अज्ञात पक्षबाट वडा कार्यलयमा आगजनी

बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा वैशाख २४ गते अज्ञात पक्षबाट आगजनी गरिएको छ वडा कार्यालयले जनाएको छ । आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको वडा नम्बर–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताए । उनले भने–‘वडा कार्यालयको ढोका तोडफोड गरेर सबै सामग्री र कागजात एक ठाउँमा जम्मा…

२०७६ बैशाख २५, बुधबार १५:४० गते  
नेविसङ्घका कार्यकर्ताद्वारा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखमाथि दुर्व्यवहार

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अनन्तकुमार पौडेललाई चैत १० गते नेविसङ्घका कार्यकर्ताहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् । समूहमा आएका नेविसङ्घका कार्यकर्ताहरू कार्यकक्षमा आएर नै आफूमाथि दुर्व्यवहार गरेको प्रमुख पौडेलले आरोप लगाए । प्रमुख पौडेलमाथी मोसो दलेलगत्तै नेविसङ्घ, डोटीले नौ बुँदे प्रेस विज्ञप्तिसमेत जारी गरेका थिए । पौडेलले भवन…

२०७५ चैत्र ११, सोमबार १४:३६ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बड्डीकेदार गाउँपालिका–४ का ३२ वर्षीय दिपक धामीविरूद्ध पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले फागुन २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको भए पनि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी…

२०७५ चैत्र ५, मंगलवार १२:३७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिपायल सिलगढी नगरपालिका–४ राजपुरका २६ वर्षीय अरमान दमाईलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले उजुरी गरेपछि चैत ३ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका हवल्दार दिलबहादुर खातीले बताए…

२०७५ चैत्र ५, मंगलवार १२:२९ गते  
पुनर्स्थापनाको अभावमा वादी समुदाय खोला किनारमा रात काट्न बाध्य

पुनर्स्थापनाको अभावमा विगत चार वर्षदेखि १४ परिवार वादी समुदाय दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती प्राविधिक शिक्षालय दिपायलको मुनि रहेको खोलाकिनारमा कष्टकर जिवन बिताउन बाध्य भएका छन् । आफूहरूको नाममा कतै पनि जग्गाजमीन नभएका कारण १४ परिवार बादी समुदाय टहरा निर्माण गरी खोला किनारमा जोखिमपुर्ण जीवन बिताउँदै आएको ४० वर्षीय धौले…

२०७५ चैत्र ४, सोमबार १९:०४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जोरायल गाउँपालिका–४ घाडका ४८ वर्षीय  खडकबहादुर मगर लाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले माघ २८ गते नै इलाका प्रहरी कार्यालय जोरायलमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…

२०७५ फाल्गुन २, बिहीबार १४:१८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा बोगटान गाउँपालिकाका ५१ वर्षीय एक शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित छात्रालाई आरोपितले बड्डी केदार गाउँपालिका-५ स्थित कोठामा माघ २० गते अस्लिल भिडियो देखाएको आरोपमा पीडित बालिकाका आफन्तले सोही दिन प्रहरीमा उजुरी दिएपछि शिक्षकलाई माघ २१ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय,डोटीका…

२०७५ माघ २३, बुधबार ०६:५९ गते  
छाउ बार्न छाउपडी गोठमा बसेकी महिला मृत फेला

पूर्वीचौकी गाउँपालिका–५, काडामाण्डौकी २१ वर्षीया पार्वती बोगटीको माघ १७ गते छाउपडी गोठमा मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउदले बताइन् । छाउ भएको बेला सुतेको कोठामा बोगटीले बालेको आगोका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने सोही वडाका वडाध्यक्ष पदम धानुकले बताए । बोगटीको शव परीक्षणका लागि माघ १७ गते राति नै जिल्ला…

२०७५ माघ १८, शुक्रबार ११:३९ गते  
क्षमताभन्दा दोब्वर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर बैदीबन्दी हुँदा समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरूले दुखेसो पोखेका छन् । २५ जना क्षमता भएको कारागारामा हाल ५१ जना कैदीबन्दी राखिएको कारण आफूहरूले समस्या झेल्नु परेको ३३ वर्षीय कैदी दिपेन्द्र जेठाराले दुखेसो पोखे । उनले भने–‘क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । हामीले चाहेको समयमा शौचालय…

२०७५ माघ १७, बिहीबार ०८:३६ गते  
वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सेवाग्राही मारमा

स्थानीयहरूद्वारा डोटीको शिखर नपा–३ को कार्यालयमा पुस ३ गतेदेखि लगाइएको अनिश्चितकालिन  तालाबन्दीका कारण स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन् । शिखर नगरपालिकास्थित केही स्थानीयहरूले वडा कार्यालय सबैको पायक पर्ने स्थान आलि र सापलाको बिचमा पर्ने जोरागाउँमा सारिनु पर्ने माग राखी अनिश्चितकालीन तालाबन्दी गरेका कारण सेवाग्राहीहरू समस्यामा परेका हुन् । तालाबन्दीका कारण…

२०७५ माघ १२, शनिबार २१:३२ गते