डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा
आलिताल गाउँपालिका–७ डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा भए पनि उहाँहरुको स्थान्नत्ररण तथा वैकल्पिक व्यवस्थापनका लागि सरकारले चासो नदिएको पाइएको छ । गाउँमूनि भएर बग्ने भालुखोला र कोइराले खोलाले वर्षेनी कटान गर्न थालेपछि डाइनीका स्थानीयबासीहरुका घर तथा खेत बाढीपहिरोको उच्च जोखिममा रहेको स्थानीय चक्रबहादुर धामीले दुखेसो पोख्नु भयो ।…
दूषित पानी पिउन स्थानीय बाध्य, झाडापखालाबाट एक जनाको मृत्यु, १ सय बढी बिरामी
परशुराम नगरपालिका–८ का स्थानीयहरु शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउन बाध्य भएपछि यस क्षेत्रका १ सय ६० जना स्थानीय बिरामी परेका छन् । शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउदै आएका परशुराम नगरपालिका–८ गुप्तीगडाका स्थानीयहरु एक हप्तादेखि झाडापखालाबाट सकिस्त बिरामी हुदै आएका छन् । उनीहरूको स्थानीय विद्यालयमा उपचार केन्द्र स्थापना गरेर…
हलिया मुक्तिका १५ वर्षः पुनर्स्थापनाको पर्खाइमा मुक्त हलिया
सरकारले हलिया मुक्ति घोषणा गरेको १५ वर्ष वितिसक्दा समेत जिल्लाका मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेको मुक्त हलियाहरुले गुनासो गर्दै आएका छन् । सरकारले हलियाहरु मुक्त भएको घोषणा गरेको १५ वर्ष वितिसक्दा समेत अधिकांश हलियाहरुको पुनर्स्थापना हुन नसेको र पुनर्स्थापना गरिएका भनिएकाहरुलाई पनि हचुवाँको भरमा पुनस्र्थापन गरेको भएपनि विभिन्न कारणले मुक्त…
ढुङ्गा प्रहार गरी एक जना महिलाको हत्या
परशुराम–५ बसगौराकी ६३ वर्षीया गोमती थापा मगरको ढुङ्गा प्रहार गरी वैशाख ७ गते हत्या गरिएको छ । परशुराम नगरपालिका–४ रज्यौडाका गोपाल राउटेले महिलाको टाउँकोमा ढुङ्गा प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ । घटनाका सन्दर्भमा खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कायालय, जेगुबडाको प्रहरी टोली घटनास्थल पुगेको भएपनि महिलाको घटनास्थलमै मृत्यु…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले दुखेसो पोख्नु भयो । गन्यापधुरा गाउँपालिकाका गौलीगाउँ, छिप्पला, सकायल लगाएतका स्थानीयलाई एक ग्रागी पानीको जोहो गर्न घण्टौं हिँड्नु पर्ने बाध्यता…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन बाध्य हुनु परेको नवदुर्गा गाउँपालिका–१ कोटेली र वडा नम्बर ५ चामा गाउँका स्थानीयहरुले गुनासो गर्नु भएको हो । अहिले पनि …
खानेपानीको अभावमा कुवाको पानी प्रयोग गर्न दलित समुदाय बाध्य
अमरगढी नगरपालीका–११ लिटिरीगाउँका ४० घर दलित समुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वञ्चित भएका छन् । गाउँमा शुद्ध खानेपानीका लागि पटकपटक सम्बन्धीत नियकायहरुमा माग गर्दै आएको भए पनि सुनुवाइ नहुँदा कुवाको फोहोर पानी खान बाध्य भएको लिटिरीगाउँका दतिल समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ । दलितबस्तीमा वर्षौदेखि खानेपानीको समस्या…
सुरक्षित आवास गृह व्यावस्थापन हुँन नसक्दा हिंसा पीडित महिला समस्यामा
जिल्ला सदरमुकाम डडेल्धुरामा रहेको सुरक्षित आवास गृह सञ्चालनमा समस्या भएपछि यस क्षेत्रका हिंसा पीडित महिलाहरुलाई न्याय पाउन समस्या हुने गरेको छ । हिंसामा परेका महिलालाई सुरक्षित राख्नका लागि बनाइएको तीन कोठाको सुरक्षित आवास गृह सञ्चालन गर्न आर्थिक अभाव हुँदा सञ्चालन गर्न समस्या भएको र त्यसको प्रत्येक्ष प्रभाव हिंसा पीडित महिलाहरुको…
औषधी अभाव हुँदा सेवाग्राही समस्यामा
अमरगढी नगरपालिकास्थित चार ओटा स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नु भएको छ । नगरपालिकाकास्थित घटाल स्वास्थ्य चौकी, सहश्रलिंग स्वास्थ्य चौकी, उग्रतारा स्वास्थ्य चौकी र भूमिराज स्वास्थ्य चौकीमा औषधी अभाव भएपछि त्यस क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको हो । स्वास्थ्य चौकीमा चेकजाँच हुने भएता पनि नेपाल…
निर्वाचन प्रचारप्रसार गर्न रोक लगाएको स्वातन्त्र उम्मेदवारको आरोप
प्रतिनिधि सभा सदस्यका लागि डडेल्धुरा जिल्लाबाट स्वतन्त्र उम्मेदवार रहनु भएका सागर ढकालले प्रहरी प्रशासनले आफूलाई निर्वाचन प्रचारप्रसार गर्न नदिएको आरोप लगाउनु भएको छ । कात्तिक २१ गते सदरमुकामस्थित बसपार्क र तुफानडाडा क्षेत्रमा निर्वाचन प्रचारप्रसार गरिरहेका बेला आफ्नो समूहमाथि जिल्ला प्रशासनले रोक लगाएको ढकालको आरोप छ । नेपाली कांग्रेसका सभापति तथा…