्यकर्मीको भर पर्नु पर्ने बाध्यता…
दुम्लीङमा तुईन काटिदा दैनिक आवतजावत ठप्प !
व्याँस गाउँपालिका–२ दुम्लीङका स्थानीयको दैनिक आवतजावत महाकाली नदीमा तुईनमार्फत हुने गर्छ । तर, त्यो तुईन पनि भारतीय सुरक्षाकर्मीले काटिदिएपछि यहाँका स्थानीयको आवतजावत ठप्प बनेको छ । कुटानिपिसानीदेखि खाद्यान्न ढुवानी भारतबाटै हुने गर्छ । सदरमुकाम खलंगासम्म आउजाउँ त्यहिँ तुईनबाट स्थानीयले गर्दै आएका थिए । तर, भारतीय स्वतन्त्रता दिवसमा समस्या हुने भन्दै…
क्षतिग्रस्त खानेपानीको मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती
मालिकार्जुन गाउँपालिकामा लिफ्टिङ खानेपानीको मुहानमा पहिरो गएर क्षतिग्रस्त भएको एक हप्ता वितिसक्दा समेत मर्मतसम्भार नभएपछि स्थानीयहरुले खानेपानीको जोहो गर्न सास्ती खेप्नुपरेको छ । एक साता अघि आएको पहिरोले ट्याङ्कीमा जडान गरिएको, सोलार प्यानल, पुर्णरूपमा क्षति गरेपछि स्थानीय खानेपानीबाट वञ्चित भएका छन् । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ को कोटिला लिफ्टिङ…
ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय–पत्र बनाउनै सास्ती
जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्दै आउनुभएका ज्येष्ठ नागरिकलाई राष्ट्रिय–पत्र बनाउन सास्ती खेप्नुपरेको छ । टाँढाबाट सदरमुकाम आवतजावतमै समस्या खेप्नुपरेको ज्येष्ठ नागरिकको गुनासो छ । मालिकार्जुन गाउँपालिका–२ का ७० वर्षीया चिमती धामीले भन्नु भयो, ‘चार / पाँच घण्टा पैदल हिडेरै मात्रै यातायातको साधान पाइन्छ । गाडीमा एक्लै जान सकिदैन् । दुई…
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
मालिकार्जुन गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको माछापुच्छ्ररे बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई शिविरको माध्यमबाट वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै प्रदान गरेपछि ज्येष्ठ नागरिक पनि खुसी…
कारागारमा शाैचालय अभाव हुँदा पालो पर्खेर शौचालय जानु पर्ने बाध्यता
२५ जना पुरुष र १५ जना महिला सहित ४० जना क्षमता भएको जिल्ला कारागार, दार्चुलामा पुरुष कक्षतर्फ झण्डै तीन गुणा बढी पुरुष कैदीबन्दी हुँदा कैदीबन्दीहरुलाई शौचालय प्रयोग गर्न नै समस्या भोग्नुपरेको छ । शौचालयका सेफ्टी टङ्याकी भरिएपछि कैदीबन्दीको लागि शौचालय जान समस्या भएको हो । कारागारमा अहिले ५८ जना कैदी…
विद्यार्थीहरु चुहिने जीर्ण भवनमूनि बसेर पढ्न बाध्य
मालिकार्जुन गाउँपालिका–६ स्थित गरडा माध्यमिक विद्यालय, बाकुका विद्यार्थीहरु जीर्ण भवन र पानी चुहिने कोठामूनि बसेर पढन बाध्य भएका छन् । निरन्तर वर्षाका कारण भवन चुहिन थालेको छ । जीर्ण भवनको मर्मतसम्भार नगरिएका कारण विद्यार्थीहरु चुहिने भवनमूति बसेर पढ्न बाध्य भएका हुन् । भवन जीर्ण भएर पानी चुहिने कक्षाकोठा भित्रै विद्यार्थीहरु…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ को लागि संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको जिल्लास्थित सरोकारवालाहरुसँग अर्धवार्षिक समीक्षा सम्पन्नभएको छ । सन् २०२४ जनवरीदेखि जुनसम्म संकलन गरिएका घटनाहरुको बारेमा समीक्षा गरिएको हो । इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जिल्लामा संकलन…
खाद्य डिपोमा चामल नहुँदा स्थानीयलाई सास्ती
अपि हिमाल गाउँपालिकाका खाद्य डिपोहरुमा खाद्यान्नको चामल सकिएपछि स्थानीय रित्तै घर फर्किन बाध्य भएका छन् । गाउँपालिका क्षेत्रमा रहेका तीन ओटै खाद्य संस्थानका डिपोहरुमा चामलको अभाव भएपछि स्थानीयहरुले सास्ती खेप्नुपरेका हो । अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह बोहराका अनुसार गाउँपालिका क्षेत्रमा स्थापना भएका खण्डेश्वरी खाद्य डिपो, घुसा खाद्य डिपो र सितोला…