अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी
शिखर नगरपापालिका–७ बैरकाटको वडा कार्यालयमा साउन ११ गते राति अज्ञातपक्षबाट आगजनी गरिएको वडा कार्यालयले जनाएको छ । आगजनीबाट वडा कार्यालयमा रहेको वडा अध्यक्ष र सचिवको कोठामा रहेका कागजात, कुर्सी टेवल दराजलगायतका सामग्री नष्ट गरिएको र करिब ११ लाख रूपियाँ बराबरको क्षति भएको वडा अध्यक्ष नरबहादुर बलायरले बताए । …
अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी
जोरायल गाउँपालिका-४ लक्ष्मीनगरको वडा कार्यालयमा साउन ६ गते राति अज्ञातपक्षद्वारा आगजनी गरिएको छ । आगजनीबाट वडा अध्यक्ष र सचिवको कोठामा रहेका कागजात, कुर्सी, टेवल, दराज लगायतका सामग्री जलेर नष्ट भएको वडा नम्बर-४ का अध्यक्ष नन्दराज भट्टले बताए । उनले भने-'वडा कार्यालयको माथिल्लो तलामा रहेको अल्मुनियमको ढोका फोरेर कार्यालय भित्र प्रवेश…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सायल गाउँपालिका–३ का ३५ वर्षीय कृष्ण बिष्टलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा असार ११ गते उजुरी दिएपछि सोही दिन गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला पहरी कार्यालय, डोटीका इन्स्पेक्टर…
चिकित्सक दरबन्दी रिक्त हुँदा सेवाग्राही मारमा
बोगटान फुडशिल गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा गत वर्षदेखि डाक्टर नहुँदा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरसहित १२ जना कर्मचारीको दरबन्दी रहेता पनि डाक्टरको दरबन्दी रिक्त रहेकोले स्थानीयहरूले सास्ती खेप्नु परेको हो । केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी रिक्त रहेको र कार्यालयमा…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दीपायल सिलगढी नपा - ३ दिपायलकी ४० वर्षीया मीना नेपालीलाई ४५ वर्षीय पति कृष्ण नेपालीले लुगा काटने कैचीले घाँटी र पेटमा प्रहार गरी हत्या गरेको आरोपमा असार २ गते राति प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका नेपालीलाई प्रहरी हिरासतमाराखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । असार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पुर्वी चौकी गाउँपालिका-७ सलेनाका ३० वर्षीय सुरत खड्कालाई जेठ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ १६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा १८ गते मौखिक उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सार्वजनिक सुनवाइ
मानव अधिकार निगरानी समूह, बासुदेवीको आयोजना र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्यमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सार्वजनिक सुनवाइ कार्यक्रम जेठ ७ गते डोटीमा सम्पन्न गरिएको छ । एउटै गाउँमा एक भन्दा बढी विद्यालय रहेकाले विद्यालय मर्ज नगरी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौति रहेको र विद्यार्थी अनुपातमा…
विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको डोटी जिल्ला कमिटी सदस्य ३० वर्षीय प्रकाश थापालाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको छ । उनलाई बड्डीकेदार गाउँपालिका–५ भँवराबाट जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी प्रमुख विद्यानन्द माझीले बताए ।
महिनावारी भएको अवस्थामा विद्यालय जान नपाएको छात्राहरूको गुनासो
केआई सिंह गाउँपालिका–५ रानागाउँ जमलकटियास्थित भुवनेश्वरी माविमा अध्ययरत छात्राहरूले महिनावारी भएको बेला महिनाको चार दिन विद्यालय जानबाट वञ्चित रहनु परेको गुनासो गरेका छन् । विद्यालय परिसर भित्र नै देवी देवताका मन्दिर रहेकाले आफूहरू महिनावारी भएको अवस्थामा विद्यालय जान डराउने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा निर्मला भट्टले बताइन् । विद्यालयको…
पानीको अभावका कराण स्थानीयहरूलाई सास्ती !
गर्मी मौसमसँगै दिपायल सिलगढी नगरपालिका–१ तिखामा पानीको अभाव हुँदा यस क्षेत्रका स्थानीयहरूले सास्ती भोग्नु परेको छ । गार्मी मौसमका कराण धारामा पानी आउन छोडेपछि स्थानीयहरूले सास्ती भोग्नु परेको ६५ वर्षीय कालु बिकले दुखेसो पोखे । धारामा थोरै पानी आउन थालेपछ बिहान ३ बजेदेखि नै लाइन बस्नु परेको स्थानीय ३५ वर्षीय…