नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सिलगढीमा कात्तिक २९ गते सम्पन्न गरिएको छ । पूर्व समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बासुदेव जोशीले सन २०१८ मा सङ्कलन गरेका १० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए । प्रस्तुत घटनाहरूमा बलात्कारका पाँच, बलात्कार…

२०७५ कार्तिक ३०, शुक्रबार ०६:५३ गते  
आर्थिक अभावका कारण विद्यालय जान नसकेकी बालिकालाई इन्सेकको सहयोग

इन्सेक डोटीले केआईसिंह गाउँपालिका–४ वायल चन्केसैनका आठ वर्षीया बालिका तारा बिकलाई कात्तिक २७ गते आर्थिक सहयोग गरेको छ । कापीकलम र पोशाक किन्ने पैसा नभएका कारण ०७५ भदौदेखि विद्यालय जानबाट वञ्चित बालिकालाई विद्यालय जान सहयोग पुगोस भन्ने उद्देश्यले इन्सेक जिल्ला प्रतिनिधि बासुदेब जोशीले बालकको घरमै पुगेर आर्थिक सहयोग गरेका हुन्…

२०७५ कार्तिक २९, बिहीबार १०:३७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय र आठ वर्षीय बालकलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक ४ गते उजुरी दिएपछि आरोपित बालकद्वयलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी हवल्दार दिलबहादुर खातीले बताए । अरोपितहरू नाबालक…

२०७५ कार्तिक ५, सोमबार १५:१८ गते  
स्थानीय जनप्रतिनिधि र निगरानी समूहको क्षमता अभिबृद्धिसम्बन्धी तालिम सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा  स्थानीय  तहका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूको लागि आयोजित क्षमता अभिबृद्धिसम्वन्धि तालिम असोज २१ गते डोटीमा सम्पन्न गरिएको छ । तालिममा मानव अधिकार, मानव अधिकारको विकासमूखी अवधारणा, स्वास्थ्य, शिक्षा, खाद्य, आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारलगायतका विषयमा सहजीकरण गरिएको…

२०७५ आश्विन २३, मंगलवार ०६:३७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले बोगटान गाउँपालिका-१ सिमचौरका २२ वर्षीय गणेश धामीलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा सोही दिन आरोपितका विरूद्ध प्रहरीमा निवेदन दिएपछि सोही दिन गिरफ्तार गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ध्रुब विष्टले…

२०७५ आश्विन १७, बुधबार ११:१७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिखर नपा–६ का २८ वर्षीय योगेन्द्र वलायरलाई असोज १३ गते गिरपतार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ९ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका  थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालयमा…

२०७५ आश्विन १६, मंगलवार ०५:१६ गते  
कारागार जीर्ण हुँदा कैदीबन्दीहरूलाई समस्या

डोटी जिल्ला कारागारको छाना चुहिन थालेपछि कैदीबन्दीहरू छानामा पलाष्टिक ओडेर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौँ पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दीहरू पलाष्टिक ओडेर रात बिताउन बाध्य भएका हुन् । प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीहरूलाई समस्या भएको बताए । 'भवन पुरानो छ…

२०७५ आश्विन १०, बुधबार १०:३० गते  
अस्पतालमा दुई सातादेखिको आन्दोलनका कारण बिरामी मर्कामा

जिल्ला अस्पताल डोटीका स्वास्थ्यकर्मीहरूले फागुन ८ गतेदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेपछि उपचारका लागि आएका बिरामीहरू मार्कामा परेका छन् । फागुन ६ गते उपचारका लागि आएका बिरामीसँगको विवादका कारण जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत डा. जितेन्द्रकुमार सिंहमाथि हातपात भएको विषयलाई लिएर स्वास्थ्यकर्मीहरू दुई हप्तादेखि आन्दोलित आन्दोलन गर्दै आएका छन्…

२०७४ फाल्गुन २२, मंगलवार २१:५२ गते  
प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा ४० जना घाइते

७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै यहाँ भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भएको राससले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा माघ ५ गते पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३६ भन्दा बढी प्रदर्शनकारी तथा चार प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी…

२०७४ माघ ५, शुक्रबार २२:०१ गते  
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन सुरू भएको राससले जनाएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्न थालेपछि माघ ४ गते प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार…

२०७४ माघ ४, बिहीबार २१:१९ गते