प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा ४० जना घाइते
७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै यहाँ भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भएको राससले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा माघ ५ गते पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३६ भन्दा बढी प्रदर्शनकारी तथा चार प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी…
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार
सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन सुरू भएको राससले जनाएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्न थालेपछि माघ ४ गते प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार…
आन्दोलनकारीद्वारा मोटर साइकलमा आगजनी
प्रदेश नम्बर-७ को राजधानी दिपायललाई बनाउनु पर्ने माग राख्दै पुस १९ गते आन्दोलनकारीले दिपायलमा यातायत बन्द गरेका कारण जनजिवन प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको अरोपमा से १ प ८६८ नम्बरको मोटरसाइकलमा आन्दोलनकारीहरूले आगजनी समेत गरेका छन् । आगजनीबाट मोटरसाइकल पूर्णरूपमा नष्ट भएको छ । आन्दोलनकारीले गरेको सवारीसाधन बन्दका…
सेनाका क्याप्टेन र सशस्त्रका इन्स्पेक्टरद्वारा उम्मेदवारलाई धम्की
डोटीको वडीकेदार गाउँपालिकामा खटिएका नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई धम्की दिएको पीडित पक्षले आरोप लगाएका छन् । असार ६ गते साँझ नेपाली सेनाका क्याप्टेन धु्रवबहादुर राणा र सशस्त्र प्रहरीका इन्स्पेक्टर धनसिं महराले माओवादी केन्द्रका वडी केदार गाउँपालिका अध्यक्षका उम्मेदवार जङ्ग बिकलाई धम्क्याएको माओवादीले आरोप…
सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय व्यक्तिलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रम जेठ ३० गते सिलगढीमा सम्पन्न भएको छ । कार्यक्रममा सेवा प्रदायक निकायका प्रमुख एवम् प्रतिनिधिहरूले सेवाग्राहीहरूलाई कार्यालयबाट सहज ढङ्गले सेवा उपलव्ध गराउने प्रतिबद्धताका साथै सेवाग्राहीलाई पनि आफ्नो…
सेवाप्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको एक दिने अन्तरक्रिया कार्यक्रम ०७३ फागुन २१ गते जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । अन्तरक्रियामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत परियोजना सञ्चालित वासुदेवी र गगुडा गाविससँगै जिल्लामा रहेका शिक्षा, स्वास्थ्य र…
सरोकारवाला निकायसँग समन्वय वैठक सम्पन्न
इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग फागुन १० गते सिलगढीमा समन्वय वैठक सम्पन्न भएको छ । उक्त वैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरूले काम गर्ने क्रममा केही नीतिगत समस्याहरू रहे पनि सबैले आ-आफ्नो क्षेत्रबाट इमान्दार ढङ्गले काम गर्न सके सेवा प्रवाहलाई सुधार…
बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरु
इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम फागुन ९ गते देखि दिपायलमा सुरु गरिएको छ । तालिम सुरु गर्दै इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले समाजको तहमा सानासाना कुराहरूबाटै बाल अधिकारसम्बन्धी चेतना दिन सकिने बताए । तालिममा डडेल्धुरा…
महिला विकास शीर्षकको रकम अन्यत्रै विनियोजन गरेपछि विवाद
गगुडा गाउँ विकास समितिले पुस १८ गते सञ्चालन गरेको २५ औँ गाउँ परिषदमा लक्षित वर्ग तर्फ महिलाको शीर्षकमा छुट्याउनुपर्ने रकम २ लाख ९७ हजार रुपियाँ अन्य शीर्षकमा विनियोन गरेपछि विवाद भएको छ । गाविस सचिव हर्क वोगटीले दिएको जानकारी अनुसार लक्षित वर्ग तर्फको महिलाको रकम २ लाख ९७ हजार बाँडफाँडमा…
डोटीमा अत्यावश्यक औषधि अभाव
जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहीका कारण डोटीका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । लामो समयदेखि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विहीन हुनु, केन्द्रबाट पठाउने औषधिका लागि समन्वय नहुनु, आफै खरिद गर्नु पर्ने औषधिसमेत जिल्ला स्वास्थ्य कार्यालयले ल्याउन नसक्नु जस्ता कारणले औषधि अभाव देखिएको हो । अहिले जिल्ला अस्पताल देखि गाउँका…