स्वास्थ्य केन्द्र डाक्टरविहिन हुँदा सेवाबाट वन्चित भएको स्थानीयको गुनासो
जोरायल गाउँपालिकास्थित लक्ष्मीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि डाक्टर नहुँदा आफूहरुले समस्या झेल्नु परेको सो क्षेत्रका स्थानीयहरूले गुनासो गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीहरुको दरबन्दी रहेको भएपनि डाक्टर सहितका स्वास्थ्यकर्मीहरु नभएको कारण सो क्षेत्रका स्थानीयहरुले समस्या झेल्नु परेको हो । लक्ष्मीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा…
शुद्ध खानेपानीबाट वन्चित रहेको स्थानीयको गुनासो
नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनि स्पष्ट व्यवस्था गरिएको भएपनि बोगटान फुडशिल गाउँपालिका–६ गगुडाका १ सय २० परिवारले शुद्ध खानेपानीबाट वन्चित हुँदै आएको गुनासो गरेका छन् । चन्द जातीको बाहुल्यता रहेको गगुडा गाउँमा वर्षौदेखि खानेपानीको समस्या रहेको…
क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
‘ख’ श्रेणीको जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेलिरहेको कैदीबन्दीले दुखेसो पोखेका छन् । २५ जनाको क्षमता भएको जिल्ला कारागार डोटीमा कारागारमा २७ जना कैदी र ३२ जना थुनुवा गरी ५९ जना छन् । कैदी प्रकाश ढोलीका अनुसार कारागारमा पुरुष कक्षतर्फ झण्डै तीन गुणा बढी कैदीबन्दी भएकाले…
कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा
यातायात कार्यालय, डोटीमा कर्मचारी नहुँदा आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यालयमा कर्मचारी नहुँदा कार्यालयबाट प्रवाह गरिने सवारी दर्ता तथा नविकरण, नामसारी, सवारी चालक अनुमति–पत्र, यातायात सेवा पञ्जिकृत, सवारी जाँचपास, पटके बाटो इजाजत–पत्र लगायतका सेवाहरु लिन समस्या भएको हो । कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दा…
व्यवस्थापनमा समस्या हुँदा बाल सुधार गृहमा राखिएका बालबालिकाहरुलाई सास्ती
बाल सुधार गृह व्यवस्थापन हुन नसक्दा सुधार गृहमा राखिएका बालबालिकाहरुले सास्ती भोग्नु परेको अधिकारकर्मी तथा सारोकारवालाहरुले गुनासो गरेका छन् । सुधार गृहमा क्षमता भन्दा दोब्बर बालबालिका राखिएका कारण व्यवस्थापनमा समस्या हुन गई बालबालिकाहरुले सास्ती खेप्नु परेको मानव अधिकारकर्मी मिना आउजिले बताउनु भयो । उहाँले भन्नु भयो– ‘बाल सुधार गृहमा खानेपानीको…
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सार्वजनिक सुनवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), धनगढीको सहयोग तथा मानव अधिकार समुह दिपायल, सिलगढीको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा माघ २५ गते सिलगढीमा सार्वजनिक सुनवाई सम्पन्न भएको छ । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गरिने परियोजना अन्तर्गत सो कार्यक्रम गरिएको परियोजनाका जिल्ला सहजकर्ता रञ्जना…
प्राविधिक सेवा पाउन नसक्दा समस्या भएको कृषकहरुको गुनासो
भेटेनरी प्राविधिक सेवा पाउन नसकेका कारण आफूहरुलाई समस्या हुने गरेको केआईसिंह गाउँपालिकाका कृषकहरुले गुनासो गरेका छन् । चौपायाहरु बिरामी पर्दा प्राविधिक सेवाका लागि गाउँपालिक कृषि शाखामा अनुरोध गर्दा कुनै सुनवाई नहुँने गरेका कारण चौपायाहरुको उपचारमा समस्या हुने गरेको केआईसिहँ गाउँपालिका–६ फलेडीका तारा बिकले गुनासो गर्नु भयो । गाई,गोरु र बाख्रा…
अपाङ्गमैत्री भौतिक संरचना नहुँदा सेवाग्राही समस्यामा
जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरुले गुनासो गरेका छन् । निर्माण गरिएका सरकारी कार्यालयहरु अपाङ्गमैत्री नभएका कारण कार्यालयमा पुगेर सहज रुपमा सेवा लिन समस्या हुँदै आएको केआईसिहँ गाउँपालिका–४ वायलका अशक्त तथा अपाङ्ग भरतराज अवस्थीले दुखेसो पोख्नु भयो…
कृषि प्राविधिक सेवा नपाएका कारण समस्यामा परेको कृषकहरुको गुनासो
सरकारले एक गाँउ एक कृषि प्राविधिक राख्ने अवधारण लागु गरेको भएपनि आफूहरुले कृषि प्राविधिक सेवा नपाएकै कारण कृषिजन्य बालिमा रोग लागेर नोक्सानी बेहोर्नु परेको दिपायल सिलगढी नगरपालिकाका कृषकहरुले गुनासो गर्नु भएको छ । दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडाका कबिता भण्डारीले आफूले लगाएको तरकारी बालिमा रोग लागेको भएपनि कृषि प्राविधिकबाट सल्लाह पाउन…
खाद्य तथा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत खाद्य तथा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते पुर्बिचौकी गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेकद्धारा पुर्बिचौकी गाउँपालिकामा गठन गरिएको मानव अधिकार समुहको आयोजना तथा पुर्बिचौकी गाउँपालिकाको समन्वयमा खाद्य तथा आवासको …