जातीय विभेद कायमै रहेका कारण उत्पादन गरेको दुध बिक्री नहुँने गरेको दलित समुदायको गुनासो
जातीय विभेद कायमै रहेका कारण आफूहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुने गरेको दिपायल सिलगढी नगरपालीका–५ धामीगाँउका दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ । दिपायल सिलगढी नगरपालिका–५ धामीगाउँकी जोगेनी पार्कीले भैसीपालन गरी दुध उत्पादन गर्दै आएको भएपनि आफू दलित समुदायको व्यक्ति भएको थाँहा पाएपछि नियमित दुध लिदै आएका गैरदलित…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले के. आइ .सिंह गाउँपालिका काफली टोलका २४ वर्षीय शिद्ध कठायतलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार १२ गते ईलाका प्रहरी कार्यालय, वायलमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको…
समयमै पाठ्यपुस्तक नपुग्दा बालबालिकाहरु विद्यालय जानबाट वञ्चित
नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशूल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क पाउने हक उल्लेख गरिएको भएपनि जिल्लाका अधिकांश विद्यालयहरुमा पाठ्यपुस्तक नपुग्दा बालबालिकाहरु विद्यालय जानबाट वञ्चित भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दासम्म विद्यालयमा सबै पाठ्यपुस्तक नपुगेका कारण पठनपाठनमा…
शुद्ध खानेपानी उपभोगबाट वञ्चित रहेको स्थानीयको गुनासो
संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हक हुनेछ भनेर स्पष्ट व्यावस्था गरिएको भएपनि के आइ सिह गाउँपालिका–५ बुहारका २ सय बढी घरपरिवार वर्षौदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएका छन । प्रत्येक वर्षको चैत महिनादेखि असारसम्म पिउने पानीको अभाव रहदै आएको भएपनि गत वर्ष…
कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ता बीच झडप, झडपमा परी एक जना बालक घाइते
के आइ सिह गाउँपालिका–५ रानागाउँमा नेपाली कांग्रेसका कार्यकर्ता र एकीकृत समाजबादी पार्टीका कार्यकर्ताहरु बीच वैशाख २७ गते साँझ झडप हँुदा स्थानीय धर्म भुलका पाँच वर्षीय छोरा कालु भुलको हात भाचिएको छ । नेपाली कांग्रेसका वडा सभापती गणेश शाही ,स्थानीय नेता कर्ण शाही र भरत शाहीले स्याला टोलमा मत मागिरहेको अवस्थामा…
जलविद्युत आयोजना पुनर्निर्माण हुँन नसक्दा सेवाग्राही मार्कामा
गत असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षाका कारण आएको बाढीले साइलीगाड जलविद्युत आयोजना भत्काएपछि पुनर्निर्माण हुँन नसक्दा आर्दश गाउँपालिका–६ गिरीचौकाका स्थानीयहरुले सास्ती खेप्दै आएका छन् । वर्षाका कारण आएको बाढीले जलविद्युत आयोजना भत्काएको झण्डै ६ महिना वितिसक्दा समेत सरकारले पुनर्निर्माण नगरि दिएका कारण आर्दश गाउँपालिकाका १ हजार…
विद्यालय भवन पुनर्निर्माण नहुँदा बालबालिका भुइमा बसेर पढन बाध्य
के आइ सिह गाउँपालिका–५ को दुर्गा प्राथमिक विद्यालयको भवन पुनर्निर्माण नहुँदा बालबालिकाहरु भुइमा बसेर पढन बाध्य भएका छन । गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अबिरल वर्षाका कारण आएको बाढीले दुर्गा प्राथमिक विद्यालयमा रहेका फर्निचर, खेलकुद सामाग्री, पिफम, कागज–पत्रलगायत भौतिक सामाग्रीहरुमा क्षति पुगेको ६ महिना बितिसक्दा समेत विद्यालय…
अज्ञात पक्षद्वारा विद्यालयमा तोडफोड
जोरायल गाउँपालिका–३ चनकट्टेमा रहेको शिवपुर माध्यमिक विद्यालयमा फागनु ७ गते राति अज्ञात पक्षद्वारा तोडफोड गरिएको छ । मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले विद्यालय तोडफोड गरेको विद्यालयका कार्यालय सहयोगी महेश साउदले बताउनु भयो। अज्ञात पक्षले विद्यालयको प्रशासन शाखामा लगाएको ताला तोडेर कार्यालयमा रहेका कम्पियुटर, ल्यापटपलगायत जिन्सी सामाग्री गरी झण्डै ७ लाख रुपियाँ…
सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको ज्येष्ठ नागरिकहरुको गुनासो
सामाजिक सुरक्षा भत्ता विवरण कार्यलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने नाममा जिल्लास्थित राष्ट्रिय बाणिज्य बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएपछि आफूहरुले सास्ती खेप्नु परेको ज्येष्ठ नागरिक र एकल महिलाले गुनासो गर्नु भएको छ । गाउँ घरमा वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्ता रकम अहिले आएर बैङ्क मार्फत वितरण…
जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा नहुँदा सेवाग्राही समस्यामा
जिल्ला अस्पताल, डोटीमा झण्डै एक वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालनमा नआएपछि सेवाग्राहीहरुले समस्या झेल्नु परेको छ । जिल्लाकै सबैभन्दा ठुलो सरकारी अस्पतालले एक वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालनमा नल्याएपछि सेवाग्राहीहरुले महँगो भाडा तिरेर बिरामी ल्याउनु परेको दिपायल सिलगढी नगरपालिकाका स्थानीय तथा सामाजिक अभियान्ता सुस्मा मलासीले बताउनु भयो ।’ उहाँले भन्नु भयो– ‘आर्थिक…