बाल सुधार गृहको व्यवस्थापन हुन नसकेपछि बालबालिका समस्यामा
बाल न्याय सम्पादन कार्यविधि नियमावली २०७६ को परिच्छेद–२ को ६ मा बाल सुधार गृह निगरानी कक्षमा स्वच्छ पिउने पानी, पोषणयूक्त खानेकुरालगायतको न्यूनतम सुविधाको व्यवस्था हुनु पर्ने उल्लेख गरिएको भएपनि बाल सुधार गृह, डोटीमा यी सेवा सुविधाबाट बालबालिकाहरु वञ्चित हुँदै आएका छन् । २५ जना क्षमता रहेको बाल सुधार गृह, डोटीमा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १४ गते सिलगढीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले इन्सेकले वर्र्ष भरी जिल्लामा भएका मानव अघिकार उल्लङ्घनका घटनाहरु सङ्कलन गरी प्रकाशन गर्दै आएका भएपनि यस वर्र्ष बाढीपहिरोबाट पीडित भएकाहरुको तथ्याङ्क पनि वर्ष पुस्तकमा समेट्न आग्रह गर्नु…
कमजोर आर्थिक अवस्था र जन्मदर्ता नहुँदा बालबालिका विद्यालय जानबाट वञ्चित
नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वागीण व्यक्तित्व विकाशको हक हुने व्यवस्था गरिएको भएपनि के.आई.सिं.गाउँपालिका–७ सलेनाका एकै परिवारका तीन जना बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । के.आई.सिं.गाउँपालिका–७ सलेनाकी एकल महिला काली नेपलीका…
वर्ष दिन बितिसक्दा समेत मजदुरहरुले ज्याला पाउन सकेनन्
पुर्बीचौकी गाउँपालीका–२ बग्लेकमा स्वास्थ्य चौकी निर्माण गरिएको एक वर्ष बितिसक्दा समेत निर्माण कार्यमा संलग्न मजदुरहरुले ज्याला पाउन सकेका छैनन् । २०७४ सालमा १ करोड ७० लाख रुपियाँमा ठेक्का पाएको पीएस कन्स्ट्रक्सन प्राली, सिलगढीले भवन निर्माण गरेको एक वर्ष भइसक्दा पनि कम्पनीले ज्याला नदिएर श्रम शोषण गरेको मजदुरहरुले दुखेसो गरेका छन्…
विद्यार्थीहरु चिसो भुइँँमा बसेर पढ्न बाध्य
नेपालको संविधान २०७२ को धारा ३९(२)मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारा, खेलकुद तथा मनोरञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको भएपनि केआइ सिह गाउँपालिका–५ दुर्गा प्राथमिक विद्यालयमा अध्ययनरत १ सय ३६ जना विद्यार्थीहरु भुइँमै बसेर पढन बाध्य भएका छन ।…
स्थानीयहरु दुषित पानी पिउन बाध्य
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि के.आइ.सिह गाउँपालिका–३ बासुदेबीका स्थानीयहरु तीन सातादेखि दुषित पानी पिउन बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेश लगायत देशभर असोज ३१ गतेदेखि असोज ३ गतेसम्म परेको अविरल वर्षाका कारण भत्किएको के.आइ.सिह.गाउँपालिका–३…
बाढीपीडितहरु राहत पाउनबाट वञ्चित
राहतको पार्खाइमा बसेका दिपायल सिलगढी नगरपालिका– ५ कोइरेली, के. आइ. सिंह गाउँपालिका–१ लोली र सायल गाउँपालिका– ५ डौडका बाढीपीडितहरूले दुई साता बितिसक्दा पनि राहत पाउन सकेका छैनन् । असोज ३१ गते बाट सुरु भएको बेमौसमि अविरल वर्षाका कारण आएको पहिरोले धनजनको क्षति व्यहोर्नु परेका बाढीपहिरो पीडितहरुले दुई हप्ता बितिसक्दा समेत…
डोटीमा आमाको नाम थरबाट नागरिकता दिन प्रशासनको आनाकानी
जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता अनिवार्य चाहिने भनेपछि सायल गाउँपालिका–१ छपालीकी २० वर्षीया सुशीला रोकाया नागरिकता प्रमाणपत्र नबनाइ फर्किन बाध्य हुनु भएको छ । रोकायाले आमा र पतिको नागरिकता, आफ्नो जन्मदर्ता प्रमाणपत्र लगायत पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र नपाएको आरोप लगाउनु भएको छ । ‘आमाको र पतिको नागरिकता, मेरो जन्मदर्ता…
इन्सेकलगायत अधिकारकर्मीहरुको पहलमा बालिकाको उद्धार
के.आइ.सिँह गाउँपालिका– ५ की १६ वर्षीया बालिकाको इन्सेकलगायत अधिकारकर्मीको टोलीले असोज १२ गते दिपायल पिपल्ला बजारबाट उद्धार गरेको छ । मानसिक समस्या भएकी बालिका झण्डै पाँच वर्षदेखि घर छोडेर दिपायल पिपल्ला क्षेत्रमा बेसाहरा भएर असुरक्षित रुपमा बस्दै आएको जानकारी प्राप्त भएपछि इन्सेकलगायत अधिकारकर्मीहरुको टोलीले प्रहरीसँग समन्वय गरी उद्धार गरेको हो…
मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते सिलगडीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयले मानव अधिकारकर्र्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरेकोले यसको प्रचारप्रसार गर्न र आदेशको पूर्ण कार्यान्वयन गर्न सम्बन्धीत निकायहरुको…