इन्सेकलगायत अधिकारकर्मीहरुको पहलमा बालिकाको उद्धार

के.आइ.सिँह गाउँपालिका– ५ की १६ वर्षीया बालिकाको इन्सेकलगायत अधिकारकर्मीको टोलीले असोज १२ गते दिपायल पिपल्ला बजारबाट उद्धार गरेको छ । मानसिक समस्या भएकी बालिका झण्डै पाँच वर्षदेखि घर छोडेर दिपायल पिपल्ला क्षेत्रमा बेसाहरा भएर असुरक्षित रुपमा बस्दै आएको जानकारी प्राप्त भएपछि इन्सेकलगायत अधिकारकर्मीहरुको टोलीले प्रहरीसँग समन्वय गरी उद्धार गरेको हो…

September 29, 2021  
मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम  प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते सिलगडीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयले मानव अधिकारकर्र्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरेकोले यसको प्रचारप्रसार गर्न र आदेशको पूर्ण कार्यान्वयन गर्न सम्बन्धीत निकायहरुको…

September 21, 2021  
स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय, धनगढीको सहयोग तथा पुर्वीचौकी गाउँपालिका मानव अधिकार समूहको आयोजनामा स्थानीय सरोकारवालाहरुसँग स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ २१ गते पुर्वीचौकी गाउँपालिकामा सम्पन्न भएको छ । नागरिकलाई स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्न र स्वास्थ्य उपचारका सन्दर्भमा स्थानीय नागरिकहरुसँग जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको पुर्वीचौकी…

September 6, 2021  
अज्ञात पक्षद्वारा विद्यालय र स्वास्थ्य चौकीमा तोडफोड

बोगटान फुडसिल गाउँपालिका–२ स्थित केदारअखडा माध्यमिक विद्यालयको कार्यालय र केदारअखडा स्वास्थ्य चौकीमा अज्ञात पक्षद्वारा भदौ १६ गते राति तोडफोड गरिएको छ । अज्ञात पक्षद्वारा विद्यालयको कार्यालयमा लगाएको ताला तोडेर कार्यालय भित्र प्रवेश गरी सात ओटा दराज, फर्निचर र कागज–पत्र च्यातेर क्षती पुर्‍याइएको बोगटान फुडसिल गाउँपालिका–२ का अध्यक्ष कर्ण बोहराले इन्सेक…

September 3, 2021  
कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा

जिल्ला प्रशासन कार्यालय, डोटीमा दरबन्दी अनुसारका कर्मचारी नुहुँदा सेवाग्राहीहरुले समस्या भोग्दै आएका छन् । २७ जनाको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय, डोटीमा हाल १४ जना मात्रै कार्यरत रहेका छन् । दरबन्दी अनुसारका कर्मचारी नभएको पाँच वर्ष वितिसक्दा समेत रिक्त कर्मचारीहरुको पदपुर्ति नहुँदा सेवाग्राहीहरुले समस्या भोग्दै आएका हुन् । जिल्लास्थित अन्य…

August 25, 2021  
विद्यालय सञ्चालनमा वैकल्पिक व्यवस्था नभएका कारण विद्यार्थीहरु समस्यामा

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनका लागि प्रभावकारी वैकल्पिक व्यवस्था नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षाको अधिकारको सुनिश्चित गरिएको भएपनि कोभिडका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा नआउँदा विद्यार्थीहरुको पठनपाठन ठप्प हुन गई बालबालिकाहरु शिक्षा पाउने अधिकारबाट…

August 19, 2021  
वर्षौदेखि उच्च जोखिममा दलितबस्ती

के.आई.सिंह गाउँपालिका–५ जमलकटियामा अवस्थित दलितबस्ती वर्षौदेखि उच्च जोखिममा रहेको भएपनि स्थान्तरण हुन सकेको छैन् । ३५ घरदुरी रहेको दलितबस्तीको शिरमा तीन ठुला पत्थर खारियर बसेकाले जुनसुकै बेलापनि ती पत्थरहरु खसेर बस्ती नै जोखिममा पर्ने खतरा उत्पन्न भएको हो । बस्ती जोखिममा रहेकोले स्थान्तरणका लागि सरकारी निकायसँग बारम्बार गुहार माग्दा कुनै…

August 18, 2021  
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–२ मालिका टोलका ४४ वर्षीय बिरेन्द्रबहादुर सिंहलाई साउन ३० गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका फरार आरोपित सिंहलाई साउन ३० गते शिखर नगरपालिका–२ कालगाडबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, दिपायलमा जिम्मा लगाइएको पीडितका दाजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । भेटघाट…

August 16, 2021  
अवरुद्ध सडक सञ्चालनमा नल्याउदा नागरिकलाई सास्ती

महिनौदेखि अवरुद्ध रहेको राजपुर फलेडि धिर्कामाडौँ सडक सञ्चालनमा नल्याउदा सो क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । अविरल वर्षाका कारण राजपुर फलेडि धिर्कामाडौँ सडक खण्डको जङ्गल क्षेत्रमा हिलाम्य र ठाउँ–ठाउँमा पहिरो खसेका महिनौ बितिसक्दा समेत सरोकारवालाहरुले सडक सञ्चालन गर्न कुनै पहल नगरेपछि स्थानीयहरुले सास्ती खेप्नु परेको हो । सडक सञ्चालनमा…

August 16, 2021  
अज्ञात पक्षद्वारा एक्साभेटरमा आगजनी

मिलन कन्स्ट्रक्सनको बा २ क ८५२१ नम्बरको एक्साभेटरमा असार २२ गते राति अज्ञात पक्षद्वारा आगजनी गरिएको छ । बडीकेदार गाउँपालिकाको देउलीस्थित रिसेडी सडक खण्डमा प्रयोग गरिएको इक्साभेटरमा अज्ञात पक्षले रातिको समयमा आगजनी गरेको जानकारी पाएपछि घटनामा सङ्लग्न पक्षको खोजी कार्य गर्न प्रहरीलाई अनुरोध गरिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण चन्दले बताउनु…

July 7, 2021